Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
कृषि
  • Home
  • कृषि
  • पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण
पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २०, २०८२

पर्वत - जिल्लामा व्यावसायिक रूपमा माछापालन गर्दै आएका कृषकलाई माछाका भुरा निःशुल्क वितरण गरिएको छ । जिल्लाका विभिन्न पालिकामा व्यावसायिक माछापालन गर्ने कृषकलाई दुई लाख २१ हजार माछाका भुरा वितरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट जिल्लाका सातवटै पालिकाका कृषकलाई निःशुल्क माछाका भुरा उपलब्ध गराइएको हो । 
    
पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारले कुश्मा नगरपालिकामा ३८ हजार, जलजला गाउँपालिकामा ६० हजार, मोदी गाउँपालिकामा ३५ हजार, विहादी गाउँपालिकामा सात हजार, पैँयु गाउँपालिकामा ३१ हजार र फलेबास नगरपालिकामा ५० हजार माछाका भुरा वितरण गरिएको जानकारी दिए ।

व्यावसायिक रूपमा माछापालन गर्दै आएका कृषकलाई प्रोत्साहन गर्ने र माछामा आत्मनिर्भर बनाउने उद्देश्यले भुरा वितरण गरिएको बताउँदै उनले यस वर्ष २० रोपनी क्षेत्रफलमा माछापोखरी निर्माणका लागि सम्झौता भएको उल्लेख गरे  । परियारका अनुसार माछापोखरी निर्माणका कार्यालयले प्रतिरोपनी रु २५ हजारका दरले अनुदान वितरण गर्नेछ । 

माछापालनतर्फ कृषकको आकर्षण बढाउनका लागि कार्यालयले यस वर्ष रु २० लाख विनियोजन गरेको थियो । अहिले जिल्लाभर ३० भन्दाबढी माछापालन फार्म सञ्चालनमा रहेका जनाउँदै कृषकको माग र पोखरीको क्षमताअनुसार भुरा वितरण गरिएको पशु स्वास्थ्य प्राविधिक परियारले बताए ।

Hardik health

जिल्लालाई माछामा आत्मनिर्भर गराउनेगरी पोखरी निर्माण र भुरा वितरणमा सहयोग गरिएको केन्द्रले जनाएको छ । केन्द्रले यस वर्ष बृहत्तर पशुपक्षी प्रवर्द्धन सहयोग कार्यक्रमअन्तर्गत प्रतिकार्यक्रम रु आठ लाख ३३ हजारका दरले छ वटा कार्यक्रम सञ्चालन गर्ने तथा स्थानीयस्तरमा पशुपक्षी प्रवर्द्धनमा सहयोग कार्यक्रमअन्तर्गत दुई वटा कार्यक्रमसञ्चालन गर्ने जनाएको हो ।

यसबाहेक पाडा, बाच्छा हुर्काउने कृषकलाई प्रोत्साहन रकम वितरण, कृत्रिम गर्भाधान सेवा, गाईभैँसीलाई सुत्केरी पोषण खर्चलगायत अनुदान कार्यक्रमका साथै गाईभैँसीमा पूर्ण खोप अभियान सञ्चालन गरिएको कार्यालयका निमित्त प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिए  । चालु आर्थिक वर्षका कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेका बताउँदै उहाँले कार्यालयको लक्ष्यअनुसार उपलब्धि हासिल हुँदै गएको उल्लेख गरे  ।


प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०९:१०
प्रतिक्रिया दिनुहोस्
थप कृषि
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
उपभोक्ताको रुचिमा कर्णालीको स्याउ
उपभोक्ताको रुचिमा कर्णालीको स्याउ बुधबार, असोज १, २०८२
केरा आयात नगर्न अनुरोध
केरा आयात नगर्न अनुरोध बुधबार, असोज १, २०८२
दूग्ध उत्पादन किसानलाई अनुदान
दूग्ध उत्पादन किसानलाई अनुदान मंगलबार, भदौ ३१, २०८२
डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङमा
डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङमा आइतबार, भदौ २९, २०८२
ताप्लेजुङका किसान बँदेलबाट पीडित
ताप्लेजुङका किसान बँदेलबाट पीडित आइतबार, भदौ २९, २०८२
आम्दानीको स्रोत बन्दै अग्र्यानिक आलु
आम्दानीको स्रोत बन्दै अग्र्यानिक आलु शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP