Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
कृषि
  • Home
  • कृषि
  • पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण
पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २०, २०८२

पर्वत - जिल्लामा व्यावसायिक रूपमा माछापालन गर्दै आएका कृषकलाई माछाका भुरा निःशुल्क वितरण गरिएको छ । जिल्लाका विभिन्न पालिकामा व्यावसायिक माछापालन गर्ने कृषकलाई दुई लाख २१ हजार माछाका भुरा वितरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट जिल्लाका सातवटै पालिकाका कृषकलाई निःशुल्क माछाका भुरा उपलब्ध गराइएको हो । 
    
पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारले कुश्मा नगरपालिकामा ३८ हजार, जलजला गाउँपालिकामा ६० हजार, मोदी गाउँपालिकामा ३५ हजार, विहादी गाउँपालिकामा सात हजार, पैँयु गाउँपालिकामा ३१ हजार र फलेबास नगरपालिकामा ५० हजार माछाका भुरा वितरण गरिएको जानकारी दिए ।

व्यावसायिक रूपमा माछापालन गर्दै आएका कृषकलाई प्रोत्साहन गर्ने र माछामा आत्मनिर्भर बनाउने उद्देश्यले भुरा वितरण गरिएको बताउँदै उनले यस वर्ष २० रोपनी क्षेत्रफलमा माछापोखरी निर्माणका लागि सम्झौता भएको उल्लेख गरे  । परियारका अनुसार माछापोखरी निर्माणका कार्यालयले प्रतिरोपनी रु २५ हजारका दरले अनुदान वितरण गर्नेछ । 

माछापालनतर्फ कृषकको आकर्षण बढाउनका लागि कार्यालयले यस वर्ष रु २० लाख विनियोजन गरेको थियो । अहिले जिल्लाभर ३० भन्दाबढी माछापालन फार्म सञ्चालनमा रहेका जनाउँदै कृषकको माग र पोखरीको क्षमताअनुसार भुरा वितरण गरिएको पशु स्वास्थ्य प्राविधिक परियारले बताए ।

Hardik health

जिल्लालाई माछामा आत्मनिर्भर गराउनेगरी पोखरी निर्माण र भुरा वितरणमा सहयोग गरिएको केन्द्रले जनाएको छ । केन्द्रले यस वर्ष बृहत्तर पशुपक्षी प्रवर्द्धन सहयोग कार्यक्रमअन्तर्गत प्रतिकार्यक्रम रु आठ लाख ३३ हजारका दरले छ वटा कार्यक्रम सञ्चालन गर्ने तथा स्थानीयस्तरमा पशुपक्षी प्रवर्द्धनमा सहयोग कार्यक्रमअन्तर्गत दुई वटा कार्यक्रमसञ्चालन गर्ने जनाएको हो ।

यसबाहेक पाडा, बाच्छा हुर्काउने कृषकलाई प्रोत्साहन रकम वितरण, कृत्रिम गर्भाधान सेवा, गाईभैँसीलाई सुत्केरी पोषण खर्चलगायत अनुदान कार्यक्रमका साथै गाईभैँसीमा पूर्ण खोप अभियान सञ्चालन गरिएको कार्यालयका निमित्त प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिए  । चालु आर्थिक वर्षका कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेका बताउँदै उहाँले कार्यालयको लक्ष्यअनुसार उपलब्धि हासिल हुँदै गएको उल्लेख गरे  ।


प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०९:१०
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP