Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रतिपक्षी दलहरु गृहमन्त्रीको राजीनामाकै अडानमा
संसद् खुलाउन सहमति जुटाउने प्रधानमन्त्रीको प्रयास विफल प्रतिपक्षी दलहरु गृहमन्त्रीको राजीनामाकै अडानमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २०, २०८२
संसद् खुलाउने विषयमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको छलफलमा सहभागी प्रमुख दलका शीर्ष नेताहरू । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय
  •  मंगलबार अर्थमन्त्री विष्णु पौडेलले वक्तव्य राख्ने र आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची
  •  गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन सञ्चालन गर्न नदिने विपक्षी दलहरुको निर्णय
  •  प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको तीन दलका शीर्ष नेताहरुको बैठकमा पनि जुटेन सहमति
  •  सत्तापक्ष गृहमन्त्रीको राजीनामा नदिने र प्रतिपक्ष संसद् चल्न नदिने अडानमा

काठमाडौं– बजेट प्रस्तुत गर्न दिएको प्रतिपक्षले गृहमन्त्री रमेश लेखकको राजीनामालाई फेरि मुद्दा बनाउने भएको छ । भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनका लागि लेखकले मन्त्री पदबाट राजीनामा दिनुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माग राखेका हुन् ।

मंगलबार ११ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीको राजीनामा माग्ने अडान दुवै प्रतिपक्षी दलले राखेका हुन् । ‘आवश्यक अनुसन्धानका लागि गृहमन्त्रीले आफू पछि हटेर स्पेस दिनुपर्छ भन्ने हो,’ रास्वपा संसदीय दलको बैठकपछि सोमबार रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भने । गृहमन्त्री लेखकले सदनमा जवाफ दिन समय माग गरेका थिए । जेठ १३ र १४ गते विपक्षीले सदन अवरोध गरी राजीनामा मागेपछि गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्दै आफू भिजिट भिसा प्रकरणमा निर्दोष रहेको बताएका थिए । लेखकले आफूविरुद्ध कतै उजुरी नपरेकोले राजीनामा दिनु नपर्ने दाबी गर्दै आएका छन् । 

आवश्यक अनुसन्धानका लागि गृहमन्त्रीले आफू पछि हटेर स्पेस दिनुपर्छ भन्ने हो । उहाँले जवाफ दिने होइन । सरकारको अभिभावकले जवाफ दिने हो । त्यो भनेको प्रधानमन्त्रीले हो । उहाँ सदनमा उपस्थित भएर जवाफ दिने हो । 
मनिष झा
कार्यवाहक प्रवक्ता, रास्वपा


‘मेराविरुद्ध कतै उजुरी छ ? मेराविरुद्ध कहीँ छानबिन भइरहेको छ ? तर, मैले न्याय त माग्न पाउनुपर्ला नि,’ गृहमन्त्री लेखकले भनेका थिए । तर विपक्षी दलहरुले भने यो प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरेको छ । ‘सरकारको अभिभावकले जवाफ दिने हो । त्यो भनेको प्रधानमन्त्रीले हो । उहाँ सदनमा उपस्थित भएर जवाफ दिने हो भिजिट भिसा प्रकरणमा,’ रास्वपाका कार्यवाहक प्रवक्ता झाले भने ।

Hardik health

गृहमन्त्री भिजिट भिसाको असुली धन्दा प्रकरणमा संलग्न रहेको भन्दै गृहमन्त्री लेखककै दल नेपाली कांग्रेसकै नेताहरुले राजीनामा मागेका छन् । कांग्रेस संस्थापनइतरका नेता डा. शेखर कोइरालाले नैतिकताको आधारमा लेखकले मन्त्री पदबाट राजीनामा दिनुपर्ने सुझाएका थिए । उनले आइतबार पुनः सोही अभिव्यक्ति दोहो¥याए । त्यसैगरी कांग्रेस महामन्त्री गगन थापा, नेताहरु सुनिल शर्मा र राजेन्द्र बजगाईंले पनि लेखकको राजीनामा मागेका थिए । प्रधानमन्त्री ओली र कांग्रेस संस्थापनपक्षले भने गृहमन्त्री लेखकलाई कर्मचारीको संलग्नतामा मन्त्रीले राजीनामा दिनुनपर्ने भन्दै ‘क्लिनचिट’ दिइसकेको छ ।

मंगलबार अर्थमन्त्री विष्णु पौडेलले वक्तव्य राख्ने र आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ । बजेट भाषणपछि दफावार रुपमा छलफल हुने भएकाले सदन सहज खुलाउन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सोमबार बैठक बसेको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेत सहभागी बैठकमा संसद्को गतिरोध कसरी हल गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

सुशासनलाई केन्द्रित गरेर अघि बढ्नुपर्छ । औपचारिक रुपमा हामीले राखेको विषयवस्तु हो भिजिट भिसा । जसरी गडबड भएको छ । यसको हल गर्नका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ भन्ने नै हो ।  
हितराज पाण्डे
प्रमुख सचेतक, माओवादी केन्द्र


बैठकमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले गृहमन्त्रीका राजीनामा माग्नु ठीक नहुने उल्लेख गर्दै सदन सहज बनाउन माओवादी अध्यक्ष दाहाललाई आग्रह गरेका थिए । तर दाहालले भने रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विपक्षी दलसँग छलफल गरेरमात्र निर्णय दिने जवाफ दिने बताएका थिए । बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफ्नो पार्टीको ‘बटम लाइन’ गृहमन्त्रीको राजीनामा नै भएको बताए ।

‘सुशासनलाई केन्द्रित गरेर अघि बढ्नुपर्छ । औपचारिकरुपमा हामीले राखेको विषयवस्तु हो भिजिट भिसा । जसरी गडबड भएको छ यसको हल गर्नका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ भन्ने नै हो,’ पाण्डेले भने ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका निवर्तमान प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले जेठ ७ गते नियन्त्रणमा लिएपछि लेखक विवादमा तानिएका हुन् । कर्मचारीहरुको आकर्षक थलोका रुपमा चिनिएको विमानस्थलमा भट्टराईलाई गृहमन्त्री लेखकले रोजेरै पठाएको बताइन्छ ।

सेटिङमार्फत भिजिट भिसामा विभिन्न व्यक्तिहरुलाई विदेश पठाउने काममा संलग्नता देखिएपछि भट्टराई पक्राउ परेका हुन् । जेठ ६ गते नै सिंहदरबारमा तानेको उनलाई गृह नआइपुग्दै अख्तियारले नियन्त्रणमा लिएको थियो । भट्टराईलाई पक्रिनुअघि अध्यागमन कार्यालयबाट अख्तियारले कम्प्युटरलगायत विभिन्न कागजातसमेत नियन्त्रणमा लिएको बताइएको छ । विदेसिने युवाबाट प्रतिव्यक्ति ५० हजारदेखि ७५ हजार रुपैयाँसम्म र युरोपियन मुलुक माल्टा, पोर्चुगललगायत देशमा चार लाख रुपैयाँसम्म अध्यागमन कार्यालयको कर्मचारीले उठाउने गरेको बताइन्छ ।

उक्त रकम भट्टराईले गृहमन्त्रीलाई दिनुपर्ने भन्दै लिने गरेको आरोपसमेत लागेको छ । भट्टराईले तस्करहरुसँग साँठगाँठ गरेको आरोप चुलिएपछि उनलाई बचाउन गृहमन्त्रीले नै गृहमा तानेका थिए । तर उनी सरुवा हुन नपाउँदै अख्तियारको नियन्त्रणमा परेका हुन् । अख्तियारले उनको दैनिक गतिविधिमाथि शंका लागेसँगै नियन्त्रणमा लिएको जनाएको छ । भट्टराईलाई पक्राउ गरेकै दिन अख्तियारले अध्यागमन कार्यालयमा पनि छापा मारेको थियो ।



 


प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP