Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण
मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १९, २०८२

मुस्ताङ- मुस्ताङमा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण सुरुआत गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) द्वारा संयुक्त रुपमा यहाँका तीन पालिकामा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण सुरु गरेका  हुन् । 

एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले थासाङ, घरपझोङ र वारागुङ मुक्ति क्षेत्रको उच्चलेंक, खर्क, पाटन र जङ्गललगायत हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण तथा हिउँ चितुवा र चितुवाको ओभर ल्यापिङ गतिविधि पत्ता लगाउन हिउँ चितुवा र आहारा प्रजातिको क्यामेरा ट्यापिङ थालिएको  बताए । 

यसका लागि ३२ क्यामेरा व्यवस्थापन गरिएको गरिएको छ ।  समुन्द्री सतहको तीन हजार मिटर उचाइदेखि चार हजार छ सय मिटरको उचाइसम्म हिउँ चितुवा र आहारा प्रजातिको सम्भावित बासस्थान क्षेत्रमा सर्वेक्षणका लागि क्यामेरा राखिएको हो । एक्यापले राखेको क्यामेरामार्फत हिउँ चितुवालगायत अन्य वन्यजन्तुको गतिविधि क्यामेराले रेकर्डमा राख्ने सुविधा रहेको कार्यालय प्रमुख गुप्तको भनाइ छ । क्यामेरामा वन्यजन्तुको श्रव्य दृष्य रेकर्ड राख्ने प्रविधि भएकाले हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षणमा सहज हुने कार्यालय प्रमुख गुप्तले बनाए ।

Hardik health

एक्यापले म्याग्दी र मुस्ताङको सिमाना घाँसादेखि साङ्ता हुँदै मुक्तिनाथ, झोङ, लुप्रा, छुसाङ, समर, तेताङ, जोमसोम लेंक र मार्फाको बतासे लेंक लगायतको उच्चस्थानमा हिउँ चितुवा र आहारा प्रजातिको संरक्षण तथा अनुगमन गर्न क्यामेरा ट्यापिङ सुरु गरेको एक्याप जोमसोमका वन रेञ्जर दीपक ओलीले जानकारी दिए । 

सर्वेक्षणका लागि ४५ दिनसम्म क्यामेरा ट्यापिङ गर्ने गरी व्यवस्थापन गरेको वन रेञ्जर ओलीको भनाइ छ । यसरी सर्वेक्षणका लागि राखिएका क्यामेरा पाँच किलोमिटरको दुरीमा राखिएको उनले बताए । एक्याप जोमसोमले यसपटक हिउँ चितुवाको सर्वेक्षणका अलवा आहार प्रजाति र हिउँ चितुवा र चितुवाको ओभर ल्यापिङ क्रसलाई क्यामेरा ट्यापिङमार्फत अध्ययन गर्ने जनाएको छ । “हिउँ चितुवा र चितुवाको बासस्थान खप्टिएको छकी छैन, हिउँ चितुवा कति तलसम्म झर्ने गरेको छ र चितुवाको कति माथिल्लो उचाइसम्म पुग्ने गरेको छ, त्यसको विवरण क्यामेरा ट्यापिङबाट अध्ययन गरिनेछ”, वन रेञ्जर ओलीले भने ।

 क्यामेरा ट्यापिङमार्फत आहार प्रजातिको अवस्था कस्तो छ त्यसको विस्तृत अध्ययन हुने वन रेञ्जर ओलीले उल्लेख गरे  । यसका साथै हिउँ चितुवाको दिशा सङ्कलन गरी ल्याब परीक्षण गरी हिउँ चितुवाको वास्तविक तथ्य पत्ता लगाइने वन रेञ्जर ओलीको भनाइ छ ।एक्यापले गतवर्ष उपल्लो मुस्ताङ र तल्लो मुस्ताङमा हिउँ चितुवा सर्वेक्षणका लागि दर्जनौँ क्यामेरा राखेर ट्यापिङ गरेको थियो । तल्लो मुस्ताङमा गत वर्ष आशिंक क्यामेरा ट्यापिङ गरिएकाले यसवर्ष विस्तृत तरिकाले समेट्ने गरी ट्यापिङ सुरु गरिएको एक्याप जोमसोमको भनाइ छ ।

एक्यापले यसरी हिउँ चितुवा तथा अन्य वन्यजन्तुको गतिविधिलाई सर्वेक्षण गर्न राखिएका क्यामेराको माध्यमबाट मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा हुने सम्भावित वन्यजन्तुको चोरी शिकारी नियन्त्रणमा योगदान पुर्याउने एक्यापको भनाई छ । जिल्लाका उच्चलेंक तथा पाटनमा यार्सा टिप्ने सिजन सुरु भएकाले उच्चलेंक तथा पाटनमा हुने अवान्छित गतिविधिलाई क्यामेरा ट्यापिङले ठूलो सघाउँ पुर्याउने जनाइएको छ । एक्याप जोमसोमले सुरु गरेको हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षणका लागि एक्याप वन रेञ्जर ओलीलगायत अन्य एक्यापका कर्मचारीहरु कार्यस्थलमा खटिएका छन् ।


प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP