काठमाडौं - निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित ५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आइतबारको राजावादी प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ । काठमाडौंको नक्सालस्थित नारायणचौरबाट बालुवाटार जान खोज्दा प्रहरीले अवरोध गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, नारायणचौरबाट प्रर्दशनमा निस्किएको राजावादीहरूको समूह बालुवाटारमा प्रहरीले राखेको ब्यारियर तोडेर अघि बढ्न खोजेपछि थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।
दर्शनकारी जबरजस्ती बालुवाटार जान खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको हो ।प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते भएका छन् ।