Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • आन्दोलन चर्काउँदै यातायात व्यवसायी, यात्रुलाई सास्ती
आन्दोलन चर्काउँदै यातायात व्यवसायी, यात्रुलाई सास्ती
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १८, २०८२

 

  • गण्डकीकादेखि फैलिएको यातायात व्यवसायीको आन्दोलन काठमाडौंसम्म 
  • सवारी नियमावलीले सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुने चिन्ता
  • सातबुँदे मागसहित यातायात व्यवसायी आन्दोलनमा
  • १९ जेठसम्म माग सम्बोधन नभए सवारी साधन ग्यारेजमा थन्क्याउने चेतावनी

काठमाडौं– सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुनेगरी ‘राइड सेयरिङ’ लाई वैधानिकता दिन गण्डकी प्रदेश सरकारले ल्याएको नियमावलीप्रति आपत्ति जनाउँदै यातायात व्यवसायीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । गण्डकीका जिल्लाहरुबाट सुरु भएको आन्दोलन काठमाडौंमा पनि देखिएको छ । शनिबार उनीहरूले कालोझण्डा गाडीमा राखेर बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म चक्रपथमा चक्काजाम गरे । यातायात व्यवसायीको आन्दोलनले फेरि सार्वजनिक सवारीका यात्रु प्रभावित हुने भएका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारका अनुसार सवारी ऐन २०४९ को परिच्छेद् २ को दफा ८ को २ र दफा १२ (१) विपरीत गण्डकी सरकारले संघीय ऐनसँग बाझिने गरी नियमावली ल्यायो । अन्य प्रदेश सरकारहरूले पनि नियमावली ल्याउँदै छन् । यसरी प्रदेश सरकारले छुट्टै सवारी नियमावली ल्याउन नहुने उनको भनाइ छ । 

अध्यक्ष स्वारले निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को (ज) तत्काल खारेज हुनुपर्ने माग गरे । गण्डकी सरकारले ‘राइड सेयरिङ’ लाई वैधानिकता दिन भन्दै यही १ जेठमा निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्नेसम्बन्धी नियमावली, २०८२ ल्याएको थियो । यही नियमावलीका प्रावधानहरूप्रति सार्वजनिक यातायात व्यवसायीहरूले विरोध गरेका छन् । 

Hardik health

अध्यक्ष स्वारले शनिबार पत्रकारहरूसँग भने, ‘हामीले राइड सेयरिङको विरोध गरेका होइनौं । हामी प्रविधिको विरोध गर्दैनौं तर हामीविरुद्ध सरकारको गलत नियतको विरोध हो ।’यातायात व्यवसायीहरूले सार्वजनिक यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाहरू सम्मिलित सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति गठन गरेको छ । यही समितिले सातबुँदे माग अघि सारेको हो । समितिले गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली खारेजसम्बन्धी माग पहिलो बुँदामा राखेको छ ।

२० चैत २०८० मा सर्वोच्च अदालतले जारी गरेको परमादेश कार्यान्वयनको माग पनि गरेको छ । परमादेशमा संघसंस्था दर्ता ऐनअन्तर्गत रहेका संघसंगठनहरूको नवीकरण तथा सम्पत्ति फुकुवाको विषय छ । यससँगै सवारी ऐन संशोधनअघि भएका सहमति कार्यान्वयन गर्न पनि माग गरिएको छ । यसबाहेक  भारवहन क्षमताको समान नियम लागू हुनुपर्ने माग छ ।  मालवाहक सवारीसाधनहरूको भारवहन नियमनसम्बन्धी निर्देशिकाक, २०७४ को दफा १३ अनुसार स्वदेशी तथा विदेशी गाडीहरूमा समान नियम लागू गर्नुपर्ने भनिएको छ । यही प्रावधान भएको ऐनको कार्यान्वयनमा पनि सार्वजनिक यातायात व्यवसायीहरूले माग गरेका हुन् ।

सामाजिक सुरक्षा कोषको कार्यान्वयन अर्को माग छ । सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्यरूपमा लागू गर्नुपर्ने माग यातायात व्यवसायीहरूको छ । बिमा तथा दुर्घटना राहत कोष स्थापना र छिमेकी मुलुकहरूका सवारीसाधनप्रति भन्सार नीति संशोधन गर्नुपर्ने अर्को माग छ । नेपाली सवारीसाधनलाई असमान व्यवहार हुनेगरी विदेशी सवारीसाधनलाई ७२ घण्टे सुविधा दिने नीति तत्काल संशोधन गर्नुपर्नेमा उनीहरूको जोड छ । 

यसअघि यही १४ जेठमा यातायात व्यवसायीहरूले सातै प्रदेशका मुख्यमन्त्रीलाई केन्द्रीय संघर्ष समितिको तर्फबाट मागपत्र बुझाएका छन् । आज (१८ जेठ) प्रदेशहरूमा कालो झण्डा बोकेर सवारीसाधनसहितको विरोध ¥याली निकाल्ने भएका छन् । भोलि १९ जेठमा भने मागहरू सम्बोधन नभए अनिश्चितकालीन देशव्यापी सवारीसाधन ग्यारेजमा थन्क्याउने कार्यक्रम रहेको समितिले जनाएको छ । 

तर, गण्डकी प्रदेश सरकारले भने नियमावली बनाउँदा यातायात व्यवसायीहरूकोसमेत सुझाव लिएको दाबी गरेको छ । ‘राइड सेयरिङ सेवा प्रचलनमा थियो, तर कानुनमा थिएन,’ गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव कमलकुमार अधिकारी प्रभावसँग भने, ‘हामीले यसलाई प्रदेशले प्राप्त गरेको कानुनको आधारमा व्यवस्थित गराएका हौं ।’

केन्द्रीय संघर्ष समिति गठन भए पनि आन्दोलनको अगुवाइ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले गरिरहेका छन् ।यातायात व्यवसायीहरूले माग पूरा नभए सार्वजनिक यातायात क्षेत्रको १३ खर्ब लगानी जोखिममा पर्ने भन्दै चिन्ता प्रकट गरेका छन् । हाल यस क्षेत्रमा १५ लाखले प्रत्यक्ष रोजगारी पाएका छन् । ४० लाख परिवार यस क्षेत्रमा आश्रित छन् ।
 


प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १०:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP