Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • सरकारले नयाँपुल–हेम्जा सुरुङमार्ग निर्माण अघि बढाउने
सरकारले नयाँपुल–हेम्जा सुरुङमार्ग निर्माण अघि बढाउने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १६, २०८२

पर्वत- सरकारले मध्यपहाडी राजमार्गको नयाँपुल–हेम्जा खण्डमा सुरुङमार्ग बनाउने भएको छ ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा नयाँपुल–हेम्जा सरुङमार्गको काम अघि बढाइने उल्लेख गरेका हुन्  ।

सम्भाव्यता अध्ययन सम्पन्न भइसकेका सुरुङमार्ग निर्माणका लागि स्रोत सुनिश्चित गर्ने र निर्माण कार्यलाई अघि बढाउने योजनाअन्तर्गत नयाँपुल–हेम्जा पनि प्राथमिकतामा परेको हो ।  योसँगै अध्ययन सम्पन्न भएका सुरुङमार्गहरू दुम्कीबास–बर्दघाट, खुर्कोट–चियाबारी, बबई–छिन्चु, मझिमटार–शक्तिखोर, कुलेखानी–भीमफेदी र धरान–लेउतीको निर्माणका लागि स्रोत व्यवस्थापन र अन्य तयारी अगाडि बढाइने बजेटमा उल्लेख गरिएको छ । 

यसैगरी, टोखा–छहरे, शिवपुर–भालुवाङ, रानीघाट–भुरिगाउँ, दोलालघाट–चर्नावती र हात्तीसार–बबई सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिने पनि बजेटमा उल्लेख गरिएको छ । उक्त सुरुङमार्गको आर्थिक वर्ष २०७९÷८० को बजेटमै स्वीकृति प्रदान गरी सम्भाव्यता अध्ययन पूरा भएको थियो । 

Hardik health

साबिक धौलागिरि अञ्चलका चार जिल्लाको राष्ट्रिय राजमार्ग र प्रदेश राजधानीसँग प्रत्यक्ष जोड्ने एक मात्र सडकका रुपमा रहेको पोखरा–बागलुङ सडकमा सुरुङमार्ग बनाउन विगत एक दशकदेखि पर्वत उद्योग वाणिज्य सङ्घले पहल गर्दै आएको थियो ।  धौलागिरि क्षेत्र पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण र छिमेकी मुलुक चीनको कोरल्ला नाकासँग समेत जोडिएको र पर्यटन प्रवद्र्धनका हिसाबले प्रशस्त सम्भावना बोकेको क्षेत्रलाई पोखरासँग प्रत्यक्ष जोड्नका लागि पर्वत उद्योग वािणज्य सङ्घको पहलमा यसअघि पनि छलफल र बहस हुँदै आएको थियो भने मन्त्रालयमा ध्यानाकर्षणपत्र समेत बुझाइएको थियो ।
  
प्रदेश तथा पर्यटनको राजधानी पोखरासँग पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई सिधा जोड्न सकियो भने राष्ट्रिय, अन्तरराष्ट्रिय व्यापार प्रवद्र्धन मात्र होइन, ढुवानी र समयको समेत बचत हुने र ओझेलमा परेको धौलागिरिमा नै आर्थिक क्रान्तिको ढोका खुल्न सक्ने भएकाले उक्त कार्य आवश्यक देखिएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर वि पौडेलले बताए । पर्वतको कुश्मादेखि पोखरासम्म ५८ किलोमिटर रहेको छ । अब निर्माण हुने नयाँपुल–हेम्जाको दूरी झन्डै ४० किलोमिटर रहेको छ । तर सुरुङमार्ग निर्माणपछि सात किलोमिटरको दूरीमा जोडिने भएको छ । 

उक्त सुरुङमार्ग निर्माणपछि पोखरामा दिनहुँ भित्रिने हजारौँ पर्यटकलाई आकर्षण गर्न सकिने भएकाले, भारत र चीनको व्यापारिक मार्गका रुपमा रहेको कालीगण्डकी करिडोरसँग सिधा सम्पर्क राख्न सकिने र धार्मिक महत्व बोकेको मुक्तिनाथसँग पोखरालाई जोड्न तथा कालीगण्डकी जलयात्राका लागि पर्यटकहरुलाई भित्र्याउन सहज हुने भएकाले उक्त सुरुङमार्ग अत्यावश्यक भएको प्रतिनिधिसभा सदस्य पदम गिरीले बताए । 


प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP