Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • बालबालिका र गर्भवती महिलाका लागि कोभिड–१९ को खोप लगाउन सिफारिस नगरिने
बालबालिका र गर्भवती महिलाका लागि कोभिड–१९ को खोप लगाउन सिफारिस नगरिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ १४, २०८२

वासिङ्टन-अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले बालबालिका र स्वस्थ गर्भवती महिलाका लागि कोभिड–१९ विरुद्धको खोप सिफारिस नगर्ने घोषणा गरेका छन्  । गत हप्ता खाद्य तथा औषधि प्रशासनका अधिकारीहरूले महामारी अन्त्यका लागि महत्वपूर्ण उपकरणका रूपमा रहेको कोभिड खोपको स्वीकृति ६५ वर्ष वा सोभन्दा बढी उमेरका वयस्क र स्वास्थ्य समस्या भएका युवा व्यक्तिमा सीमित गर्ने घोषणा गरेपछि यो परिवर्तन गरिएको हो ।

ट्रम्प प्रशासनका अधिकारीहरूले यो परिवर्तनलाई बेलायत, जर्मनी र फ्रान्स जस्ता देशहरूसँग अमेरिकालाई नजिक ल्याउनको लागि तयार पारेका छन् । ती मुलुकहरूले वार्षिक ‘बुस्टर खोप’हरू केवल वृद्ध र रोग प्रतिरोधात्मक प्रणाली कमजोर भएका व्यक्तिका लागि मात्र सिफारिस गरिन्छ। स्वास्थ्यमन्त्री केनेडीले संघीय जनस्वास्थ्य नीतिमा आमूल परिवर्तन गर्न दबाब दिइरहेका छन् । उनले खोप र विशेषगरी कोभिड खोपको बारेमा गलत सूचना फैलाएको आरोप लामो समयदेखि अमेरिकामा  खेपिरहेका छन्  । 

“आजसम्म स्वस्थ बालबालिका र स्वस्थ गर्भवती महिलाका लागि कोभिड खोप सीडीसी (सेन्टरफर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन) ले सिफारिस गरेको खोप तालिकाबाट हटाइएको छ र यो घोषणा गर्न पाउँदा म खुशी छु,”  उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको भिडियोमा भनेका छन्  । एफडीएका अधिकारीहरूले खोप निर्माताहरूले ६५ वर्षभन्दा कम उमेरका स्वस्थ व्यक्तिहरूमा खोप प्रयोगका लागि स्वीकृति कायम राख्न चाहेमा नयाँ क्लिनिकल परीक्षणहरू सञ्चालन गर्नुपर्ने बताएका छन्।

Hardik health

हालैका यी परिवर्तनहरूको आलोचना भएको छ।  जोन्स हप्किन्स युनिभर्सिटीका सङ्क्रामक रोग विशेषज्ञ अमेश अदालजाले गत साता एएफपीसँग भने, “नयाँ तरिका अन्य देशले अपनाएको तरिकासँग मिल्दोजुल्दो भए पनि मलाई लाग्छ, कोभिड–१९ विरुद्धको खोपको प्रारम्भिक शृङ्खला बाल्यावस्थामा हुने नियमित खोपको हिस्सा हुनुपर्छ ।”

फिलाडेल्फियाको चिल्ड्रेन हस्पिटलका शीर्ष खोप विशेषज्ञ पल अफिटले यो परिवर्तनले विशेष गरी अमेरिकाको निजीकरण गरिएको स्वास्थ्य सेवा प्रणालीअन्तर्गत अझै पनि ‘बुस्टर खोप’हरू चाहने मानिसहरूको पहुँचमा प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन्।गर्भवती महिलाहरूका लागि खोप नदिने भन्ने अघिल्लो सीडीसी मार्गदर्शनभन्दा फरक निर्णय आएकाले यसले कोभिडसँग सम्बन्धित नियमबारे केही परिवर्तनको सम्भावनाहरूलाई सङ्केत गर्दछ ।
 
मंगलबार बिहानसम्म केनेडीको घोषणालाई प्रतिबिम्बित गर्न बाँकी रहेको एजेन्सीको वेबसाइटमा रहेको प्रतिवेदनमा अझै पनि गर्भवती महिलाहरू खोप प्राप्त गर्नु ‘विशेष गरी महत्त्वपूर्ण’ ती व्यक्तिहरूमध्ये एक रहेको उल्लेख छ । “भर्खरै गर्भवती भएका वा परिपक्व र्भसकेको गर्भवती महिलामा  गर्भवती नभएकाहरूको तुलनामा कोभिड–१९ को सङ्क्रमण हुने हुने सम्भावना बढी हुन्छ,” प्रतिवेदनमा भनिएको छ।
 


प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो शुक्रबार, जेठ १, २०८३
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य बिहीबार, वैशाख ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP