Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #भेडाच्याङ्ग्रा
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #आईसीटी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • ललितपुरको बागमती गाउँपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह
ललितपुरको बागमती गाउँपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १३, २०८२

पाटन-  ललितपुरको बागमती गाउँपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता : पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज ललितपुरको बागमती गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो ।

जिल्लाका छवटा स्थानीय तहहरूमध्ये बागमती गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा हुने तेस्रो स्थानीय तह हो । यसअघि ललितपुरको दक्षिण पूर्वीभेगमा रहेको महाङ्काल गाउँपालिकाले २०८२ वैशाख ३१ गते र काठमाडौँ उपत्यकाभित्रै पर्ने महालक्ष्मी नगरपालिकाले जेठ ११ गते पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी गराए ।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले खोप अभियानमा स्वास्थ्य स्वयंसेविकाहरुले पु¥याएको योगदान अतुलनीय भएको बताए । “सबै वर्ग र क्षेत्रलाई समेटेर लैजानुपर्ने दायित्व स्थानीय सरकारको छ, पूर्णखोप सुनिश्चितता तथा दिगोपना सहज छैन, यो कठिन कार्यमा लाग्ने सबैले प्रशंसनीय काम गर्नुभएको छ, यसमा धन्यवाद भन्न चाहन्छु,” उनले भने । उनले बालमैत्री स्थानीय तह, बालविवाह मुक्त स्थानीय तह घोषणा गर्न ध्यान दिन पनि गाउँपालिकालाई आग्रह गरे । 

बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले पूर्णखोप सुनिश्चित घोषणासँगै यसलाई दिगोपना कायम राख्नका लागि क्रियाशील भएर लाग्न स्वास्थ्यकर्मी एवं स्वयमंसेविकालाई अनुरोध गरे  । “तपाइँहरूको सहयोगको उच्च मूल्याङ्कन हुन्छ, प्रोत्साहनस्वरूप केही सहयोग उपलब्ध गराउँदै आएका छौँ, भविष्यमा पनि यहाँहरुको योगदानको मूल्याङ्कन गर्नेछौँ”, लोप्चनले भने ।

Hardik health

राष्ट्रिय खोप कार्यक्रम बाल मृत्युदर घटाउने अभिप्रायले लागू गरिएको नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर भुवन पौडेलले बताए । “राष्ट्रिय खोप कार्यक्रममा १५ महिनामुनिका बालबालिकाहरुले क्षयरोग, रोटा, पोलियोमाइलाइटिस, न्युमोनिया, मेनिन्जाइटिस, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, जापानिज इन्सेफ्लाइटिस, दादुरा, रुबेला र टाइफाइडसमेत १३ प्रकारका सरुवा रोगहरु विरुद्धका खोपहरु प्राप्त गरेको र गर्भवती महिलाहरु टिडी, धनुष्टङ्कार र भ्यागुते रोग बिरुद्धको खोप प्राप्त गरिसकेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गरिन्छ । जुन आज बागमती गाउँपालिकाले सम्पन्न गरेको छ,” डाक्टर पौडेलले भने ।

बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले तीन वर्षदेखि स्वास्थ्य स्वयमंसेविकाहरूले घरघरमा पुगेर सबै बालबालिकालाई खोप लगाउनका लागि गरेको प्रयासस्वरूप आजको अवस्थासम्म आइपुगेको बताए । उनले दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यहरूमध्येको यो लक्ष्य हासिल हुँदा स्वस्थ समाज निर्माण र स्वस्थ्य जनशक्ति निर्माणमा योगदान पु¥याएको धारणा राखे  ।

ललितपुर जिल्ला खोप अधिकृत राजाराम कार्कीले प्रत्येक स्थानीय तहले खोप सुनिश्चित गर्नु अनिवार्य रहेको बताउँदै खोप सुनिश्चितता स्थानीय तह घोषणा गर्ने जिल्लाकै तेस्रो स्थानीय तह हुन सफल भएकामा बधाई दिनुभयो । स्थानीय तहबाट गएको प्रतिवेदन र जिल्ला तहबाट भएको अनुगमनका आधारमा बागमती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गर्ने निर्णय भएको उनले बताए ।

बागमती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समीर श्रेष्ठले विगत तीन वर्षदेखि बालबालिकाहरुमा खोप सुनिश्चित भए÷नभएको अनुगमन गरेर खोप लगाउन छुटेका बालबालिकालाई खोप दिएर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएको जानकारी गराए ।  राष्ट्रियस्तरमा २०३४ सालमा सुरू भएको खोप अभियानमा देशभर १६ भन्दा बढी खोप केन्द्रहरू रहेको र बागमती गाउँपालिकाभित्र मात्रै १९ वटा खोप केन्द्रहरू रहेको उनले जानकारी गराए । यी खोपहरू प्राप्त गर्नु हरेक बालबालिकाको नैसर्गिक अधिकार भएको उनले जानकारी गराए ।

स्थानीय तह, जिल्ला र प्रदेश हुँदै देशलाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने नेपाल सरकारको कार्यक्रम रहेको छ । सन् २०१५ मा नेपाललगायत संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रले अनुमोदन गरेका दिगो विकासका लक्ष्य हासिल गर्ने नीतिअनुरूप पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान देशैभर जारी रहेको छ ।


प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु
जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु सोमबार, भदौ ३०, २०८२
भीमदत्त नगरपालिकामा प्रयोगशाला सञ्चालन
भीमदत्त नगरपालिकामा प्रयोगशाला सञ्चालन सोमबार, भदौ ३०, २०८२
स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने
स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने आइतबार, भदौ २९, २०८२
'डिमेन्सिया'ले अष्ट्रेलियाली समाजमा गहिरो असर पार्दै,   महिलामा बढी असर
'डिमेन्सिया'ले अष्ट्रेलियाली समाजमा गहिरो असर पार्दै,  महिलामा बढी असर शुक्रबार, भदौ २७, २०८२
स्टार अस्पतालका कर्मचारीहरूले अहिलेसम्म पाएनन् तलब
स्टार अस्पतालका कर्मचारीहरूले अहिलेसम्म पाएनन् तलब शुक्रबार, भदौ २७, २०८२
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा मंगलबार, भदौ २४, २०८२
जापानीज इन्सेफ्लाइटिसबाट ३जनाकाे मृत्यु, ९ जनामा डेंगी संक्रमण पुष्टि
जापानीज इन्सेफ्लाइटिसबाट ३जनाकाे मृत्यु, ९ जनामा डेंगी संक्रमण पुष्टि सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP