Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
समाचार
  • Home
  • समाचार
  • सुनकोशीमा डुबेका किशोर तीन दिनदेखि बेपत्ता, गोताखोर झिकाइँदै
सुनकोशीमा डुबेका किशोर तीन दिनदेखि बेपत्ता, गोताखोर झिकाइँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १२, २०८२

खोटाङ- सुनकोशीमा डुबेर तीन दिनअघि बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय सविन राईको खोजिकार्य तीव्र बनाइएको छ । पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा डुबेर बेपत्ता भएका सविनको खोजीमा आफन्त, स्यानीयवासी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।

डिकुवास्थित ओख्लाङका विन्द्रकेशर राईका छोरा सविनलाई शनिबार बिहान करिब ११ बजे सुनकोशीले बगाएको खबर प्राप्त भएको डिकुवाका वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिए । पौडी खेल्नेक्रममा सविन सुनकोशी बेपत्ता भएको जानकारी पाएलगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मीले खोजी गर्नेक्रम जारी राखे पनि हालसम्म फेला पार्न नसकेको वडाध्यक्ष राईले बताए। 

सुनकोशीमा डुबेर सविन बेपत्ता भएको घटनास्थलबाट जानकारी आउनासाथ इलाका प्रहरी कार्यालय हलेसी र च्यास्मिटार प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक राज विष्टले जानकारी दए । बेपत्ता सविनलाई डिकुवाका वडा सदस्य सुर्ज अधिकारीसहितको टोलीले सुनकोशी वारिपारी खोजी रहेको छ ।

बेपत्ता सविनको खोजी तथा उद्धारका लागि जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थलमा परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । धामी लिन भनेर ओख्लाङबाट स्थानीय १५ वर्षीय सागर राईसँग सविन डिकुवा गएको आफन्तले बताएका छन् ।  

सुनकोशी किनारको बाटोहुँदै गएका दुवैजना तुइम्बुस्थित बाँदरेखोप भन्ने ठाउँमा पौडी खेल्न कोशीमा पसेको जानकारी पाइएको वडाध्यक्ष राईले बताए । सुनकोशीमा डुबेर बेपत्ता भएका सविन तीन दिनसम्म पनि फेला नपरेपछि गोताखोर झिकाएर खोजी कार्यलाई तीव्रताका साथ अगाडि बढाउन जिल्ला सुरक्षा समितिलाई आग्रह गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिए ।

 “धामी लिन भनेर हिँडेका छोरा तीन दिनसम्म पनि फेला घर नफर्कँदा परिवार भावविह्वल भएको छ । उनीहरू आफ्नो छोरा जीवित नफर्किए पनि लाश देख्न चाहन्छन्”, उनले भने, “जिल्लाबाट खटिएका सुरक्षाकर्मीको टोलीले हालसम्म बेपत्ता सविनलाई फेला पार्न सकेको छैन । गोताखोर टोली झिकाएर खोजी कार्यलाई तीव्रताका साथ अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् ।”

सुनकोशीमा डुबेर तीन दिनदेखि बेपत्ता बनेका सविनको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोर बोलाउने तयारी भइरहेको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिए । “जिल्लाबाट खटिएका नेपाल प्रहरी र सशसत्र प्रहरकिो संयुक्त टोली अहिले पनि घटनास्थमै छन् । अहिलेसम्म केही पत्ता लागेको छैन”, उनले भने, “सुनकोशीमा डुबेर तीन दिनदेखि बेपत्ता बनेका सविन राईको खोजीका लागि गोताखोर झिकाउने विषयमा छलफल भइरहेको छ । जिल्लाबाट परिचालन गरिएको टोलीले फेला नपरेको खण्डमा भोलि सुरक्षा समितिको बैठक बसेर गोताखोर झिकाउने तयारीमा छौँ ।” 

सुनकोशीमा बेपत्ता सविन च्यास्मिटार माध्यमिक विद्यालयको कक्षा–१० मा अध्ययनरत विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक तेजकुमार चाम्लिङ राईले बताए  । 


प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न सोमबार, असार २, २०८२
निराशा होइन, आशाको सञ्चार आवश्यक : संस्कृति मन्त्री पाण्डे
निराशा होइन, आशाको सञ्चार आवश्यक : संस्कृति मन्त्री पाण्डे सोमबार, असार २, २०८२
पेट्रोल र डिजेलको मूल्य बढ्याे
पेट्रोल र डिजेलको मूल्य बढ्याे सोमबार, असार २, २०८२
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी सोमबार, असार २, २०८२
विलासिता कर खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन
विलासिता कर खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन सोमबार, असार २, २०८२
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध सोमबार, असार २, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP