Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #कोशी प्रदेश
  • #छिमली र पट्टा नाच
Search Here
समाचार
  • Home
  • समाचार
  • विकास र समृद्धिका लागि दिगो सोचसहित समन्वय र सहकार्य हुन आवश्यक : सञ्चारमन्त्री गुरुङ
विकास र समृद्धिका लागि दिगो सोचसहित समन्वय र सहकार्य हुन आवश्यक : सञ्चारमन्त्री गुरुङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ११, २०८२

काठमाडौं -  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धिका लागि आवश्यक दिगो एवं स्पष्ट सोचसहित समन्वय र सहकार्यको अभाव रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताएका छन्  ।

राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवसका अवसरमा ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक शीर्षकमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा आयोजना गरको फोटो प्रदर्शनीको आज उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले जनताले महसुस गर्नेगरी कामकाज गर्न सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए  ।

अहिलेको झन्झटिलो नियम, कानुन र कार्यप्रणालीबाट विकास, समृद्धि र सुशासन सम्भाव नहुने धारणा व्यक्त गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले पुराना नियम–कानुनमा सुधार गरी समन्वयत्मक ढङ्गबाट छिटोछरितो ढङ्गबाट प्रभावकारी सेवा प्रवाह गर्ने पक्षमा सरकार क्रियाशील रहेको बताए । 

Hardik health

कृषि, पर्यटनलगायतका अधिकांश क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा प्रत्यक्ष जोडिएको सूचना प्रविधिको क्षेत्रले उच्च प्राथमिकता पाउनुपर्नेमा नगन्य बजेट विनियोजन हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले आवश्यक बजेट व्यवस्थाका लागि  राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको ध्यान जानुपर्नेमा जोड दिए ।

“पर्यटन हाम्रो मुलुकको समृद्धिको महत्त्वपूर्ण क्षेत्र हो तर, त्यसअनुसार राष्ट्रिय योजनाहरू बन्न सकेका छैनन्”, उनले भने, “हाम्रो मुलुकको आवश्यकता बुझेर योजनाहरू बनाउनुपर्छ ।”  मन्त्री गुरुङका अनुसार पर्यटन क्षेत्र मुलुकको समृद्धिको मूल आधार रहेको र पर्यटकलाई सहज बनाउन टेलिफोन, इन्टरनेट र एआइजस्ता सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रमा आवश्यक बजेटसहित ध्यान दिन आवश्यक छ ।

पूर्वपर्यटनमन्त्रीसमेत हुनुभएका सञ्चारमन्त्री गुरुङले समन्वयतामत्क ढङ्गबाट आधुनिक सूचना प्रविधिको सदुपयोग गरी पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा दुवै मन्त्रालयबीच सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए ।नेपालमा पर्यटकको मूल आकर्षण भनेको हिमाल र गौतमबुद्ध जन्मस्थल लुम्बिनी रहेको बताउँदै मन्त्री गुरुङले यी दुई सम्पदाको संरक्षण र प्रवर्द्धनमा सरकारले प्राथमिकता दिनुपर्ने मन्त्री गुरुङले प्रष्ट पारे । 

साथै उनले कुरा र भाषणले मात्र समृद्धि नआउने भएकाले अब कम बोल्ने धेरै काम गर्ने संस्कृतिको थालनी गर्नुपर्ने बताए । “हामीले कम बोल्ने र धेरै काम गर्ने संस्कृति थालनी गर्नुपर्छ”, उहाँले भन्नुभयो । थोरै लगानीमा धेरै उपलब्धि हासिल गर्न सकिने क्षेत्र पर्यटन हो । मन्त्री गुरुङले पर्यटन देशको समृद्धिका लागि महत्त्वपूर्ण क्षेत्र रहेको बताउँदै इमानदार भएर यसको प्रवर्द्धनमा काम गर्नसमेत आग्रह गरे । उनले राष्ट्रिय समाचार समितिले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको फोटो प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।   


प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने
प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने बुधबार, असोज २२, २०८२
नयाँ कर्मचारीले जीवन बिमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने
नयाँ कर्मचारीले जीवन बिमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने बुधबार, असोज २२, २०८२
ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण
ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण बुधबार, असोज २२, २०८२
नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर
नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर बुधबार, असोज २२, २०८२
स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्न आयोगको आग्रह
स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्न आयोगको आग्रह बुधबार, असोज २२, २०८२
बिपी राजमार्गमा कष्टकर यात्रा
बिपी राजमार्गमा कष्टकर यात्रा बुधबार, असोज २२, २०८२
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार बुधबार, असोज २२, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP