Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • पनौती सङ्ग्रहालयमा विदेशी अवलोकर्ताको आगमन बढ्दै
पनौती सङ्ग्रहालयमा विदेशी अवलोकर्ताको आगमन बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ११, २०८२

काभ्रेपलाञ्चोक-  ऐतिहासिक नगर काभ्रेपलाञ्चोकको पनौतीस्थित सङ्ग्रहालयमा विदेशी अवलोकनकर्ताको आगमन बढ्दै गएको छ । करिब १५ वर्षअघि धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व झल्काउने सामग्री एवं पहिचान भण्डारका रूपमा स्थापित सङ्ग्रहालयमा पछिल्लो समय विदेशी अवलोकनकर्ताको आगमन बढ्दै गएको हो ।

पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा स्थापित यो सङ्ग्रहालय जिल्लाकै पहिलो र एक मात्र सङ्ग्रहालय हो । विगत एक वर्षमा तीन हजार ५०० विदेशी अवलोकर्ताले सङ्ग्रहालयको अवलोकन गरेका जनाइएको छ । करिब चार हजार ५०० अवलोकनकर्तामध्ये तीन हजार ५०० विदेशी रहेका सङ्ग्रहालयका प्रमुख राजेन्द्र महाजुले जानकारी दिए ।

उनका अनुसार पुराना सिक्का, कागजी नोट, स्थानीय रूपमा प्रयोग भएका घरायसीवस्तु पनि सङ्ग्रहालयमा राखिएका छन् । विसं २०६७ मा पनौती नगर कार्यालयले सञ्चालनमा ल्याएको यस सङ्ग्रहालयमा जिल्ला तथा विशेषगरी पनौतीका पुराना र ऐतिहासिक वस्तुको संरक्षण गरिएको महाजुले बताए । “सङ्ग्रहालयमा पनौतीको विकास, यहाँका पुराना गतिविधि, मठमन्दिरलगायत उपलब्ध शिलालेखको अवलोकन गर्न पाइन्छ । स्थानीयको सक्रियतामा नगर कार्यालयसँग सहकार्य गरी सञ्चालनमा ल्याइएको सङ्ग्रहालयमा मल्लकालीन, शाहकालीन समयका मूर्ति, काष्ठकलाका नमूना, विभिन्न पहिरन तथा पुराना हातहतियार राखिएका छन्”, उनले भने ।

Hardik health

धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्य एवं पवित्र धार्मिकस्थल भएकाले यहाँको महत्त्व बढ्दै गएको प्रमुख महाजुले बताए । यहाँ स्मारक समिति बनाएर सङ्ग्रहालय सञ्चालनमा ल्याइएको थियो । सङ्ग्रहालयमा हस्तकलाका सामग्री पनि राखिएका छन् । इन्द्रेश्वर मन्दिर परिसरमा रहेकाले यहाँ आउने अधिकांश आन्तरिक तथा बाहिरी पर्यटकले सङ्ग्रहालयको अवलोकन गर्छन् । महाजुका अनुसार विदेशी पर्यटकको आगमन गत वर्ष मात्र नभई केही वर्षदेखि बढ्दै गएको हो ।

पुरातत्व विभागको मापदण्डअनुसार सञ्चालित सङ्ग्रहालयमा पुराना सामग्री भए प्रदर्शनका लागि स्थानीयलाई उपलब्ध गराउन नगर कार्यालयले आग्रह गर्दै आएको छ । धार्मिक एवं ऐतिहासिक नगरी पनौतीस्थित त्रिवेणीघाट र स्नान गर्ने ठाउँको पनि आ–आफ्नै महत्त्व रहँदै आएको छ । पनौतीलाई विश्वसम्पदामा सूचीकृत गराउन नगर कार्यालयले पहल गरिरहेको छ । “यसको महत्त्व बुझेका सबैजसो पर्यटक यहाँ आउँछन्”, महाजुले भने । उनका अनुसार विभिन्न स्थानबाट सङ्ग्रहालयमा अवलोकन गर्न बर्सेनि सयौँको सङ्ख्यामा विद्यार्थी आउने गर्छन् । सङ्ग्रहालयमा अवलोकनका लागि विदेशी, स्वदेशी पर्यटक र विद्यार्थीलाई फरकफरक शुल्क तोकिएको उनले जानकारी दिए । 


प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP