Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #पूर्वपश्चिम राजमार्ग
  • #रास्वपा
  • #खाँचीकोट
  • #‘क्रिसमस डे’
Search Here
समाचार
  • Home
  • समाचार
  • लोमान्थाङमा ‘तिजी’ काे राैनक सुरु
लोमान्थाङमा ‘तिजी’ काे राैनक सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ११, २०८२

मुस्ताङ- उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका लोमान्थाङमा शनिबारदेखि सदियाैँ वर्षदेखि चल्दै आइरहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक चाड तिजी औपचारिक रूपमा सुरु भएको छ । उपल्लो मुस्ताङमा तिजी चाडलाई सबैभन्दा महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक चाडका रूपमा लिने गरिन्छ ।

 उपल्लो मुस्ताङको लोछोदिन समुदायका गुरुङ र विष्ट समुदायका मानिस एकै थलोमा भेला भएर तिजी चाडलाई हर्ष र उल्लासका साथ मनाउने प्रचलन छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्डको संयुक्त आर्थिक सहयोग तथा लोमान्थाङस्थित छोदे गुम्बाको व्यवस्थापनमा लोमान्थाङस्थित मुस्ताङ सांस्कृतिक राजाको दरबार परिसरमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक चाड ‘तिजी’ शुभारम्भ गरिएको हो । तिजीलाई तिब्बती भाषामा ‘तेन्जी’ चाड भन्ने गरिन्छ ।

तिजी चाडका बेलामा उपल्लो मुस्ताङका स्थानीय नागरिकले आफ्नो आर्थिक हैसियतअनुसार खानपान गर्ने, नयाँ मौलिक वेशभूषासहितको लुगा र गरगहना  लगाउने गर्छन् । तिजी चाड अवधिभर गुम्बा र छोर्तेनमा गएर सामूहिक पूजाआजा गर्ने धार्मिक चलन छ । उपल्लो मुस्ताङमा तिजी चाड तीनसम्म मनाइने प्रचलन रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए । “तिजी चाड एक किसिमको धार्मिक पूजा नै हो, तर यो धार्मिक पूजालाई लोछोदिन समुदायले चाडका रूपमा विस्तार गरेको हो”, उनले भने, “उपल्लो मुस्ताङको लोछोदिन समुदायलाई कसैबाट आक्रमण नहोस्, शान्ति स्थापना होस्, सबैको भलो होस् भन्ने उद्देश्यले तिजी पूजाको रूपमा यो चाड चल्दै आइरहेको हो ।”

तिजी चाडमा उपल्लो मुस्ताङअन्तर्गत साविकका सातवटै गाविसका मानिस लोमान्थाङस्थित तिजी चाडमा उपस्थित भएर शान्ति पूजापाठमा सरिक हुनुपर्ने धार्मिक प्रचलन रहेको अध्यक्ष विष्टको भनाइ छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उपल्लो मुस्ताङको धार्मिक तथा ऐतिहासिक चाड तिजी उपल्लो मुस्ताङको सांस्कृतिक धरोहरका रूपमा रहेको बताए। यो चाडले उपल्लो मुस्ताङको समृद्धि, विकास र शान्ति स्थापना गर्न तथा उपल्लो मुस्ताङका नागरिकलाई भावानात्मक रूपमा एकताबद्ध गर्न तिजी चाडले महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको उल्लेख गरे  ।

Hardik health

 तिजी चाड आठौँ शताब्दीदेखि धर्मगुरु पद्मसम्भवको पालादेखि सुरु भएको लोमान्थाङस्थित लोमान्थाङ छोदे गुम्बाका लामा झ्याम्पा घ्याचो गुरुङले बताए  ।  गुरु पद्मसम्भवको पालादेखि सुरु भएको तिजी चाड उपल्लो मुस्ताङमा पन्ध्राँै शताब्दीमा मुस्ताङी दोस्रो राजाका छोरा आङ्जेन साङ्वोको पालादेखि सुरु भएको छोदे गुम्बाका लामा गुरुङको भनाइ छ ।

पछिल्लो अवस्थामा उपल्लो मुस्ताङमा तिजी चाड चल्दै गर्दा विभिन्न काखखण्डमा तिजी चाड रोकिँदै र सुरु हुँदै आएकामा सन् १९६३ देखि नियमित रूपमा उपल्लो मुस्ताङमा तिजी सञ्चालन हुँदै आइरहेको छोदे गुम्बाका लामा गुरुङले जनाए। त्यसो त विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरना सङ्क्रमणको जोखिमका कारण सन् २०२० देखि तीन वर्ष उपल्लो मुस्ताङमा तिजी चाड रोकिएको लामा गुरुङले उल्लेख गरे । 

 लोमान्थाङमा ऐतिहासिक तथा धार्मिक एवं सांस्कृतिक चाड तिजी तीन दिनसम्म नियमित रुपमा सञ्चालन हुने गर्छ । त्यस अवधिमा तीन दिनसम्म बिहान ६ः०० देखि १२ बजेसम्म त्यहाँको गुम्बामा लामाद्वारा बज्रकिलया देवता र महाकाल देवताको पूजापाठ गर्ने गरिन्छ । यसरी पूजापाठ गर्दा उपल्लो मुस्ताङलाई कसैले कुदृष्टि नलगाओस्, विश्व भातृत्व र शान्ति कायम होस्, रोगब्याधी र अनष्टि नहोस्, अन्नबाली सप्रियोस्, प्राकृतिक विपद्को सामाना गर्न नपरोस्, सबै लोछोदिन समुदायमा सुख, शान्ति समृद्धि छाओस् भन्ने कामना गर्दै छोदे गुम्बाका लामाहरूले सामूहिक पूजा गर्ने प्रचलन रहेको लामा झ्यम्पा घ्याचो गुरुङले जानकारी दिए । 

यसैगरी तिजी चाडको तीन दिनसम्म बिहानको धार्मिक पूजापाठपछि लोमान्थाङस्थित मुस्ताङी सांस्कृतिक राजाको दरबार परिसर अगाडि छोदे गुम्बाका लामाबाट बज्रकिलया र महाकाल देवताको नृत्य अभ्यास प्रस्तुत गर्ने गरिन्छ । यो प्रक्रिया तीन दिनसम्म नियमित चल्ने लामा गुरुङले सुनाए । तिजी चाडको अवसरमा लोमान्थाङको ऐतिहासिक दरबार अगाडि छोदे गुम्बाका लामाले ५४ प्रकारका बज्रकिलया र महाकाल देवताको नृत्य अभ्यास प्रस्तुत गर्ने चलन रहेको उनको भनाइ छ ।

 यसरी बज्रकिलया र महाकाल देवताको दुरुस्तै हुनेगरी मुकुट पहिरिएर नृत्य अभ्यास प्रर्दशन गर्ने गरिएको लामा गुरुङले बताउनुभयो । लोमान्थाङमा आयोजित लोछोदिन समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक चाड तिजीको अन्तिम दिन तीन दिनसम्म पुजामा रािखएको तोर्म गाउँबाहिर लगेर बिर्सजन गरेपछि तिजी चाड समापन भएको संकेत गरिन्छ । यसरीमा पुजामा राखिएको तोर्म बिर्सजन गर्नुअघि कुन दिशमा लगेर बिर्सजन गर्ने हो त्यसको लामाहरुले पुजा गरेपछि निक्र्योल गरिन्छ । तार्म बिर्सजन गर्दा मुस्ताङी राजपरिवार ,गाउँका भद्रभलाद्मी,लामाहरु र स्थानीय गाउँले मिलेर गाउँ बाहिर लगेर फ्याकिन्छ ।

यसअघि तिजी चाड सुरुहुँदा लोमान्थाङ स्थित मुस्ताङी सांस्कृतिक राजाको दरबारमा राखिएको  दुई तला ठुलो करिव ३० फुट लामो गुरु पद्यम सम्भवको लुङ्ता बाहिर निकालेर लामाहरुले नृत्य अभ्यास गर्ने स्थान नजिकै झुन्ड्याउने गरिन्छ । गुरु पद्यम सम्भवको ठुलो आकारको लुुङ्ता वर्षको एक पटकमात्रै तिजी चाडको बेला सार्वजनिक गर्ने प्रचलन रहेको लोमान्थाङ गाउँपालिका उपाध्यक्ष छिमी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार दरबारबाट निकालिएको पद्यसम्भवको लुङ्ता तिजी चाड सकेपछि पून: दरबारमै लगेर राख्ने गरिएको छ ।

 दुरुस्तै तिब्बतीय कलासंस्कृतिको झल्कोदिने उपल्लो मुस्ताङमा आयोजना हुने यसप्रकारको तिजी चाडलाई विदेशी पर्यटकहरुले निकै अभिरुची र चाँसोका साथ अवलोकन गर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए । तिजी चाडको अवलोकन गर्ने र त्यहाँको धार्मिक तथा सांस्कृतिक सभ्यता र मौलिकतालाई विदेशी पर्यटकले फोटो र भिडियोमा कैंद गर्ने एक्याप लोमान्थाङका कार्यालय प्रमुख पौडेलको भनाइ छ । तिजी चाडको अवलोकनका लागि उपल्लो मुस्ताङ आएका विदेशी पर्यटकको उपस्थितीले लोमान्थाङमा पर्यटकीय रौनकता बढाएको एक्याप लोमान्थाङ प्रमुख पौडेलले उल्लेख गरे  । 

लोमान्थाङमा तिजी चाडको छेको पारेर यसै हप्ता मात्रै पाँच सय दुई विदेशी पर्यटक उपल्लो मुस्ताङमा भित्रिएको एक्याप लोमान्थाङले जनाएको छ । कार्यालयअनुसार सन् २०२५ को मे १ देखि मे २३ तारिखसम्ममा सात सय ५५ विदेशी उपल्लो मुस्ताङ भित्रिएका हुन् । सन् २०२५ को जनवरीदेखि मे २३ सम्ममा एक हजार छ सय ४७ विदेशीले उपल्लो मुस्ताङको भ्रमण गरेको कार्यालय प्रमुख उमेश पौडेलको भनाइ छ ।


प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकको बन्द सूची
समानुपातिकको बन्द सूची मंगलबार, पुस १५, २०८२
सुदूरपश्चिममा ‘पुसे १५’ मनाइँदै
सुदूरपश्चिममा ‘पुसे १५’ मनाइँदै मंगलबार, पुस १५, २०८२
कर्णालीमा ८६ वटा टेलिकमका टावर विस्तार
कर्णालीमा ८६ वटा टेलिकमका टावर विस्तार मंगलबार, पुस १५, २०८२
पुस्तैनी ठेकीले सम्झायो पुर्खा
पुस्तैनी ठेकीले सम्झायो पुर्खा मंगलबार, पुस १५, २०८२
दार्चुलामा ९२ हजार ९४८ मतदाता कायम
दार्चुलामा ९२ हजार ९४८ मतदाता कायम मंगलबार, पुस १५, २०८२
चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ
चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ मंगलबार, पुस १५, २०८२
दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण
दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण मंगलबार, पुस १५, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक 
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक 
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP