Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #वैदेशिक राेजगार
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #भोजपुर
  • #नारायणगढ–मुग्लिन सडक
  • #मिस्टर_नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब
नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ९, २०८२

काठमाडौं -  जापानका प्रधानमन्त्री शिगेरु इसिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कर कम गर्ने विषयमा नयाँ वार्ताअघि फोनवार्तामा फेरि दबाब दिएको बताएका छन्  । अमेरिकाको प्रमुख सहयोगी र यसको सबैभन्दा ठूलो लगानीकर्ता जापानमाथि अधिकांश राष्ट्रमा लगाइएका समान १० प्रतिशत आधारभूत भन्सार शुल्क र कार, स्टिल र एल्युमिनियममा कडा भन्सार शुल्क लगाइएको छ ।

ट्रम्पले अप्रिलको सुरुमा जापानमाथि २४ प्रतिशत ‘पारस्परिक’ कर लगाउने घोषणा पनि गर्नुभएको थियो तर पछि अन्य देशमा लगाइएका समान उपायहरूसँगै ती जुलाईको सुरुसम्मका लागि स्थगित गरे । इसिबाले शुक्रबार बिहान आफूले बिहीबार साँझ वासिङ्टनमा ट्रम्पसँग ४५ मिनेट कुरा गरेको र ‘भन्सार शुल्क र आर्थिक सुरक्षासहित विभिन्न विषयहरूमा छलफल भएको’ बताए। ।

“मैले उहाँलाई अमेरिकी भन्सार शुल्कको विषयमा जापानको अवस्था बताएँ, भन्सार शुल्क हटाउने हाम्रो आग्रहमा कुनै परिवर्तन छैन”, इसिबाले टोकियोमा पत्रकार सम्मेलनमा भन्नुभयो, “मैले पहिले भनेजस्तै, यो केवल भन्सार शुल्कको मात्र कुरा नभई लगानीको पनि कुरा हो । जापान र अमेरिकाले अमेरिकामा रोजगारी सिर्जना गर्न सहयोग गर्ने हाम्रो अवस्थामा पनि कुनै परिवर्तन हुनेछैन ।”

Hardik health

यो टिप्पणी जापानका भन्सार शुल्क दूत, आर्थिक पुनरुत्थानमन्त्री रियोसेई अकाजावा तेस्रो चरणको वार्ताका लागि वासिङ्टन प्रस्थान गर्दा आएको हो । “अमेरिकाले चालेका भन्सार शुल्क उपायहरूको शृङ्खला खेदजनक छ । हामी यी उपायहरूको समीक्षाको कडा माग गर्नेछौँ”, अकाजावाले टोकियोको हानेडा विमानस्थलमा पत्रकारहरूलाई भन्नुभयो, “तर हामीले एउटा सम्झौतामा पुग्नुपर्छ, त्यसैले यो दुवै पक्षका लागि जित–जित हुनुपर्छ । हामी अमेरिकी पक्षको विभिन्न प्रस्ताव र विचारहरू ध्यानपूर्वक सुन्छौँ र दुई पक्षबीच साझा आधार खोज्छौँ ।”

सार्वजनिक प्रसारक एनएचके र अन्य जापानी मिडियाले सरकारी स्रोतलाई उद्धृत गर्दै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यस पटक वार्तामा भाग नलिने बताएका छन् ।  रिपोर्टहरूका अनुसार अकाजावा मे ३० मा फेरि वासिङ्टन जानेछन् ।  ट्रम्पको २५ प्रतिशत अटो भन्सार शुल्क टोकियोका लागि विशेष गरी पीडादायक छ, किनकि जापानका लगभग आठ प्रतिशत जागिरहरू यस क्षेत्रसँग जोडिएका छन् ।

यसै महिनाको सुरुमा ट्रम्प प्रशासनले इन्जिन र ट्रान्समिसनसहित अटो पार्ट्समा २५ प्रतिशत नयाँ आयात कर लगाएको थियो ।  फेब्रुअरीमा ह्वाइट हाउसमा इसिबाले ट्रम्पलाई वार्षिक जापानी लगानी १० खर्ब डलरसम्म बढाउने वाचा गरेका थिए । “हालैका अमेरिका–चीन र अमेरिका–बेलायत व्यापार सम्झौताहरूले वासिङ्टनले व्यापार तनाव कम गर्ने लक्ष्य राखेको सङ्केत गरे तापनि जापान–अमेरिका वार्ताले थोरै प्रगति गरेको छ”, मुडिज एनालिटिक्सका स्टेफन एङ्ग्रिकले भने, “अमेरिकामा विश्वको सबैभन्दा ठूलो विदेशी लगानीकर्ताका रूपमा जापानको स्थितिले यसलाई करको खतराबाट जोगाएको छैन, त्यसैले थप लगानीको वाचा गर्नु एउटा अविश्वसनीय मोलतोल हो ।” 


प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सात दिनपछि खुल्यो बागलुङ-सिगाना-बरेङ सडक
सात दिनपछि खुल्यो बागलुङ-सिगाना-बरेङ सडक आइतबार, असोज ५, २०८२
उपल्लो डोल्पामा खाद्यान्न अभाव
उपल्लो डोल्पामा खाद्यान्न अभाव आइतबार, असोज ५, २०८२
उपत्यकाका शक्तिपीठ नवरात्र नजिकिएसँगै सिँगारिँदै 
उपत्यकाका शक्तिपीठ नवरात्र नजिकिएसँगै सिँगारिँदै  आइतबार, असोज ५, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै आइतबार, असोज ५, २०८२
मिस्टर नेपालमा एकसाथ छानिए तीन विजेता
मिस्टर नेपालमा एकसाथ छानिए तीन विजेता आइतबार, असोज ५, २०८२
बालाजु बाइपासमा बस दुर्घटना
बालाजु बाइपासमा बस दुर्घटना आइतबार, असोज ५, २०८२
बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना
बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP