Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #वैदेशिक राेजगार
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #भोजपुर
  • #नारायणगढ–मुग्लिन सडक
  • #मिस्टर_नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • तरकारीमा खानै नहुने मात्रामा विषादी फेला
तरकारीमा खानै नहुने मात्रामा विषादी फेला
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ९, २०८२

कञ्चनपुर-  कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइन थालेको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालय अत्तरिया, कैलालीको टोलीले तरकारीको नमूना संकलन गरी प्रयोगशालामा जाँच गर्दा तरकारीमा उपभोग गर्न नहुने मात्रामा विषादी फेला पारेको छ । 

एकाइ कार्यालयका नायब प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टका अनुसार आज शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा सञ्चालनमा रहेका छवटा पसलबाट संकलन गरिएका १० वटा तरकारीका नमूनामध्ये तीतेकरेलामा उपभोग गर्नै नहुने मात्रामा विषादीको अवशेष पाइएको छ । करेलाको नमूना परीक्षण गर्दा कार्वामेट १४ दशमलव ८५७ र अर्गानोफस्फेट ६० दशमलव ५९९ प्रतिशत रहेको पाइएको छ ।

“तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म विषादीको मात्रा भए केही दिन राख्ने र पर्खने विषादीको मात्रा घटेको पाइए मात्र खानयोग्य हुन्छ, क्वारेन्टाइन गर्नुपर्ने हुन्छ”, एकाइ कार्यालयका नायब प्राविधिक सहायक भट्टले भने, “विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी पाइए विर्सजन (नष्ट) गर्नुपर्ने हुन्छ, खानयोग्य हुँदैन ।”

उनका अनुसार प्रयोगशालाले कार्वामेट र अर्गानोफस्फेट गरी दुई समूहका विषादीको परीक्षण गर्दै आएको छ । झलारी बजारमा रहेका छवटा पसलमा एकाइ कार्यालयको टोलीले अनुगमन गरी काँक्रो, लौका, रायो, भिन्डी, आलु, करेला, बोडी, गोलभेँडालगायतका गरी १० वटा नमूना प्रयोगशालामा जाँचका लागि संकलन गरी परीक्षण गरेको छ ।

Hardik health

संकलित नमूनामा रायोको नमूनामा ३३ दशमलव ९४८ अर्गानोफस्टेट रहेको पाइएको छ । अन्य तरकारीका संकलित नमूनामा किटनाशकको अवशेष शून्य दशमलव १५० देखि २७ दशमलव ९२७ रहेको पाइएको छ । विषादीको मात्रा अत्यधिक भेटिएको तरकारी पसलबाट जफत गरी नष्ट गरिएको छ । विषादीको प्रयोग गरी करेला बिक्री गर्न ल्याउने किसानलाई पहिलोपटकका लागि सचेत गर्ने कार्य गरिएको शुक्लाफाँटा नगरपालिकाको कृषि शाखाका कर्मचारीले बताए।

दुई साताअघिमात्र महेन्द्रनगरको सब्जीमण्डीमा बिक्रीका लागि राखिएको काँक्राको नमूना प्रयोगशालामा परीक्षण गर्दा खानै नहुने मात्रामा विषादी फेलापरेको थियो । चालु आवको हालसम्म प्रयोगशालाले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट दुई हजार एक सय ६७ किटनाशक विषादी परीक्षणका लागि नमूना संकलन गरेको छ ।

संकलित नमूनामध्ये १६ वटा विसर्जनयोग्य, आठवटा केही दिन पर्खनुपर्ने (क्वारेन्टाइन गर्नुपर्ने) र दुई हजार १४३ वटा खानयोग्य रहेको पाइएको छ । तरकारीका सबैभन्दा बढी नमूना कञ्चनपुरबाट आठ सय २२ वटा संकलन गरिएका छन् । जसमध्ये नौवटा नमूनामा विषादीको मात्रा (विर्सजनयोग्य) अत्यधिक रूपमा फेलापरेको छ । दुईवटा नमूना केही दिन पर्खेर मात्र खानयोग्य रहेको पाइएको एकाइ कार्यालयका नायब प्राविधिक सहायक भट्टले बताए ।

उनका अनुसार कैलालीमा चालु आवमा छ सय २४ तरकारीका नमूना संकलन गरिएकामा पाँचवटा नमूनामा खान अयोग्य (विसर्जनयोग्य) विषादीको मात्रा फेलापरेको छ । चारवटा नमूनामा केही दिन पर्खेरमात्र खान पाइने गरी विषादी राखिएको पाइएको छ । प्रयोगशालाले स्थानीय तहसँगको समन्वयमा तरकारीका नमूना संकलन गरी किटनाशक विषादी परीक्षण गर्दै आएको छ ।

देशभरिमा तरकरीको विषादी परीक्षण गर्ने विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला १२ वटा रहेका छन् । शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार तरकारीमा कीरा मार्न प्रयोग गरिने विषादी मानव स्वास्थ्यका लागि हानिकारक छ । तरकारीमा छर्किने विषादीले पेट दुख्ने, बान्ता हुने, पाचन प्रणालीमा समस्या ल्याउने, टाउको दुख्ने, पक्षघात हुने, विषादीयुक्त तरकारीको लामो समयसम्म प्रयोग गरे आन्द्रा, कलेजो वा छालाको क्यान्सर हुने सम्भवना हुन्छ ।

“मानव स्वास्थ्यका लागि हानिकारक विषादीको प्रयोगलाई घटाई जैविक विधिबाट तरकारी उत्पादन गरी बिक्री वितरण गर्न किसानलाई सचेत पार्नु आवश्यक छ”, उनले भने, “तरकारीमा हालिने विषादीलाई न्यूनीकरण गर्न कृषि प्राविधिकले किसानका घरमै पुगेर यसले पुर्याउने हानिबारे जानकारी दिनुपर्छ ।” 


प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ११:४१
#कञ्चनपुर #तरकारीमा खानै नहुने मात्रामा विषादी
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सात दिनपछि खुल्यो बागलुङ-सिगाना-बरेङ सडक
सात दिनपछि खुल्यो बागलुङ-सिगाना-बरेङ सडक आइतबार, असोज ५, २०८२
उपल्लो डोल्पामा खाद्यान्न अभाव
उपल्लो डोल्पामा खाद्यान्न अभाव आइतबार, असोज ५, २०८२
उपत्यकाका शक्तिपीठ नवरात्र नजिकिएसँगै सिँगारिँदै 
उपत्यकाका शक्तिपीठ नवरात्र नजिकिएसँगै सिँगारिँदै  आइतबार, असोज ५, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै आइतबार, असोज ५, २०८२
मिस्टर नेपालमा एकसाथ छानिए तीन विजेता
मिस्टर नेपालमा एकसाथ छानिए तीन विजेता आइतबार, असोज ५, २०८२
बालाजु बाइपासमा बस दुर्घटना
बालाजु बाइपासमा बस दुर्घटना आइतबार, असोज ५, २०८२
बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना
बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP