Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #भेडाच्याङ्ग्रा
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #आईसीटी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • राप्ती आँखा अस्पतालमा जलविन्दु उपचार सेवा सुरु भएपछि स्थानीयलाई राहत
राप्ती आँखा अस्पतालमा जलविन्दु उपचार सेवा सुरु भएपछि स्थानीयलाई राहत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ८, २०८२

दाङ- राप्ती आँखा अस्पताल रक्षाचौरले जलविन्दु (ग्लुकोमा) रोगको विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालमा उपचारका लागि आउने जलविन्दुको समस्या देखिएकाहरूलाई उपचारका लागि काठमाडौँ पठाउनुपर्ने अवस्था अन्त्य गर्ने सेवा सुरु गरेको अस्पतालले जनाएको छ । 

 अस्पतालमा सहायक प्राध्यापक डा रञ्जितकुमार शाहको आगमनसँगै  केही दिनअघि जलविन्दुको विशेष उपचार सेवा सुरु भएको हो । सेवा सुरु भएसँगै बिरामीहरू घर आँगनमै उपचार पाएको भन्दै खुसी भएका छन् ।  तुलसीपुर–१५ की ८३ वर्षीया जयमोती थरुनीले लामो समयपछि उपचार सेवा पाएपछि खुसी व्यक्त गरे  । घरबारविहीन थरुनीले उपचारपछि नयाँ जीवन पाएको अनुभव भएको बताउनुभयो ।

डा शाहका अनुसार यहाँ बहिरङ्ग सेवा (ओपिडी) लिन दैनिकजसो दुईदेखि तीन सय बिरामी आउने गरेका छन् । तीमध्ये पाँचदेखि सात जनामा जलविन्दुको समस्या देखिने गरेको छ । “जलविन्दु आँखामा दबाब बढेर दृष्टिमा असर पु¥याउने रोग हो । प्रारम्भिक अवस्थामा उपचार सुरु गरिएमा दृष्टि जोगाउन सकिन्छ तर धेरैजसो बिरामी ढिलो गरी अस्पताल आउने भएकाले दृष्टिमा स्थायी क्षति पुगिसकेको हुन्छ”, डा शाहले भने  ।

Hardik health

नेपालमा हालैको एक सर्वेक्षणअनुसार दुई दशमलव एक प्रतिशतभन्दा बढी जनसङ्ख्यामा जलविन्दुको समस्या देखिएको छ । डा शाह धेरैलाई यसबारे थाहा नहुने, लक्षणको बेवास्ता गर्ने र अस्पताल ढिलो पुग्ने समस्या रहेको बताए । जलविन्दुको मुख्य लक्षणहरूमा दृष्टि धमिलो हुँदै जानु, बत्तीमा हेर्दा इन्द्रेणी रङ देखिनु, टाउको र आँखामा दुखाइ, वाकवाकी लाग्नुलगात रहेका उहाँले बताए । 

“यो रोग परिवारमा एक जनामा देखिएको खण्डमा अन्य सदस्यमा पनि हुने सम्भावना रहन्छ । साथै मधुमेह, उच्च रक्तचाप वा आँखामा चोटपटक लाग्दा पनि जलविन्दु हुने सम्भावना बढ्छ”, डा शाहले भने,“राप्ती आँखा अस्पतालले आँखासम्बन्धी विविध उपचार सेवा दिँदै आएकामा जलविन्दु विशेषज्ञ सेवा पनि थपिएपछि यहाँका सेवाग्राहीलाई निकै राहत हुनेछ ।” जलविन्दु भएका बिरामीहरूलाई काठमाडौँ वा अन्य ठाउँ जानुपर्ने बाध्यता अन्त्य भएपछि यसले दाङलगायत आसपासका जिल्लाका जनतालाई ठूलो राहत मिलेको छ ।


प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु
जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु सोमबार, भदौ ३०, २०८२
भीमदत्त नगरपालिकामा प्रयोगशाला सञ्चालन
भीमदत्त नगरपालिकामा प्रयोगशाला सञ्चालन सोमबार, भदौ ३०, २०८२
स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने
स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने आइतबार, भदौ २९, २०८२
'डिमेन्सिया'ले अष्ट्रेलियाली समाजमा गहिरो असर पार्दै,   महिलामा बढी असर
'डिमेन्सिया'ले अष्ट्रेलियाली समाजमा गहिरो असर पार्दै,  महिलामा बढी असर शुक्रबार, भदौ २७, २०८२
स्टार अस्पतालका कर्मचारीहरूले अहिलेसम्म पाएनन् तलब
स्टार अस्पतालका कर्मचारीहरूले अहिलेसम्म पाएनन् तलब शुक्रबार, भदौ २७, २०८२
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा मंगलबार, भदौ २४, २०८२
जापानीज इन्सेफ्लाइटिसबाट ३जनाकाे मृत्यु, ९ जनामा डेंगी संक्रमण पुष्टि
जापानीज इन्सेफ्लाइटिसबाट ३जनाकाे मृत्यु, ९ जनामा डेंगी संक्रमण पुष्टि सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP