Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • अध्यागमन हाकिम गृह छिर्न नपाउँदै अख्तियारको फन्दामा
सेटिङमार्फत भिजिट भिसामा विदेश पठाउने काममा संलग्नता रहेको आरोप अध्यागमन हाकिम गृह छिर्न नपाउँदै अख्तियारको फन्दामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ८, २०८२
  •  तस्करहरुसँग सेटिङ कमिसन लिएको चाल पाएपछि मंगलबार नै सहसचिव तीर्थराज भट्टराई गृह मन्त्रालय तानिएका थिए
  • उनी सरुवा हुन नपाउँदै अध्यागमन कार्यालयमा अख्तियारको छापा । कम्प्युटर, विद्युतीय डिभाइसलगायत नियन्त्रणमा
  • विवादित छविका भट्टराईलाई बिहीबार हाजिरी हुने सर्तमा केही घण्टामै छाडिएको अख्तियारको भनाइ

काठमाडौं– गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । भिजिट भिसामा सेटिङ गरेर विभिन्न मुलुकमा पठाउने कार्यमा संलग्न रहेको आरोपमा बुधबार अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रहेका उनी मंगलबार मात्र गृह मन्त्रालयमा तानिएका थिए ।

यद्यपि, उनी आज बिहीबार अख्तियारमा उपस्थित हुने सर्तमा बुधबार नै छुटेका छन् । ‘बिहीबार बिहान कार्यालय समयमा उपस्थित हुनेगरी उहाँलाई छाडिएको हो,’ अख्तियारका एक अनुसन्धान अधिकृतले भने । उनको मोबाइल भने अख्तियारले जफत गरेको छ । कर्मचारीहरुको आकर्षक थलोका रुपमा चिनिएको विमानस्थलमा भट्टराईलाई अहिलेका गृहमन्त्री रमेश लेखकले रोजेरै पठाएको बताइन्छ ।

सेटिङमार्फत भिजिट भिसामा विदेश पठाउने काममा संलग्नता देखिएपछि भट्टराईलाई पक्राउ गरिएको अख्तियार स्रोतले बताएको छ । मंगलबारमात्रै गृहले सिंहदरबारमा तानेको उनलाई गृह नआइपुग्दै अख्तियारले नियन्त्रणमा लिएको हो । भट्टराईलाई पक्रिनुअघि अध्यागमन कार्यालयबाट अख्तियारले कम्प्युटरलगायत विभिन्न कागजातसमेत नियन्त्रणमा लिएका छ । अख्तियारले सिआइटी कलेजमा कार्यरत कविता पौडेल, खगेन्द्र सुवेदी र एक ट्राभल एजेन्टका सञ्चालक बालकृष्ण खड्काबाटसमेत मोबाइल तथा ल्यापटप नियन्त्रणमा लिएको जनाएको छ । 

भट्टराईको साटो अध्यागमन प्रमुखमा पाँचथरका प्रमुख जिल्ला अधिकारी रहेका विष्णुप्रसाद कोइरालालाई तानिएको थियो । बेरोजगार युवा विदेश हानिने क्रम जारी छ । यस्ता युवाबाट ५० हजारदेखि चार लाख रुपैयाँसम्म उठाउँदै तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा पठाउने प्रवृत्ति पुरानै हो । श्रम स्वीकृति लिन निकै मुस्किल हुने, शैक्षिक योग्यता नपुग्ने र उमेर ढल्किएपछि स्वास्थ्य समस्या देखिनेजस्ता विषयले वैदेशिक रोजगारीमा जान मुस्किल हुन्छ ।

Hardik health

यस्ता व्यक्तिहरुलाई विमानस्थलमा तस्करहरुले सेटिङ गरेपछि युएई, साउदी अरेबियाजस्ता देशमा भिजिट भिसामार्फत जान पाइन्छ । जसका लागि प्रतिव्यक्ति ५० हजारदेखि ७५ हजार रुपैयाँसम्म र युरोपियन मुलुक माल्टा, पोर्चुगललगायत देशमा जानेसँग चार लाख रुपैयाँसम्म अध्यागमन कार्यालयको कर्मचारीले उठाउने गरेको बताइन्छ । उक्त रकम भट्टराईले गृहमन्त्रीलाई दिनुपर्ने भन्दै लिने गरेको आरोपसमेत लागेको छ ।

भट्टराईले तस्करहरुसँग साँठगाँठ गरेको आरोप चुलिएपछि उनलाई बचाउन गृहमन्त्रीले मंगलबार नै गृहमा तानेका थिए । तर उनी सरुवा हुन नपाउँदै अख्तियारको नियन्त्रणमा परेका हुन् । अख्तियारले उनको दैनिक गतिविधिमाथि शंका लागेसँगै नियन्त्रणमा लिएको जनाएको छ । योसँगै अख्तियारले अध्यागमन कार्यालयमा पनि छापा हानेको थियो । 

विमानस्थलमा यसरी चल्छ सेटिङ
सरकारले भिजिट भिसामा विदेश जान विभिन्न सर्तहरु तोकेको छ । जसमध्ये १२ कक्षा उत्तीर्ण, बैंकमा रकम मौज्दात, घुम्न जान लागेको देशको होटलको रिजर्भेसन, आउजाउ हवाई टिकट अनिवार्य सर्त हो । तर रोजगारी खोज्दै भौतारिएका र जसले यी सर्त पूरा गर्न सक्दैनन् उनीहरु गिरोहको फन्दामा पुग्छन् । उनीहरुले नक्कली कागजात बनाएर सेवाग्राहीबाट चर्को रकम असुल्दै कर्मचारीलाई कमिसन खुवाएर भिजिट भिसामा विदेश पठाउँछन् । यसबापत विमान कम्पनीका कर्मचारीलेसमेत कमिसन पाउने बताइन्छ ।

यस्तो तस्करीमा सरकारी कर्मचारीसँगै ट्राभल एजेन्सीका सञ्चालक, कन्सल्टेन्सीका कर्मचारीहरु ‘कोड’ भाषा प्रयोग गरी खटिन्छन् । अनुसन्धान अधिकृतहरुका अनुसार यसरी विमानस्थलबाट पास भएका हरेक व्यक्तिको रेकर्ड अध्यागमन प्रमुखकहाँ पुग्ने र प्रतिव्यक्ति प्रमुखलाई कमिसन बुझाउनुपर्ने हुन्छ । 

अख्तियारको नियन्त्रणमा परेका भट्टराई यसअघि २०७२ सालमा त्रिपाल काण्डमा मुछिएका थिए । भूकम्पपीडितलाई बाँड्न त्रिपाल किन्दा अनियमितता गरको आरोपमा २०७२ माघ १९ गते अख्तियारले उनीसहित छ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पछि उनलाई विशेष अदालतले सफाइ दिएको थियो । त्यहीबीचमा भट्टराई राष्ट्रिय परिचयपत्र विभागको महानिर्देशकसमेत भए । त्यतिबेला पनि भट्टराई राष्ट्रिय परिचयपत्र रुजु गर्ने संयन्त्रसम्बन्धी ठेक्कामा विवादमा मुछिएका थिए । 

सरकारी सर्त पूरा गर्न नसक्ने कतिपय भने सीमापारिबाट विदेश जाने गरेका छन् । माल्टा, रोमानियाजस्ता मुलुकमा सीमाबाट कयौं दिन हिँडाएर भारतको विमानस्थलहुँदै ती रोजगार गन्तव्यमा पु¥याइन्छ । यस्तो काममा तस्करहरुको ठूलै जालो रहेको बताइन्छ ।यसरी विदेश जाँदा झनै जोखिम धेरै र महँगो पर्ने गर्छ । सीमापारिबाट यस्तो देशमा जाँदा ८ देखि १० लाखसम्म खर्च हुने बताइन्छ । देशमा रोजगारको सिर्जना गर्न नसक्दा युवाहरुको डरलाग्दो पलायनलाई सरकारमा बसेकाहरुले भने कमिसन कमाउने अवसरका रुपमा प्रयोग गर्दै आएका छन् ।
 


प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १०:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP