मनहरी - हरियाली सामूदायिक वन उपभोक्ता समूहको कोषाध्यक्ष पदमा पर्यटन व्यवसायी राजेन्द्र कुँवरले उम्मेदवारी दिएका छन् ।
यही जेष्ठ १० गते शनिबार हुन गइरहेको मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयामा रहेको हरियाली सामूदायिक वन उपभोक्ता समूहको चुनावमा पर्यटन व्यवसायी राजेन्द्र कुँवरले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका हुन् ।
संघीय राजधानी काठमाडौं ठमेलमा दुई दशक देखी पर्यटन, ट्राभल्स एण्ड टुर्सको क्षेत्रमा निरन्तर कार्य गर्दै आइरहेका छन् । पश्चिम ठमेल परिषद्को सहकोषाध्यक्ष रहेका कुँवर हेटौंडा २ कांग्रेसचोकमा हाइल्याण्ड एक्पोलर टुर्स एण्ड ट्राभल्स सञ्चालन गर्दै आइरहेका छन् । मनहरी रजैया निवासी कुँवर सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । उनी रोटरी क्लब अफ भादगाउंमा आवद्ध रहेर सामाजिक कार्य गर्दै आइरहेका छन् ।
अनुभव र काम गर्ने जोशका साथ आफुले कोषाध्यक्ष पदमा उम्मेदवार दिएको कुँवरले बताए । ''म सँग अनुभव छ, वन क्षेत्रलाई पर्यटनसँग जोडेर थप टेवा पुग्ने हिसाबले काम गर्ने मन छ'' उनले भने । ''उपभोक्ताहरुले मलाई पक्कै पनि मतदान गर्नेछन् भन्ने विश्वास लिएको छु ।''