Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #भोजपुर
  • #नारायणगढ–मुग्लिन सडक
  • #मिस्टर_नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • पालिकाले ल्यायाे गुरुङ भाषामा नीति तथा कार्यक्रम
पालिकाले ल्यायाे गुरुङ भाषामा नीति तथा कार्यक्रम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ७, २०८२

पर्वत- पर्वतको महाशिला गाउँपालिकाले गुरुङ भाषाको खिमा लिपीमा नीति तथा कार्यक्रम ल्याएको छ । गण्डकी प्रदेश सरकारले नेपाली बाहेक गुरुङ र मगर भाषालाई सरकारी भाषाका रुपमा प्रयोग गर्ने गरी विधेयक अघि बढाएका बेला महाशिलाले नीति तथा कार्यक्रम नै गुरुङ भाषामा प्रकाशन गरेको छ । 

नीति तथा कार्यक्रम आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिर्। सरकारले गुरुङ भाषालाई कामकाजको भाषाको रूपमा प्रयोमा ल्याउने तयारी गरेको अवस्थामा महाशिलाले चालु आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम गुरुङ भाषा र लिपीमा सार्वजनिक गर्ने निर्णय गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले नीति तथा कार्यक्रम स्थानीय भाषामा सार्वजनिक गर्ने महाशिला गाउँपालिका पहिलो तह बनेको जानकारी दिए । 

गाउँपालिकाले नेपाली भाषामा नीति तथा कार्यक्रम गत वर्ष सार्वजनिक गरेको थियो । सोही नीति तथा कार्यक्रमलाई अहिले गुरुङ भाषामा प्रकाशन गरिएको हो । गुरुङ भाषाभित्र खिमा लिपीमा नीति तथा कार्यक्रमलाई लिपीबद्ध गरिएको उनले बताए । महाशिलाले यसअघि नेपाली भाषामा आर्थिक विकास क्षेत्र, सामाजिक विकास क्षेत्र, स्वास्थ्य, सामाजिक न्याय, खानेपानी, भौतिक पूर्वाधार, विपत् तथा वातावरण, संस्थागत सेवा प्रवाह र सुशासन क्षेत्रलाई प्राथमिकता दिइ नीति तथा कार्यक्रम ल्याएको थियो ।

Hardik health

यसैगरी बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, खेलकुद तथा मनोरञ्जन, संस्कृति, प्रदेश सरकारसँग सहकार्यलगायत विषय नीति तथा कार्यक्रममा समेटिएका थिए । तीनै प्राथमिकताका क्षेत्रलाई अहिले गुरुङ भाषाको खिमा लिपीमा उल्था गरी प्रकाशन गरिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिए । उनले आगामी वर्षदेखि दुवै भाषामा एकैसाथ सार्वजनिक गरिने बताए । 

महाशिलाकाका ६ वटै वडामा गुरुङ समुदायको बसोबास रहेको छ । गण्डकी सरकारले सरकारी कामकाजको भाषाका रूपमा गुरुङ र मगर भाषालाई समेट्न विधेयक ल्याउनुअघि गुरुङ र मगर बाहुल्य जिल्लामा पुगी सरोकारवालासँग सुझाव संकलन गरेको थियो ।  


प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दसैँका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै
दसैँका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै आइतबार, असोज ५, २०८२
जनकपुरधाम भन्सारमा १३ करोडको क्षति
जनकपुरधाम भन्सारमा १३ करोडको क्षति आइतबार, असोज ५, २०८२
राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण आइतबार, असोज ५, २०८२
लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैनः मन्त्री घिसिङ
लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैनः मन्त्री घिसिङ आइतबार, असोज ५, २०८२
राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस आइतबार, असोज ५, २०८२
सात दिनपछि खुल्यो बागलुङ-सिगाना-बरेङ सडक
सात दिनपछि खुल्यो बागलुङ-सिगाना-बरेङ सडक आइतबार, असोज ५, २०८२
उपल्लो डोल्पामा खाद्यान्न अभाव
उपल्लो डोल्पामा खाद्यान्न अभाव आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP