Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • बालेनका विश्वासपात्र पाण्डे कारबाहीमा तानिँदै
गुरागाईले सोधे सातबुँदे स्पष्टीकरण, जवाफ दिन सात दिनको म्याद बालेनका विश्वासपात्र पाण्डे कारबाहीमा तानिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ७, २०८२

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)का प्रमुख बालेन्द्र (बालेन) साहका ‘राइट ह्याण्ड’ मानिने महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले सोमबार उनलाई सातबुँदे स्पष्टीकरण सोधेका हुन् । स्पष्टीकरणपत्रमा आफूलाई चैत २१ गते कार्यालय प्रवेश गर्दा रोक्ने काम गरेकोदेखि गाडीको ह्वील लक लगाएकोलगायतका विषयमा किन कारबाही नगर्ने ? भनी जवाफ मागेका छन् । 

पाण्डेले महानगर प्रमुख साहको मौखिक आदेशमा काम गर्दै आएका थिए । महानगर प्रहरी प्रमुख प्रशासकीय अधिकृत मातहत हुने भए पनि साहको आडमा ‘सिंघम शैली’मा उत्रिने गरेका पाण्डे कारबाहीको भागीदार बन्ने सम्भावना बढेको छ ।उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममासमेत उनले महानगर प्रमुख साहको मौखिक आदेशमा अवरोध सिर्जना गरेका थिए । त्यसपछि उपप्रमुख सुनिता डंगोलले लिखित वा कुनै त्यस्तो पत्र छ अवरोध गर्नलाई ? भनेपछि उनले महानगर प्रमुखको मौखिक आदेश पालना गरेको जवाफ दिएका थिए ।

काठमाडौं महानगरपालिका महानगर प्रहरी ऐन, २०८० को दफा ५ बमोजिम काम गर्नुपर्नेमा किन ऐन पालना नगरेको भन्दै स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरणपत्र बुझेको मितिले सात दिनभित्र जवाफ पेस गर्न भनिएको छ ।‘म्यादभित्र स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभएमा कानुनबमोजिम कारबाही हुने ब्यहोरासमेत जानकारी गराउँदछु,’ स्पष्टीकरणपत्रमा भनिएको छ ।

Hardik health

पाण्डेको बहिर्गमन कति नजिक ?
काठमाडौं महानगरपालिकामा केही वडाध्यक्ष र महानगर प्रमुख साहको साथ पाएपछि मैमत्त बनेका प्रहरी प्रमुख पाण्डे अन्ततः कारबाहीमा तानिने भएका छन् । नगरप्रमुखको मौखिक आदेशमा जस्तोसुकै कदम चाल्छु भन्दै आतंक फैलाउन उद्धत देखिन्थे उनी ।उसो त पाण्डेले राष्ट्रिय परिचयपत्र बनाउँदासमेत तनाव व्यहोरेका थिए । महानगरमा राष्ट्रिय परिचयपत्र बनाउन जाँदा दुई पत्नीका कारण बन्न नसक्दा एक कर्मचारीलाई तीन महिनासम्म शक्तिको दुरुपयोग गर्दै निलम्बनमा नै राखेका थिए । 

उनलाई स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अगाडि बढाउँदा उनी मातहतकै प्रहरीहरु नै खुसी देखिएको स्रोतको दाबी छ । त्यसो त पाण्डेले पाएको प्रहरी प्रमुखको जिम्मेवारी नै वैध नभएको बताइन्छ । महानगर प्रमुख साहले फुली लगाइदिए पनि त्यसले औपचारिकरुपमा वैधता पाइनसकेको महानगर स्रोतको दाबी छ ।

महानगर प्रमुख साहलाई झट्का
पाण्डेलाई कारबाही हुँदा महानगर प्रमुख साहलाई झट्का लाग्ने देखिन्छ । साहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई महिनौंसम्म कार्यालयमा हाजिर गर्न रोक लगाएका थिए । निर्माणाधीन काठमाडौं भ्युटावरको नक्सा स्वीकृति गर्दा अनियमितता गरेको आरोपमा उनले गुरागाईमाथि अवरोध सिर्जना गरेका थिए । सोही विवादका कारण गुरागाई गत पुस ७ गतेदेखि बिदामा बसेका थिए । उनी बिदामा बसेपछि प्रशासन प्रमुखविहीन बनेको महानगरमा तीन महिनासम्म तलब र अन्य भुक्तानी रोकिएको थियो ।

महानगर प्रमुख साहको अवरोधकाबीच गत चैत २१ गते गुरागाई कार्यालयमा हाजिर भएका थिए । जतिबेला उनलाई रोक्न प्रमुख साहले पाण्डे नेतृत्वको महानगर प्रहरी परिचालन गरेका थिए । गुरागाईलाई कार्यालयमा हाजिर गराउन उपप्रमुख डंगोल, वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरु लागेका थिए ।

यस्ता छन् मुख्य आरोप
–    प्रमुख प्रशासकीय अधिकृतको सवारीसाधनमा ह्वील लक लगाएर काममा अवरोध सिर्जना गरेको
–    प्रमुख प्रशासकीय अधिकृत काममा आउँदा प्रहरी साङ्लो बनाइ अवरोध सिर्जना गरेको र हुलहुज्जत गरेको
–    कार्यालयमा उपस्थित जनप्रतिनिधिकोसमेत बाटो छेकी अमर्यादित एवं अभद्र व्यवहार गरेको
–    प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएको र उपप्रमुखदेखि अन्यले आग्रह गर्दा पनि अस्वीकार गरेको
–    हाजिर पुस्तिका कब्जामा लिएको
–    कर्मचारीले पालना गर्नुपर्ने कानुन पालना नगरेको
–    सञ्चारमाध्यममा अनधिकृत बयानवाजी गरेको


प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP