Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #एनसेल
  • #मेटलाइफ
Search Here
समाचार
  • Home
  • समाचार
  • पर्सामा अवैध चोरी तस्करी रोक्न ‘सिसी क्यामेरा’ जडान
पर्सामा अवैध चोरी तस्करी रोक्न ‘सिसी क्यामेरा’ जडान
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ ६, २०८२

वीरगञ्ज -  अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न यहाँका विभिन्न आठ स्थानमा ‘सिसी क्यामेरा’ जडान गर्न थालिएको छ । स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकको निर्णयानुसार सोमबार वीरगञ्जको छपकैया, सिर्सिया, बलिरामपुर, अलौँलगायत स्थानमा दुई–दुई ठाउँमा गरेर आठवटा सिसी क्यामेरा जडान गरिएको हो ।
 
वीरगञ्ज भन्सार कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको टोलीले आइतबार वीरगञ्ज महानगरको छपकैया, सिर्सियालगायत ठाउँमा सिसी क्यामेरा जडान गर्न अवरोध गरिएको जनाइएको छ ।  प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने, प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका गणपति राधेश्याम धिमाललगायतको उपस्थितिमा छपकैया र सिर्सियासहितका चार स्थानमा दुई–दुईवटा सिसी क्यामेरा जडान गरिएको छ ।

त्यसैगरी, बलिरामपुरमा दुई, अलौँमा दुईवटा सिसी क्यामेरा जडान गरिएको हो ।  सिसी क्यामेरा जडान गर्न गएका भन्सारका कर्मचारी टोलीलाई अवरोध पुर्याएपछि सोमबार स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको संयोजक प्रजिअकै नेतृत्वमा टोली नै पुगेर सिसी क्यामेरा जडान गरेको प्रजिअ अर्यालले जानकारी दिए । “समितिको बैठकले सम्भावित अवैध चोरी निकासी तथा पैठारी हुने ठाउँको पहिचान गरेर सिसी क्यामेरा जडान गर्ने निर्णय गरेको थियो”, उनले भने, “समितिले गरेको निर्णयलाई सुरक्षाकर्मीसहितको टोलीको उपस्थितिमा सिसी क्यामेरा जडान गरेका छौँ । यसले भन्सार छली गरेर वस्तु तथा सामान आयात तथा निर्यात गर्नेलाई निरुत्साहित गर्नेछ ।”

प्रजिअ अर्यालले सीसी क्यामेरा जडान भएसँगै भन्सार छली गरेर अवैध मालसमान ओसारपसार गर्नेलाई मनोवैज्ञानिक तवरले पनि तस्करी नियन्त्रणमा सघाउ पुर्याउने आशा राखेको बताए । “भन्सार छली गरेर सामान भित्र्याउनेले सुरक्षाकर्मीमाथि गर्ने दुव्र्यवहार पनि न्यूनीकरण हुने अपेक्षा राखेका छौँ”, उनले भने, “सुरक्षाकर्मीमाथि जाइलाग्ने माथि पनि आवश्यक कानुनी कारबाही गर्ने बाटो खुल्ने छ ।” 

Hardik health

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख लामिछानेले पहिलो चरणमा कार्यालयले आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरेर सिसी क्यामेरा जडान गरेको जानकारी दिए । कार्यालयले सम्भावित चोरी निकासी तथा तस्करी हुनसक्ने जोखिमयुक्त ठाउँमा लक्षित गरेर सिसी क्यामेरा जडान कार्यलाई निरन्तरता दिँदै जाने बताए । उनले आगामी दिनमा पर्सा र बाराका छोटी भन्सार कार्यालय, नाका तथा अन्य संवेदनशील ठाउँमा पनि सिसी क्यामेरा जडान गर्ने योजना रहेको जानकारी दिए ।


प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शताब्दीऔँ पुरानो ब्रह्मा मन्दिर उत्खनन् गरी पुनर्निर्माण
शताब्दीऔँ पुरानो ब्रह्मा मन्दिर उत्खनन् गरी पुनर्निर्माण शुक्रबार, कात्तिक २१, २०८२
सांसदहरूकाे निजी सचिवको सुविधा बन्द
सांसदहरूकाे निजी सचिवको सुविधा बन्द शुक्रबार, कात्तिक २१, २०८२
मुद्रण केन्द्रबाटै लाइसेन्स छपाइ सुरु
मुद्रण केन्द्रबाटै लाइसेन्स छपाइ सुरु शुक्रबार, कात्तिक २१, २०८२
दाङमा  करिब एक हजार सात सय मतदाता थपिए
दाङमा करिब एक हजार सात सय मतदाता थपिए शुक्रबार, कात्तिक २१, २०८२
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध शुक्रबार, कात्तिक २१, २०८२
पाकिस्तान, इराकबाट गत हप्ता ४३३ अफगान कैदी कैद मुक्त
पाकिस्तान, इराकबाट गत हप्ता ४३३ अफगान कैदी कैद मुक्त शुक्रबार, कात्तिक २१, २०८२
वित्त परिचालन विधेयक राष्ट्रिय सभामा दर्ता
वित्त परिचालन विधेयक राष्ट्रिय सभामा दर्ता शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP