काठमाडाैं - नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको प्रार्थिव शरीरलाई सानेपास्थित पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलि दिईएको छ ।
ओखलढुङ्गा जिल्ला विकास समितिका पूर्वसभापति एवं नेपाली कांग्रेसका पुराना नेता ८२ वर्षीय कोर्मोचाको उपचारका क्रममा शुक्रबार राती काठमाडौँस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो ।
उनको प्रार्थिव शरीरलाई पार्टी सभापति शेरबहादुर देउवा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, डा. शेखर कोईराला, धनराज गुरुङ, कृष्ण सिटौला लगायत पार्टीका विभिन्न नेता तथा सर्वसाधारणले श्रद्धाञ्जलि दिएका थिए ।
कोर्मोचाको अन्त्येष्टिका लागि हेलिकोप्टरबाट जन्मथलो ओखलढुङ्गाको खिजीचण्डेश्वरी लगिएको छ । कोर्मोचाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।