Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
समाचार
  • Home
  • समाचार
  • सगरमाथा संवादको तयारी अन्तिम चरणमा
सगरमाथा संवादको तयारी अन्तिम चरणमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ३०, २०८२

काठमाडौं -  नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो सगरमाथा संवाद आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुँदैछ । आगामी दिनमा यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारको निर्णय छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पुस ८ गते काठमाडौँमा सगरमाथा संवाद हुने घोषणा गर्नुभएको थियो । त्यस्तै गत माघ २१ गतेको मन्त्रिपरिषद् बैठकबाट सगरमाथा संवादको पहिलो संस्करण आयोजना गर्ने निर्णय भएको थियो भने फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट संवादको अवधारणापत्र स्वीकृत गरी सचिवालय स्थापना गरिएको थियो ।

संवाद आयोजनाका लागि प्रधानमन्त्री ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहसंयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सचिवालय, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर पौडेल क्षेत्रीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।

प्रचार प्रसार समितिका संयोजक क्षेत्रीले समसामयिक विश्वका जल्दाबल्दा मुद्दाहरूमा  राष्ट्र÷सरकार प्रमुखहरू, मन्त्रीहरू, सांसदहरू, नीति निर्माताहरू, विज्ञहरू, सञ्चारमाध्यम, व्यापारिक समुदायलगायतबीच नेपालमा बहुसरोकारवाला, अन्तर–क्षेत्रीय विश्वव्यापी संवादका लागि उपयुक्त मञ्च उपलब्ध गराउनु संवादको उद्देश्य रहेको जानकारी दिए ।

Sonam Lhosar
Hardik health

संवादमा झण्डै ४० देशका १५० बढी विदेशी पाहुनाको सहभागिता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । “विदेश पाहुनामध्ये केही उच्च राजनीतिक व्यक्तित्वदेखि विदेशमन्त्री, वन तथा वातावरणसम्बन्धी मन्त्री, उच्च सरकारी अधिकारी, दातृ निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखहरू, शैक्षिक व्यक्तित्व, जलवायु विज्ञलगायत हुनुुहन्छ”, प्रचार प्रसार समितिका संयोजक क्षेत्रीले भने ।

काठमाडौँको होटल सोल्टीमा हुने संवादलाई सफल बनाउन अन्तरराष्ट्रिय मापदण्डअनुसार सबै तयारी गरिएको छ । संवादमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी करिब चार सय विशिष्ट व्यक्तित्वको सहभागिता रहने बताइएको छ । संवादमा उच्चस्तरीय उद्घाटन सत्रसहित एक उच्चस्तरीय प्लेनरी छलफल हुने, विभिन्न विषयमा १२ वटा समानान्तर सत्र तथा केही साइड इभेन्टहरू पनि हुने तालिका रहेको सचिवालयका सदस्यसचिवसमेत रहेका वन मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जानकारी दिए । तेस्रो तथा अन्तिम दिन हिमाल देखाउनका लागि पर्वतीय उडानको व्यवस्था मिलाइएको छभने संवादको काठमाडौँ घोषणा जारी गरिने छ ।

संवाद नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा सामाधानका उपाय सिक्नका लागि समेत उपयोगीसिद्ध हुने बताइएको छ ।संयुक्त राष्ट्रसङ्घले यो वर्ष २०२५ लाई अन्तरराष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेको सन्दर्भमा संवादमा पनि महत्वका साथ हिमालका विषय उठाइने छन् ।

“संवादमा खासगरी हिमालबाट समुद्रसम्म परिरहेका असर, दिगो हरित अर्थ व्यवस्था, जलवायु हानिनोक्सानी न्यूनीकरण,  जलवायु न्याय र मानवताको भविष्य,  क्षेत्रीय र वैश्विक साझेदारीलगायत विषयमा छलफल गरिने छ”, सहचिव डा ढकालले भने । सरकारले संवादमा हुने छलफल, मन्थन, संवादबाट निस्किने निचोड तथा निष्कर्षलाई नीति निर्माणमा समेट्ने जनाएको छ ।सगरमाथा संवाद एक बहु–सरोकारवाला संवाद मञ्च हो, जुन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्वका प्रमुख मुद्दाहरूमाथि विचार–विमर्श गर्न समर्पित छ । एक मञ्चको रूपमा, यसले सकारात्मक परिवर्तनका लागि बहसलाई आकार दिन र अगाडि बढाउन सक्ने सरोकार, प्रभाव र क्षमता भएका समाजका बृहत् तप्काका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको छ । यो संवादको नाम विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको हो । यसको उद्देश्य मानवताको साझा हित र सामूहिक कल्याणको अवधारणालाई प्रवर्द्धन गर्नु हो ।

विश्वव्यापी हरितगृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका न्यून छ । तर जलवायु परिवर्तनका असरबाट भने अत्यन्त प्रभावित भइरहेको छ । बढ्दो जलवायु परिवर्तनका असर, वायु प्रदूषणलगायत विश्वव्यापी सङ्कटले नेपालजस्ता अल्पविकसित, हिमाली देश र यहाँका नागरिक आक्रान्त् छन् । यस परिस्थितिमा संवादले जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन तथा सामूहिक कल्याण प्रवर्द्धन गर्ने विश्वव्यापी प्रयासमा योगदान गर्न सक्ने एक जीवन्त संवाद मञ्चको रूपमा आफूलाई प्रमाणित गर्ने उद्देश्य राखेको छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालेनद्वारा रास्वपामा पदबहाली
बालेनद्वारा रास्वपामा पदबहाली आइतबार, माघ ४, २०८२
प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल
प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल आइतबार, माघ ४, २०८२
निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै
निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै आइतबार, माघ ४, २०८२
नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन
नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन आइतबार, माघ ४, २०८२
निर्वाचन आचारसंहिताबारे छलफल
निर्वाचन आचारसंहिताबारे छलफल आइतबार, माघ ४, २०८२
चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह
चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह आइतबार, माघ ४, २०८२
कार्यबाहक प्रमुखको जिम्मेवारी महानगरपालिकाकाे उपमेयर डंगोललाई
कार्यबाहक प्रमुखको जिम्मेवारी महानगरपालिकाकाे उपमेयर डंगोललाई आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP