Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #भोजपुर
  • #नारायणगढ–मुग्लिन सडक
  • #मिस्टर_नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • तीन दिनसम्म बुद्ध जयन्ती मनाउने
तीन दिनसम्म बुद्ध जयन्ती मनाउने
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २८, २०८२

काठमाडाैं - लुम्बिनी विकास कोषले २५६९ औँ बुद्ध जयन्ती तीन दिनसम्म मनाउने भएको छ। बुद्ध जयन्ती तथा लुम्बिनी दिवस- २०८२ विविध कार्यक्रमसहित तीन दिनसम्म धुमधामका साथ मनाउने निर्णय कोषले गरेको हो। 

वैशाख २८ देखि ३० गतेसम्म रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा आयोजना हुने विविध कार्यक्रममा विकास कोषले विदेशी अतिथि, कूटनीतिक प्रतिनिधि तथा विभिन्न मुलुकका बौद्ध समुदायकोसमेत सहभागिता रहने जनाएको छ।

कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले बुद्ध जयन्ती राष्ट्रिय गौरवको इतिहास बोकेको उत्सव भएकोले यसलाई ऐतिहसिक उत्सवको रुपमा मनाउन लागिएको जानकारी दिए।दिवसका अनसरमा वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष कार्यक्रम हुनेछन्। 

बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण तीनै घटना शुक्ल पूर्णिमाका दिन परेकाले यो दिनलाई विशेष रुपमा मनाउने गरिन्छ। लुम्बिनीबाट विश्वलाई शान्तिको सन्देश फैलाउन लुम्बिनी विकास कोषले यो वर्षको बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय सहभागिता, धार्मिक चेतना, संस्कृति संरक्षण, र शान्तिको सन्देश प्रवाह गर्ने अवसरको रूपमा उपयोग गर्ने तयारी गरेको उपाध्यक्ष लामाले बताए।

Hardik health

‘हामी दिवसलाई भव्य उत्सवमार्फत लुम्बिनीको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई विश्वसमक्ष थप सशक्त ढंगले प्रस्तुत गर्नेछौँ,’ उनले भने। 


कार्यक्रम सफल बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। त्यसबाहेक विभिन्न व्यवस्थापनका लागि थुप्रै उपसमिति पनि गठन गरिएको वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए। त्यसैगरि ३० सदस्यीय सल्लाहकार समिति, प्रचार(प्रसार, सुरक्षा, आवास तथा यातायात, भोजन व्यवस्थापन, शोभायात्रा, सरसफाइ, देवदह(रामग्राम समन्वय लगायतका उपसमितिहरू गठन गरिएका छन्। 

वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ। प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा बुद्ध जयन्ती समारोहलाई संबोधन गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रममा संघीय मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, सांसद, कूटनीतिक नियोगका प्रतिनिधि तथा विदेशी पाहुनाहरूको सहभागिता रहने कोषले जनाएको छ।

कार्यक्रमको पहिलो दिन वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ सुरु हुनेछ। दोस्रो दिन बिहान ६ बजे प्रार्थना सभा तथा ६ः३० बजे ५ नम्बर गेटबाट शोभायात्रा सुरु हुनेछ। 

यसैगरी, रामग्राम, तिलौराकोट, देवदह र कुदानलगायत क्षेत्रमा पनि स्थानीय तहसँगको समन्वयमा कार्यक्रमहरू सञ्चालन हुने कोषले जनाएको छ। सरसफाई अभियान, दीप प्रज्वलन, शाकाहारी खाना महोत्सव, आँखा शिविर, रक्तदान, नाट्य प्रस्तुति, ध्यान सत्र, खेलकुद र प्रभातफेरी कार्यक्रम गर्ने तयारी कोषको छ। 

वैशाख ३० गते नवजात शिशु सिद्धार्थलाई लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोटसम्म पुर्‍याउने ऐतिहासिक शोभायात्रा आयोजना गरिनेछ। मायादेवी मार्ग हुँदै आयोजना गरिने यो यात्रा प्राचीन परिवेश झल्काउने गरी प्रस्तुत गरिने लामाले जानकारी दिए।


प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री कार्कीसँग विपिन जोशीका आमा र बहिनीको भेट
प्रधानमन्त्री कार्कीसँग विपिन जोशीका आमा र बहिनीको भेट आइतबार, असोज ५, २०८२
खुल्याे पृथ्वी राजमार्ग
खुल्याे पृथ्वी राजमार्ग आइतबार, असोज ५, २०८२
घृणाजन्य अभिव्यक्ति बन्द गर्न आयोगको आग्रह
घृणाजन्य अभिव्यक्ति बन्द गर्न आयोगको आग्रह आइतबार, असोज ५, २०८२
जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु
जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु आइतबार, असोज ५, २०८२
दसैँका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै
दसैँका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै आइतबार, असोज ५, २०८२
जनकपुरधाम भन्सारमा १३ करोडको क्षति
जनकपुरधाम भन्सारमा १३ करोडको क्षति आइतबार, असोज ५, २०८२
राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP