Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संकट
  • #भिनेता_धीरज_कुमार
  • #इयु_चीन
  • #बाँझोपना
  • #एनआरएनए_जापान
  • #छाउगोठ
  • #धुलिखेल-खावा_सडक
  • #सांसद
  • #मौद्रिक नीति
Search Here
समाचार
  • Home
  • समाचार
  • दही र महीको माग बढ्दो
दही र महीको माग बढ्दो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २८, २०८२

मध्यविन्दु - नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गत वर्षसम्म विवाह, व्रतबन्ध र भोजभतेरका अवसरमा कोल्डड्रिङ्क, जुस र बोतल बन्द पेय पदार्थ अत्यधिक प्रयोग हुने गर्दथ्यो । तर अहिले परिस्थिति फेरिँदै गएको छ । गाउँदेखि सहरसम्म, साधारण भोजदेखि पार्टीप्यालेससम्म, मही र दहीको प्रयोग पुनः लोकप्रिय बन्दै गएको छ । पछिल्लो केही वर्षदेखि भोजभतेरमा मही तथा दहीको प्रयोग अनिवार्यजस्तै बन्दै गएको कावासोतीस्थित पानस पार्टीप्यालेसका सञ्चालक गुरु पोख्रेलले बताए ।

“पहिले गाउँघरमा मही र दही भोजमा अनिवार्यजस्तै थियो । अहिले पनि त्यसैगरी भोजमा मही र दही राख्न थालिएको छ”, उनले भने । गाउँमा मात्र होइन, सहरबजारका पार्टीप्यालेसमा पनि अब मही विशेष पेयका रूपमा प्रस्तुत गरिन थालेको छ । पार्टीप्यालेसका सञ्चालक पोख्रेलका अनुसार पहिला चिसो पेय र बोतलको पेय राखिन्थ्यो । अहिले ग्राहक आफैँले मही माग्छन् । हामीले भोजभतेरको ‘मेनु’मा नै दही महीलाई समावेश गर्न थालेका छौँ ।”

जिल्लामा पछिल्लो समय आयोजना गरिने सभासमारोह एवं औपचारिक कार्यक्रममा पनि महीको प्रयोग हुन थालेको छ । यस्ता कार्यक्रममा खाजाका रूपमा तयारी जुस वा चिया दिइने गरेकामा गर्मी मौसममा मही नै रोजाइमा पर्न थालेको देवचुली नगरपालिका–१० का राजु चापागाईँले बताए । “स्वाद, स्वास्थ्य र संस्कृतिको सङ्गम बनेको मही हिजोआज भोजभतेरसँगै औपचारिक कार्यक्रममा पनि राखेको देख्न पाइन्छ”, उनले भने ।

विशेषगरी गर्मी मौसममा महीले चिसो र शीतल पार्ने हुँदा यसको प्रयोग बढ्दो छ । देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार मही प्रोटिन, क्याल्सियम र इलेक्ट्रोलाइट्सले भरिपूर्ण हुन्छ । भोजमा कोल्ड ड्रिङ्कको सट्टा मही राख्दा स्वास्थ्यका लागि लाभदायक हुने उनको भनाइ छ । माग बढ्न थालेपछि स्थानीय पशुपालक तथा दुग्ध उत्पादक किसानले दही र महीको आपूर्तिमा ध्यान दिन थालेका छन् । भोजभतेर तथा कार्यक्रमका लागि दैनिक दही र महीको माग आउने क्रम बढेको गौरादेवी नवीन कृषि तथा पशु फार्म कावासोती–६ का सञ्चालक गङ्गाधर न्यौपानेले बताए । “हिजोआज भोजमा एकैचोटी सयौँ किलो दहीको माग आउँछ । यसले किसानलाई फाइदा पुगेको छ”, उनले भने ।


प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०५:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता
चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता सोमबार, साउन ५, २०८२
चितवन निकुञ्ज घुम्ने पर्यटक घटे
चितवन निकुञ्ज घुम्ने पर्यटक घटे सोमबार, साउन ५, २०८२
चार वटा परियोजनाको समझदारी पत्रमा अर्थमन्त्री पौडेल र चीनको सियाओदोङ्गको   हस्ताक्षर
चार वटा परियोजनाको समझदारी पत्रमा अर्थमन्त्री पौडेल र चीनको सियाओदोङ्गको हस्ताक्षर सोमबार, साउन ५, २०८२
नेपालमा ‘हरर चलचित्र महोत्सव’ हुँदै
नेपालमा ‘हरर चलचित्र महोत्सव’ हुँदै सोमबार, साउन ५, २०८२
महँगी र अमेरिकी कर नियन्त्रणका लागि आफू पदमै रहने जापानका प्रधानमन्त्री इशिबाको चाहना
महँगी र अमेरिकी कर नियन्त्रणका लागि आफू पदमै रहने जापानका प्रधानमन्त्री इशिबाको चाहना सोमबार, साउन ५, २०८२
पाकिस्तानमा मनसुनी प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या २१६ पुग्यो
पाकिस्तानमा मनसुनी प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या २१६ पुग्यो सोमबार, साउन ५, २०८२
श्रम अदालतमा एक वर्ष नाघेका मुद्दा शून्य
श्रम अदालतमा एक वर्ष नाघेका मुद्दा शून्य सोमबार, साउन ५, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP