Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #ओभरपास
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #हुलाकी_राजमार्ग
  • #सेयर_बजार
  • #संघीय संसद्
Search Here
समाचार
  • Home
  • समाचार
  • चुरे संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार गरिँदै
चुरे संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार गरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख २५, २०८२

भेरीगंगा  - कर्णाली प्रदेश सरकारले चुरे क्षेत्रको संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार पार्न लागेको छ । पछिल्लो समय चुरेको दोहन बढ्न थालेको भन्दै सरकारले कर्णालीमा रहेका चुरे क्षेत्रको संरक्षण गर्नेगरी योजना बनाउन लागेको हो । 

सुर्खेतको वराहाताल, चौकुने, भेरीगङ्गा, गुर्भाकोटलगायत ठाउँमा रहेका चुरे क्षेत्रको संरक्षण गर्न आगामी वर्षका लागि योजना प्रस्ताव गरिएको प्रदेश सरकार भू तथा जलाधार कार्यालय सुर्खेतले जनाएको छ।कार्यालयका प्रमुख शिखर चपाईँले सम्पदाका रूपमा रहेका दक्षिणतर्फको चुरे क्षेत्र र उत्तरतर्फको महाभारत क्षेत्रमा पानीका स्रोत संरक्षणलाई प्रथामिकता दिनुपर्ने आवश्यक रहेकाले सोहीअनुसारको योजना प्रस्ताव गरिएको जानकारी दिए  ।

चुरेको विनासले निम्त्याएको परिणाम स्वरूप नदीकटान, नदी डुबान, सुक्खा मौसममा चाँपाकल, इनार, धारा र कुवामा हुने पानीको अभावले पानीको संकट चुलिन सक्नेतर्फ अहिलेदेखि ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । चुरे क्षेत्रको आसपासबाट ढुङ्गा, गिटी, बालुवालगयात नदीजन्य पदार्थको अवैध संकलन र ओसारपसारलाई कडाइ गर्नुपर्ने सरोकार भएकाहरू बताउँछन् ।

कर्णालीमा रहेका जलाधार क्षेत्रलाई संरक्षण गर्न योजनाबद्ध रूपमा विभिन्न काम भइरहेका प्रमुख चपाईँले जानकारी दिए । उनले भने , “कर्णालीमा ५७ वटा जलाधार क्षेत्र पहिचान भएका छन् । माथिल्लो क्षेत्रमा २७ र तल्लो क्षेत्रमा ३० वटा जलाधार क्षेत्र रहेका छन् । तीमध्ये पनि पाँचवटा संवेदनशी छन् ।” सुर्खेतको निकास खोला, दैलेखको रामाघाट, सल्यानको बालुवासग्रही, रुकुमको तल्लो सानीभेरी र जाजरकोटको गुम्रे खोला संवेदनशील जालाधार क्षेत्रका रूपमा पहिचान गरिएका प्रमुख चपाईँले जानकारी दिए ।

यी जलाधार क्षेत्रलाई संरक्षण, प्रवर्द्धन तथा विपद् तथा अन्य समस्या आउन नदिन तटबन्धनका काम भइरहेका उनले बताए । पानीका मुहान संरक्षण गर्न कर्णालीका विभिन्न ठाउँमा रिचार्ज पोखरीसमेत निर्माण गरिरहेको चपाईँले जानकारी दिए। कर्णाली प्रदेशअन्तर्गत भू तथा जलाधार कार्यालय सुर्खेतले पाँच र जुम्लाले पाँच जिल्ला हेर्दै आएको छ ।


प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
आशा गरेअनुसार नीति तथा कार्यक्रम आएन: सांसद परियार
आशा गरेअनुसार नीति तथा कार्यक्रम आएन: सांसद परियार बिहीबार, वैशाख २५, २०८२
विश्वविद्यालयबाट ७० भन्दा बढी प्रदर्शनकारी पक्राउ
विश्वविद्यालयबाट ७० भन्दा बढी प्रदर्शनकारी पक्राउ बिहीबार, वैशाख २५, २०८२
सुन्दरबजारबाट बढ्यो बसाइँसराइ गर्नेको सङ्ख्या
सुन्दरबजारबाट बढ्यो बसाइँसराइ गर्नेको सङ्ख्या बिहीबार, वैशाख २५, २०८२
राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानुनको आवश्यक : प्रतिवेदन
राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानुनको आवश्यक : प्रतिवेदन बिहीबार, वैशाख २५, २०८२
भारत-पाकिस्तानबीच विकसित घट्नाक्रमबारे सुरक्षा परिषद् बैठकमा समीक्षा
भारत-पाकिस्तानबीच विकसित घट्नाक्रमबारे सुरक्षा परिषद् बैठकमा समीक्षा बिहीबार, वैशाख २५, २०८२
जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन गर्ने राजावादीकाे घोषणा
जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन गर्ने राजावादीकाे घोषणा बिहीबार, वैशाख २५, २०८२
लोकप्रिय
  • Week
  • Month
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा  ५ जना निलम्बनमा 
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा ५ जना निलम्बनमा 
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP