काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति ललितपुरको लाकुरीभञ्ज्याङस्थित टेरेसेस रिसोर्टमा लडेको पाइएको छ ।
उच्च स्रोतकाअनुसार प्रचण्ड सहितका व्यक्ति मंगलबार टेरेसेस रिसोर्टमा रात बिताउने गरी गएका थिए । सोही क्रममा रिसोर्टमा लडेर घाइते भएको उच्च स्रोतले जानकारी दियो ।
गएराति रिसोर्टमा लडेर टाउकामा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल ल्याइएको थियो । टाउकामा तीन वटा टाँका लगाएपछि उनी फर्किएका थिए ।
प्रचण्डको सचिवालयले बाथरुममा लडेको बताए खुलस्त उल्लेख गरेको थिएन । छोरी गंगा दाहालले बाथरुममा लडेर चोट लागेको र तीन वटा टाँका लगाइएको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन् ।