Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
कृषि
  • Home
  • कृषि
  • म्याद गुज्रेका विषादी बरामद
म्याद गुज्रेका विषादी बरामद
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २४, २०८२

डुम्रे - जिल्लाका एग्रोभेट, कृषि र बीउ भण्डारबाट म्याद गुज्रेका रु दुई लाख ४० हजार ३६० बराबरको विषादी बरामद गरिएको छ । यही वैशाख १७ गते गरिएको अनुगमनका क्रममा व्यास नगरपालिका-४ र शुक्लागण्डकी नगरपालिका-२ का छ वटा कृषि भण्डारबाट उक्त परिमाणको विषादी बरामद गरिएको हो ।

कीटनाशक, ढुसीनाशक, मुसानाशक, झारनाशक विषाली तथा मल र खाद्य तत्व, स्टिकरलगायत म्याद गुज्रेका वस्तु बरामद गरिएको हो । विभिन्न तरकारीका म्याद गुज्रेका बीउ मात्रै रु ५१ हजार १४५ बराबरको बरामद गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन ललितपुर, कृषि ज्ञान केन्द्र तनहुँ, जिल्ला प्रशासन कार्यालय, बाली संरक्षण प्रयोगशाला पोखराद्वारा संयुक्तरूपमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रेका विषादी तथा बीउ भेटिएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिए  । 

जिल्लाका खुद्रा तथा थोक विषादी बिक्रेता पसलमा अनुगमन गर्दा अधिकांशमा म्याद गुज्रेका विषादी र बीउ भेटिएकाले बरामद गरी सिल गरिएको ज्ञान केन्द्रले जनाएको छ ।  कीटनाशक एक हजार ३७५ थान, ढुसीनाशक २३७ थान, मुसानाशक ४७ थान र झारनाशक विषादी १८ थान, मल तथा खाद्यतत्व २०० थान र स्टिकर ३५ थान बरामद गरिएको केन्द्रका सूचना अधिकारी परियारले जानकारी दिए । उनका अनुसार विभिन्न तरकारीका बीउ ३५७ थान बराबरको म्याद गुज्रेको पाइएपछि बरामद गरिएको छ ।

Hardik health

बरामद गरिएका विषादी तथा बीउको विवरण र मुचुल्का गरी बोरामा सिल गरिएको परियारले बताए । “अनुगमन गरिएका अधिकांश पसलमा म्याद गुज्रेका बीउबिजन, विषादी पाइएको छ । जसलाई व्यवस्थित बनाउन विषादी व्यवस्थापन ऐन कार्यान्वयन गर्नुपर्छ । ऐनमा दण्ड तथा जरिवाना गर्नुपर्ने लेखिएको छ”, उनले भने, “त्यसका लागि मुद्दामा जानुपर्ने हुन्छ । जुन झन्झटिलो छ । त्योभन्दा उपभोक्ता संरक्षण ऐन र कालो बजारी ऐनका केही दण्डसजाय दिने गरी प्रक्रिया अघि बढाउछौँ ।”

बाली प्रयोगशाला पोखराका प्रमुख शालिकराम अधिकारीले बिक्रेताले आफू सुरक्षित हुनुपर्ने कुनै पनि मापदण्ड प्रयोग गरिएको नपाइएको बताए। उनले भने , “पसलमा भएका सामग्री विषादी मिश्रण भएका छन् । जसले खरिदकर्तालाई भन्दा बढी बिक्रेतालाई असर गर्छ । सुरक्षाका लागि सुरक्षित पहिरनको समेत प्रयोग गरिएको छैन । एक पटकका लागि सुझावसहित समय तोकेर सुरक्षाका सामग्री उपयोग गर्न सचेत गराएका छौँ ।”

कतिपय बिक्रेताले विषादी तथा बीउबिजन बिक्रीको अभिलेखसमेत राखेको नपाइएको अधिकारीले उल्लेख गरे  । “यसले उपभोक्तामाथि खेलवाड भएको देखिन्छ । जसलाई नियमन गर्नका लागि समयसमयमा अनुगमन गर्नुपर्ने आवश्यकता छ । बिक्रेता आफैँ पनि सचेत हुन जरुरी छ”, उनले भने । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका बाली संरक्षण अधिकृत प्रकाश घिमिरेले अनुगमनका क्रममा अधिकांश बिक्रेता स्वास्थ्यप्रति सचेत नभएको पाइएको बताउनुभयो । पसलमा पनि पूजा सामग्री, प्लाष्टिकजन्य पदार्थ, मुडा, चिया कपलगायत दैनिक उपभोग्य सामग्री पनि बिक्री गर्ने गरेको पाइएको उनले बताए ।

उनले भने, “अधिकांश पसलमा विषादीसँगै घरायसी प्रयोजनका सामग्री पनि राखिएको पाइएको छ । एक हप्ताको अवधिमा छुट्याएर राख्न लगाइएको छ । म्याद गुज्रेका विषादी र बीउ भेटिएकाले आठ वटा प्लाष्टिक बोरामा राखेर सिल गरेका छौँ ।” आगामी दिनमा म्याद गुज्रेका विषादी तथा बीउ नराख्न सुझाव दिइएको उनले उल्लेख गरे । अनुगमनका क्रममा अधिकांश पसलमा तालिम प्राप्त व्यक्ति नबसेर अन्य व्यक्ति बसेको पाइएकाले सचेत गराइएको छ ।

घिमिरेले भने, “एग्रोभेट, कृषि भण्डार र बीज भण्डारका सञ्चालक आफ्नो स्वास्थ्य तथा व्यवसाय वृद्धिका लागि आफैँ सचेत हुनुपर्ने हुन्छ । अन्य निकायले अनुगमन गरिरहनुपर्ने होइन । म्याद गुज्रेका विषादी, बीउबिजनले कृषि पेसाबाट विमुख हुने अवस्था आउन सक्छ । बिक्रेता सचेत भएमा कृषितर्फ आकर्षण बढ्छ । मार्ग निर्देशकका रूपमा रहेका बिक्रेता सचेत हुनुपर्छ ।”

अनुगमनको क्रममा शुक्लागण्डकी नगरपालिका–६ का वाग्ले भेटनरी सेन्टरको विषादीको (मिति २०८० माघ १ सकिएको) इजाजतपत्रको नवीकरण नभएको पाइएकाले नियमअनुसार पहल गर्न निर्देशन दिइएको केन्द्रले जनाएको छ । एग्रोभेट, कृषि भण्डार र बीज भण्डारमा एक हप्तापछि पुनःअनुगमन गर्ने र अटेर गरेको पाइएमा आवश्यक कारबाही गरिने केन्द्रका सूचना अधिकारी परियारले जानकारी दिए ।

एग्रोभेट, कृषि भण्डार र बीज भण्डार कृषकका मार्ग निर्देशक हुन् । मार्ग निर्देश गर्नुपर्ने भए पनि त्यसो गरेको पाइँदैन । आफैँ सचेत नहुँदा आफ्नो र उपभोक्ता दुवैको स्वास्थ्य समस्या आउने भन्दै सचेत रहन आग्रह गरिएको छ । आफैँ सचेत नहुँदा किसानमा सचेतना फैलन सकिँदैन । मार्गनिर्देश गर्ने निकाय नै सुरक्षित नहुँदा कृषि पेसातर्फ आकर्षण घट्दै गएको छ”, उनले भने ।
 


प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP