Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #भोजपुर
  • #नारायणगढ–मुग्लिन सडक
  • #मिस्टर_नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • जथाभावी फोहोर गर्नेलाई नगरपालिकाको जरिवाना
जथाभावी फोहोर गर्नेलाई नगरपालिकाको जरिवाना
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २३, २०८२

तिलोत्तमा -  केही दिनअघि सार्वजनिक स्थानमा फोहोर फालेकाले सिद्धार्थनगर नगरपालिका–१३ बैङ्करोडस्थित गुड हेल्थ फार्मेसी कारबाहीमा पर्यो । फार्मेसीबाट निस्कने फोहोरमैला जथाभावी फालेकाले नगरले पहिलो पटकका लागि रु पाँच हजार जरिवाना तिरायो । 

सो फार्मेसी सोही नगरको वडा नं ५ की वडा सदस्य किरणदेवी सुनारको हो । सुनारले आफैँले बनाएको नियम आफैँले उल्लङ्घन गरेपछि जरिवाना तिरे  । उनले भने, “फार्मेसी मेरो हो । फार्मेसीका कर्मचारीले गल्ती गरे । जरिवाना मैले तिरेकी छु ।”    नगरले जरिवाना लिन थालेपछि पछिल्लो समय वडा नं ५, १२ र १३ पहिलेको तुलनामा सफा भएको सुनार बताए । उनले भने, “नगरको जरिवाना अभियानले नगर सफा र सुन्दर हुन थालेको छ ।”

नगरपालिकाले फोहोरमैला, छाडा चौपाया, दर्ताबिना सञ्चालित ई–रिक्साको व्यवस्थापनमा कडाइ गरेको हो । पटक पटक आग्रह गरे पनि अटेर गर्नेलाई जरिवाना असुल गर्न सुरु गरेको हो । नगरले कार्यविधि नै बनाएर सबैलाई नियम पालना गराउने योजना बनाएको छ ।  फोहोरमैला जथाभावी फाल्नेहरु हालसम्म ११ जनालाई जरिवाना गराएको छ । जरिवानाबापत रु ५५ हजार राजस्व सङ्कलन गरेको छ । दर्ताबिना नगरमा सञ्चालित ई–रिक्सा चालक पनि कारबाहीमा परेका छन् ।

Hardik health

नगरले आफ्नो क्षेत्राधिकारमा पर्ने ई–रिक्सा दर्ता प्रक्रियाका लागि पटकपटक सूचना जारी गर्दासमेत अटेर गर्ने ३५ वटा ई–रिक्सा चालकबाट जरिवाना असुलेको छ । प्रतिचालक रु पाँच हजारकै दरले जरिवाना लिएको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए । नगरको आग्रहलाई अटेर गरी सञ्चालन गरिरहेका ई–रिक्सा दैनिक पाँचवटाको हाराहारीमा कारबाहीमा पर्ने गरेको सूचना अधिकारी देव ज्ञवालीले बताए ।

गत महिना नगरको वडा नं ४ की नौ वर्षीया एक बालिका खेल्दै गरेको स्थानबाट हराए । हालसम्म ती बालिकाको अवस्थाबारे केही पत्ता लागेको छैन । ती बालिका ई–रिक्सामा चढेको देखिएको नगर उपप्रमुख उमा अधिकारीले बताए। उनले भने, “दर्ता नभएको रिक्सा भएकाले पत्ता लगाउन गाह्रो भयो । त्यसैले दर्ता अति आवश्यक छ ।”

हालसम्म ई–रिक्सा व्यवस्थापनका लागि नगरले कार्यविधि बनाएको छैन । हालसम्म नगरमा ६३५ वटा ई–रिक्सा दर्ता भई सञ्चालनमा छन् । त्यसैगरी, दुर्घटनाका कारकमध्ये छाडा चौपायालाई सडकमा जथाभावी छाड्नुलाई पनि मानिन्छ । समय नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रण गर्न नगरपालिकाले गत माघदेखि अभियान सञ्चालन गरेको हो । हालसम्म चार जनालाई चौपाया छाडा जथाभावी छाडेबापत रु सात हजारका दरले जरिवाना लिएको राजस्व शाखा अधिकृत कमलकान्त खनालले बताए ।

हालसम्म ११५ वटा मरेका गाई–गोरुको व्यवस्थापन गरिएको नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादवले जानकारी दिए। स्थानीय सरकारले गरेको निर्णयबमोजिम पहिलो पटकका लागि सात हजार जरिवाना गराई फेरि छाडा नछोड्ने सर्तमा सम्बन्धित धनीलाई जिम्मा लगाइएको थियो ।


प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री कार्कीसँग विपिन जोशीका आमा र बहिनीको भेट
प्रधानमन्त्री कार्कीसँग विपिन जोशीका आमा र बहिनीको भेट आइतबार, असोज ५, २०८२
खुल्याे पृथ्वी राजमार्ग
खुल्याे पृथ्वी राजमार्ग आइतबार, असोज ५, २०८२
घृणाजन्य अभिव्यक्ति बन्द गर्न आयोगको आग्रह
घृणाजन्य अभिव्यक्ति बन्द गर्न आयोगको आग्रह आइतबार, असोज ५, २०८२
जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु
जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु आइतबार, असोज ५, २०८२
दसैँका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै
दसैँका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै आइतबार, असोज ५, २०८२
जनकपुरधाम भन्सारमा १३ करोडको क्षति
जनकपुरधाम भन्सारमा १३ करोडको क्षति आइतबार, असोज ५, २०८२
राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP