Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • कांग्रेसको नजरमा अर्थतन्त्रका समस्या– उद्योगीले ऋण लिने क्षमता नबढाउँदा अर्थतन्त्र संकटतर्फ 
कांग्रेसको नजरमा अर्थतन्त्रका समस्या– उद्योगीले ऋण लिने क्षमता नबढाउँदा अर्थतन्त्र संकटतर्फ 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २३, २०८२

सरकारसँग पैसा छ । त्यो खर्च गर्न सक्ने क्षमता भएन । नेपालीसँग लगानीको क्षमता भएन । बैंकहरुमा पैसा छ । ऋण माग्न उद्योगीसँग जाँगर देखिएन ।
महेश आचार्य,पूर्वअर्थमन्त्री

 

काठमाडौं– नेपाली कांग्रेसनिकट अर्थविद्हरुले उद्योगीले ऋण लिने क्षमता नबढाएका कारण अर्थतन्त्र निरन्तर संकटतिर लागेको बताएका छन् । ऋण कर्जा लिने उद्यमीको कमी भएकै कारण संकट गहिरिएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका प्रा.डा. गोविन्दराज पोखरेलले बताए ।

मंगलबार ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद गोष्ठीमा पोखरेलले यस्तो बताएका हुन् । ‘खर्च गर्ने उद्योगीमा कमी आएको देखिन्छ । जसकारण तरलता अधिक बढेको छ,’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका पोखरेलले भने । 

Hardik health

पूर्वअर्थमन्त्री महेश आचार्यले पनि अहिले उद्योगीमा लगानीको जाँगरै नभएको दाबी गरे । ‘बैंकहरुमा पैसा छ । ऋण माग्न उद्योगीसँग जाँगर देखिएन,’ आचार्यले भने । यसैगरी सरकारले चालु खर्च बढाए पनि पुँजीगत खर्च गर्नै नसकेको उनको भनाइ थियो । ‘सरकारसँग पैसा छ । त्यो खर्च गर्न सक्ने क्षमता भएन । नेपालीसँग लगानीको क्षमता भएन,’ आचार्यले भने ।

कानुन र नीतिमा निजी क्षेत्र, अर्थतन्त्रको संवाहक भन्ने तर सरकारले कब्जा गर्ने नीति छ । यो हटाएर नीतिगत स्थिरता ल्याउनुपर्ने देखिन्छ ।
प्रा.डा. गोविन्दराज पोखरेल
केन्द्रीय सदस्य, कांग्रेस

देशमा लगानी गर्नका लागि कानुनी अड्चनहरु प्रशस्तै भएको उनीहरुको भनाइ रह्यो । सरकारले उदारीकरणको नीति लिएको भनिए पनि कानुनमार्फत कब्जा गर्ने नीति लिएकाले लगानीकर्ताहरु तर्सिएको डा. पोखरेलको भनाइ थियो । यस्तो त्रास हटाउन कानुनी झण्झट हटाउनुपर्ने उनले बताए । ‘कानुनी प्रक्रियागत झण्झट हटाई नीतिगत स्थिरता कायम गर्ने । कानुन र नीतिमा निजी क्षेत्र, अर्थतन्त्रको संवाहक भन्ने तर सरकारले कब्जा गर्ने नीति छ । यो हटाएर नीतिगत स्थिरता ल्याउनुपर्ने देखिन्छ,’ पोखरेलले भने ।

यसैगरी उनले आयात बढ्दा व्यापार घट्दै गएको र वैदेशिक मुद्राको स्रोत निर्यात बन्नुपर्नेमा रेमिट्यान्समात्र भएको बताए । यसैगरी राजस्वको ठूलो हिस्सा आयात हुनु, चालु खर्च र फजुल खर्च बढ्दै जानु र सार्वजनिक ऋण बढ्नुले अर्थतन्त्र संकटमा पर्दै गएको बताए ।यता पूर्वअर्थमन्त्री आचार्यले भने भारतसँग टक्कर लिन खोज्दा २०४५ पछि नै नेपालको अर्थतन्त्रमा समस्या देखिन थालिएको बताए । ‘२०४५ सालपछि भारतसँग अवरोध देखिन थालेपछि अर्थतन्त्रमा कमजोरीका इण्डिकेटर देखिन थालेको हो । म्याक्रो इकोनोमीमा ड्रामटिक रिफर्म गर्नुपर्ने देखियो,’ आचार्यले भने । 

त्यसपछि गिरिजाप्रसाद कोइरालाको पालामा सुधारका काम भएको उनको दाबी थियो । तर अहिले आममानिसको जीवनस्तर परिवर्तन हुने खालको विकास हुन नसकेको आचार्यले बताए । ‘वित्तीय घाटा भइरहेको छ । नेपालको अर्थतन्त्रलाई कसरी रुपान्तण गर्ने भन्ने विषय अहिले पनि ज्वलन्त प्रश्न बनेको छ,’ आचार्यले भने । यसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुधारको नेतृत्व लिनुपर्ने बताए । भारत, चीनजस्ता देशले लगातार आर्थिक सुधार गरिरहेको अवस्थामा नेपाल पछि पर्नुको कारण अहिले नै बुझ्नुपर्ने आचार्यले बताए । 

 

‘अन्तर्राष्ट्रिय व्यापारहरुमा खुला गरे । ट्याक्सको रिफर्म भयो,’ आचार्यले भने । राज्यको खर्च विवेकपूर्ण तरिकाले हुनुपर्ने उल्लेख गर्दै उनले निजीकरण गर्ने काम हतारहतार भएको बताए । यसका लागि देउवाले सबै दलका नेतालाई छलफल गरी अहिलेको दलदलबाट देशलाई बाहिर निकाल्नुपर्ने धारणा राखे । ‘सरकारले उदार अर्थनीति ल्याएको छ । तर प्राइभेट सेक्टर आचार संहितामा बसेन,’ आचार्यले भने, ‘यसले गर्दा अहिले अर्थतन्त्र संकटतिर छ । यो दलदलबाट निकाल्न सभापतिजीले नेतृत्व लिनुपर्छ । 

कांग्रेस सभापति देउवाले भने नेपालमा केही भएको छैन भन्ने भाष्य नै गलत भएको तर्क गरे । ‘नेपालमा विकास पनि भएको छ । उद्योगधन्दा पनि खुलेका छन्,’ देउवाले भने, ‘घरघरमा पानीको धारा पुगेको छ । बिजुली पुगेको छ ।’यसैगरी उनले उदारीकरण कांग्रेसकै जित भएकोले यसमा थप प्रश्न गरिरहनु नपर्ने बताए ।

यद्यपि विश्वव्यापी तापमान वृद्धिका कारण अहिले नेपालले संकट भोग्नुपरेको उनको भनाइ रह्यो । अर्थतन्त्रमा देखिएका विद्यामान समस्यालाई सुल्झाउन गठबन्धन सरकार लागिपरेको देउवाको दाबी थियो । ‘अर्थतन्त्रमा देखिएको शिथिलता केही कम हुँदै छ । गठबन्धनको सरकारले अझ केही प्रयास गर्नुपर्ने छ,’ उनले भने ।
 


प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP