Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • कांग्रेसको नजरमा अर्थतन्त्रका समस्या– उद्योगीले ऋण लिने क्षमता नबढाउँदा अर्थतन्त्र संकटतर्फ 
कांग्रेसको नजरमा अर्थतन्त्रका समस्या– उद्योगीले ऋण लिने क्षमता नबढाउँदा अर्थतन्त्र संकटतर्फ 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २३, २०८२

सरकारसँग पैसा छ । त्यो खर्च गर्न सक्ने क्षमता भएन । नेपालीसँग लगानीको क्षमता भएन । बैंकहरुमा पैसा छ । ऋण माग्न उद्योगीसँग जाँगर देखिएन ।
महेश आचार्य,पूर्वअर्थमन्त्री

 

काठमाडौं– नेपाली कांग्रेसनिकट अर्थविद्हरुले उद्योगीले ऋण लिने क्षमता नबढाएका कारण अर्थतन्त्र निरन्तर संकटतिर लागेको बताएका छन् । ऋण कर्जा लिने उद्यमीको कमी भएकै कारण संकट गहिरिएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका प्रा.डा. गोविन्दराज पोखरेलले बताए ।

मंगलबार ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद गोष्ठीमा पोखरेलले यस्तो बताएका हुन् । ‘खर्च गर्ने उद्योगीमा कमी आएको देखिन्छ । जसकारण तरलता अधिक बढेको छ,’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका पोखरेलले भने । 

Hardik health

पूर्वअर्थमन्त्री महेश आचार्यले पनि अहिले उद्योगीमा लगानीको जाँगरै नभएको दाबी गरे । ‘बैंकहरुमा पैसा छ । ऋण माग्न उद्योगीसँग जाँगर देखिएन,’ आचार्यले भने । यसैगरी सरकारले चालु खर्च बढाए पनि पुँजीगत खर्च गर्नै नसकेको उनको भनाइ थियो । ‘सरकारसँग पैसा छ । त्यो खर्च गर्न सक्ने क्षमता भएन । नेपालीसँग लगानीको क्षमता भएन,’ आचार्यले भने ।

कानुन र नीतिमा निजी क्षेत्र, अर्थतन्त्रको संवाहक भन्ने तर सरकारले कब्जा गर्ने नीति छ । यो हटाएर नीतिगत स्थिरता ल्याउनुपर्ने देखिन्छ ।
प्रा.डा. गोविन्दराज पोखरेल
केन्द्रीय सदस्य, कांग्रेस

देशमा लगानी गर्नका लागि कानुनी अड्चनहरु प्रशस्तै भएको उनीहरुको भनाइ रह्यो । सरकारले उदारीकरणको नीति लिएको भनिए पनि कानुनमार्फत कब्जा गर्ने नीति लिएकाले लगानीकर्ताहरु तर्सिएको डा. पोखरेलको भनाइ थियो । यस्तो त्रास हटाउन कानुनी झण्झट हटाउनुपर्ने उनले बताए । ‘कानुनी प्रक्रियागत झण्झट हटाई नीतिगत स्थिरता कायम गर्ने । कानुन र नीतिमा निजी क्षेत्र, अर्थतन्त्रको संवाहक भन्ने तर सरकारले कब्जा गर्ने नीति छ । यो हटाएर नीतिगत स्थिरता ल्याउनुपर्ने देखिन्छ,’ पोखरेलले भने ।

यसैगरी उनले आयात बढ्दा व्यापार घट्दै गएको र वैदेशिक मुद्राको स्रोत निर्यात बन्नुपर्नेमा रेमिट्यान्समात्र भएको बताए । यसैगरी राजस्वको ठूलो हिस्सा आयात हुनु, चालु खर्च र फजुल खर्च बढ्दै जानु र सार्वजनिक ऋण बढ्नुले अर्थतन्त्र संकटमा पर्दै गएको बताए ।यता पूर्वअर्थमन्त्री आचार्यले भने भारतसँग टक्कर लिन खोज्दा २०४५ पछि नै नेपालको अर्थतन्त्रमा समस्या देखिन थालिएको बताए । ‘२०४५ सालपछि भारतसँग अवरोध देखिन थालेपछि अर्थतन्त्रमा कमजोरीका इण्डिकेटर देखिन थालेको हो । म्याक्रो इकोनोमीमा ड्रामटिक रिफर्म गर्नुपर्ने देखियो,’ आचार्यले भने । 

त्यसपछि गिरिजाप्रसाद कोइरालाको पालामा सुधारका काम भएको उनको दाबी थियो । तर अहिले आममानिसको जीवनस्तर परिवर्तन हुने खालको विकास हुन नसकेको आचार्यले बताए । ‘वित्तीय घाटा भइरहेको छ । नेपालको अर्थतन्त्रलाई कसरी रुपान्तण गर्ने भन्ने विषय अहिले पनि ज्वलन्त प्रश्न बनेको छ,’ आचार्यले भने । यसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुधारको नेतृत्व लिनुपर्ने बताए । भारत, चीनजस्ता देशले लगातार आर्थिक सुधार गरिरहेको अवस्थामा नेपाल पछि पर्नुको कारण अहिले नै बुझ्नुपर्ने आचार्यले बताए । 

 

‘अन्तर्राष्ट्रिय व्यापारहरुमा खुला गरे । ट्याक्सको रिफर्म भयो,’ आचार्यले भने । राज्यको खर्च विवेकपूर्ण तरिकाले हुनुपर्ने उल्लेख गर्दै उनले निजीकरण गर्ने काम हतारहतार भएको बताए । यसका लागि देउवाले सबै दलका नेतालाई छलफल गरी अहिलेको दलदलबाट देशलाई बाहिर निकाल्नुपर्ने धारणा राखे । ‘सरकारले उदार अर्थनीति ल्याएको छ । तर प्राइभेट सेक्टर आचार संहितामा बसेन,’ आचार्यले भने, ‘यसले गर्दा अहिले अर्थतन्त्र संकटतिर छ । यो दलदलबाट निकाल्न सभापतिजीले नेतृत्व लिनुपर्छ । 

कांग्रेस सभापति देउवाले भने नेपालमा केही भएको छैन भन्ने भाष्य नै गलत भएको तर्क गरे । ‘नेपालमा विकास पनि भएको छ । उद्योगधन्दा पनि खुलेका छन्,’ देउवाले भने, ‘घरघरमा पानीको धारा पुगेको छ । बिजुली पुगेको छ ।’यसैगरी उनले उदारीकरण कांग्रेसकै जित भएकोले यसमा थप प्रश्न गरिरहनु नपर्ने बताए ।

यद्यपि विश्वव्यापी तापमान वृद्धिका कारण अहिले नेपालले संकट भोग्नुपरेको उनको भनाइ रह्यो । अर्थतन्त्रमा देखिएका विद्यामान समस्यालाई सुल्झाउन गठबन्धन सरकार लागिपरेको देउवाको दाबी थियो । ‘अर्थतन्त्रमा देखिएको शिथिलता केही कम हुँदै छ । गठबन्धनको सरकारले अझ केही प्रयास गर्नुपर्ने छ,’ उनले भने ।
 


प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
बागमती प्रदेश सरकारद्वारा छ महिनामा  १७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन
बागमती प्रदेश सरकारद्वारा छ महिनामा  १७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन सोमबार, माघ ५, २०८२
मेची भन्सारबाट छ महिनामा रु. सात अर्ब १९ करोडको अलैँची निर्यात
मेची भन्सारबाट छ महिनामा रु. सात अर्ब १९ करोडको अलैँची निर्यात सोमबार, माघ ५, २०८२
कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून
कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून आइतबार, माघ ४, २०८२
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत बिहीबार, माघ १, २०८२
चिसापानी बजारको सडक निर्माण तीव्र
चिसापानी बजारको सडक निर्माण तीव्र बिहीबार, माघ १, २०८२
बैंकहरूको औसत ब्याजदर माघमा घट्याे
बैंकहरूको औसत ब्याजदर माघमा घट्याे बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP