काठमाडौं - नुवाकोटका स्थानीयले काठमाडौं महानगरपालिकाको ट्रक रोकि दिएका छन् । फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएका काठमाडौं महानगरपालिकाको करिब २ सय ट्रक स्थानीयले ककनी गाउँपालिका-१ मा रोकि दिएका हुन् ।
त्यहाँका स्थानीयबासीले सडकमा ढुंगामुढा राखेर फोहोर बोकेका ट्रक राेकेका हुन् । बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको उनीहरूको आरोप छ ।
‘हाम्रो फोहोर बोकेर जाने सबै गाडी रोकिएको छ । अहिले हामी वार्ता गर्दैछौं, दैनिक २ सय ट्रक फोहोर बञ्चरेडाँडा जाने गर्दछ,’ महानगरका वातावारण विभाग प्रमुख सरिता राईले स्राेतसँग भनिन् ।