Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #पूर्वपश्चिम राजमार्ग
  • #रास्वपा
  • #खाँचीकोट
  • #‘क्रिसमस डे’
Search Here
समाचार
  • Home
  • समाचार
  • विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशको समृद्धिमा लगाउन सभापति देउवाको आग्रह
विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशको समृद्धिमा लगाउन सभापति देउवाको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १८, २०८२

पाटन- नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासी नेपालीलाई विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरि तिव्र आर्थिक समृद्धि हासिल गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले प्रवासी नेपालीको चाहनाअनुसारको वातावरण राज्यको सबै निकायमा बनाइ सक्षम र सबल व्यक्तिलाई सहभागी गराउन क्रियाशील रहेको बताए ।

“देशभन्दा बाहिर रहेर पनि देश र जनताको हितमा सोच्नुभएको छ, पार्टीको महाधिवेशन र महासमितिमा समेत समेट्ने प्रयास गरेको छौँ, पार्टीको विधान परिवर्तन गरेर महाधिवेशनबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गराउन प्रयास गर्ने छौँ”, उनले भने । सभापति देउवाले विश्वको जुनसुकै भूमिमा भए पनि नेपाली हौँ भन्ने भावनाका साथ उन्नति र प्रगतिमा लाग्न आग्रह गरे । उनले नेपालमा लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन प्रवासी नेपालीको बलियो साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे । पार्टीका उपसभापति एवम् पूर्वमन्त्री धनराज गुरुङले यस्ता अन्तरक्रिया र छलफलले भएका समस्यालाई समाधान गर्ने गरि काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले विदेशमा रहेका नेपालीको भिसा नविकरण, श्रम स्वीकृतिलगायतका सामान्य काममा समेत ढिलाइ हुँदा असाधारण क्षति व्यहोर्नुपरेको भन्दै पार्टीको केन्द्रीय कार्यालयमा समेत यसको सहजीकरणका लागि डेस्क स्थापना गर्नुपर्नेमा जोड दिए । उनले गैरआवासीय नेपालीलाई परेको समस्या समाधान गर्नेगरी नेपालमा सहजरूपमा काम गर्न सक्नेगरी लगानीमैत्री वातावरण सिर्जना गर्ने गरि छलफल केन्द्रीत भएर पार्टीलाई सुझाव दिन आग्रह गरे ।

Hardik health

नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीको पक्षमा जनमत तयार गर्दै श्रम गर्न विदेश गएका सम्पूर्ण नेपालीको हितमा हुनेगरी पार्टीले सरकार र संसद्मा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । पार्टीका पूर्वमहामन्त्री विमलेन्द्र निधिले जनसम्पर्क समितिको भूमिकालाई प्रभावकारी बनाउन निरन्तर अन्तरक्रिया हुनु आवश्यक रहेको भन्दै संसारमा रहेका नेपालीलाई जोड्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा जनमत सिर्जना गर्न र आर्थिक समृद्धि रक्षाका लागि भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।

कांग्रेसका पूर्वमहामन्त्री एवम् राष्ट्रियसभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले विभिन्न देशमा रहेका प्रवासी नेपालीको फरकफरक समस्या रहेको भन्दै उनीहरुमा नेपालको समृद्धि होस् भन्ने साझा धारणा रहेको बताए । उनले प्रवासी नेपालीको हितमा नीतिगत व्यवस्थाका लागि प्रभावकारी कानुन निर्माणमा पार्टीले जोड दिने बताए । पार्टीका केन्द्रीय सदस्य एवम् विभागका पूर्वप्रमुख अर्जुन जोशीले नेपालमा भन्दा प्रवासमा बढी हुने हो कि भन्ने चिन्ता रहेको भन्दै यसलाई समाधान गर्न पार्टीले उचित निर्णय लिनुपर्ने बताए । उनले पार्टी र सरकारले विदेशमा रहेका नेपालीको भावना बुझ्ने गरी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

विभागका प्रमुख एव पार्टीका केन्द्रीय सदस्य किरणराज पौडेलले नेपालबाट विदेश गएर काम गर्ने आप्रवासी कामदारले नेपालमा आपतकालीन समयमा गरेको सहयोग अतुलनीय भएको बताए । उनले ‘सबै जुटौं, कोही पनि नछुटौं’ भन्ने नाराका साथ विदेशस्थित २९ देशमा रहेका ३७ वटा जनसम्पर्क समिति रहेको जानकारी गराउँदै ४० भन्दा बढी देशमा जनसम्पर्क समिति गठन गर्ने लक्ष्य रहेको बताए ।


प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १४:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’:डा कोइराला
‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’:डा कोइराला बुधबार, पुस १६, २०८२
६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची बुधबार, पुस १६, २०८२
शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या
शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या बुधबार, पुस १६, २०८२
राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै बुधबार, पुस १६, २०८२
तीन दिन सार्वजनिक बिदा
तीन दिन सार्वजनिक बिदा बुधबार, पुस १६, २०८२
अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन
अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन बुधबार, पुस १६, २०८२
समानुपातिकको बन्द सूची
समानुपातिकको बन्द सूची मंगलबार, पुस १५, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP