Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #विप्रेषण
  • #वार्षिक साधारणसभा
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #नाफिज
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • चाँगुनारायण मन्दिरमा रथ जात्रा
चाँगुनारायण मन्दिरमा रथ जात्रा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १७, २०८२
Hardik health

भक्तपुर-  चाँगुनारायण मन्दिरमा पाँच दिनसम्म चल्ने चाँगुनारायण, छिन्नमस्ता र किलेश्वर महादेवको खट जात्रा आज भव्य रुपमा मनाइएको छ । पाँच दिन अगाडि निम्तो पूजा दिएर सुरु भएको यो जात्रा त्रयोदशीदेखि सुरु भएर मातातीर्थका दिन खटजात्रा गरि आज अक्षय तृतीयासम्म पाँच दिन मनाइने चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपध्यायले जानकारी दिए । 
    
आज अक्षय तृतीयाका दिन चाँगुनारायण, किलेश्वर महादेव र कान्ति भैरवका खट लहरै चाँगुमा बिसाएर सर्वसाधारणका लागि पूजा गर्ने व्यवस्था गरिएको उनले बताए । मन्दिरमा आज बिहानैदेखि दिनभरि नै देवताको पूजा गर्न भक्तजनको भीड लागेको छ । आज साँझ तीनवटै खटमा झल्लर फुलेका माला र पताः चढाएर सिंगारेर खटजात्रा गरिन्छ भने जात्रा सम्पन्न गरेसँगै देवतालाई देवघरमा भित्र्याउने परम्परा रहेको मूल पुजारी राजोपाध्यायले जानकारी दिए ।
    
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले यो जात्रा सञ्चालनका लागि नगरपालिकाले सहयोग गर्दै आएको जनाउँदै जात्रा र पर्वमा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउन नगरपालिकाले नगरकोट भ्रमण वर्ष–२०८२ को आयोजना गरेको बताए ।  उनले विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायणको महिमा विश्वभर फैलाउने र यहाँ वर्ष दिन भरि लाग्ने मेला पर्वमा पनि पर्यटकलाई आकर्षित गर्न नगरपालिकाले विभिन्न कार्यक्रम अगाडि सारेको बताए ।
    
पाँच दिनसम्म चल्ने जात्राको पहिलो दिन कसाइँ जातिले चाँगुनारायणबाट बाजा–गाजासहित काठमाडौँको डाँछीस्थित कान्तिभैरवमा गई पूजा गर्छन् । दोस्रो दिन भात पकाइ भातबाटै भैरव, कालीलगायतका देवताको प्रतीक बनाएर पूजा गरिन्छ । चाँगुनारायण मन्दिरभित्रको छिन्नामस्ता (टाउको नभएकी देवी)बाट भैरवको मूर्ति र भातबाट बनाइएका देवतालाई कान्तिभैरव मन्दिरमा लगेर पूजा गरिन्छ । यसो गरेमा अनिकाल कहिल्यै नहुने विश्वास रहेको पुजारी राजोपाध्याय बताए  । त्यसैदिन कान्तिभैरवबाट मूर्तिलाई चाँगुनारायण ल्याइ काली र भैरवसँगै राखी पूजा गरिन्छ ।
    
वैशाख कृष्णपक्ष त्रयोदशीका दिन नाइके खलकले चाँगुनारायण, किलेश्वर महादेव र कान्ति भैरव देवताको खटजात्रा भव्य रूपमा मनाउन नाय्खिं बाजा बजाइ झ्याली पिट्दै नगर परिक्रमा गर्ने परम्परा छ । चाँगुनारायण, किलेश्वर महादेव र कान्ति भैरव (कालभैरव) को खटजात्रा गरेर इकुटोलमा पु¥याएर स्थानीयको पूजाका लागि राख्ने गरिन्छ । स्थानीयले देवतालाई विधिपूर्वक पूजा गरिसकेपछि चाँगुनारायण र किलेश्वर महादेवको खटजात्रा भव्य रूपमा मनाइएको छ ।
    
विभिन्न गुठीका गुठियारले धिमे, नाय्खिं, दाफा र विभिन्न बाजा बजाउँदै जात्रा गर्दै बलम्बु टोलमा देवतालाई राख्ने प्रचलन छ । भैरवलाई बलि दिएर पूजा गर्ने र चाँगुनारायण एवं किलेश्वर महादेवलाई नैवेद्य चढाएर पूजा गरिएको छ । वैशाख शुक्लपक्ष प्रतिपदाका दिन भट्टवारीबाट मतयाः गर्ने भन्दै बत्ती झलमल पारेर बाल्ने र राजारानीको प्रतीकको रूपमा देवतालाई विभिन्न किसिमका गहनाले सिँगारेर बाजा बजाउँदै नगर परिक्रमा गराएर जात्रा मनाउने परम्परा छ । 

राति देवताका खट बाकेर बाजा बजाउँदै रातभर जात्रा गरिन्छ भने बलि दिएर देवताका पूजा गरिन्छ । यो प्रक्रिया पाटनका राजा योगनरेन्द्र मल्लले गरेको विश्वास गरिन्छ । छोराको मृत्युपछि वीरक्तिएका राजा ३२ रानीसहित चाँगुनारायणमा बस्न आएका र उनीहरू पनि यस जात्रामा सहभागी भई बाजा–गाजासहित गाउँ परिक्रमा गरेको किंवदन्ती रहेको छ । त्यही साँझ मत् (दियो) जात्रा गरी बाजा–गाजासहित आरती गर्ने प्रचलन छ ।
    
वैशाख शुक्ल द्वितीयाका कान्ति भैरवलाई नगर परिक्रमा गराएर काठमाडौँको डाँछी, ब्रह्मखेल, नयाँगाउँ, भद्रवासदेखि साँखुसम्म लगेर रातभर त्यही राखेर जात्रा गरिने र भोलिपल्ट मात्रै चाँगुनारायण फर्काउने परम्पराअनुसार जात्रा चलाइएको मूल पुजारी रोजोपाध्यायले बताए । यसरी जात्रा गर्दा चाँगुनारायण र किलेश्वर महादेवको खटलाई भुइँमा बिसाउनु हुँदैन भन्ने किंवदन्तीअनुसार रथ बोकेरै जात्रा गरिन्छ । जात्रा आज राति सम्पन्न हुन्छ ।
    
 जात्राका बारेमा स्वयम्भू महापुराणमा उल्लेख गरेअनुसार परापूर्वकालमा श्री किलेश्वर महादेवलाई समन्तभद्र बोधिसत्वको प्रतीकका रूपमा र नैरात्मा गुह्येश्वरीको प्रतीकका रूपमा कान्ति भैरवलाई लिएर चाँगुनारायण र काठमाडौंवासीले जात्रा मनाउने गरेका थिए । त्यसबेलादेखि नै दुई जिल्लाबीच यो जात्रासँगै चल्ने गरेको बताइन्छ । बौद्ध र हिन्दूको बीचमा जात्रामा समन्वय भएको महापुराणमा उल्लेख रहेको छ ।


प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिलामैत्री सहर शीर्षकमा सामूहिक फोटो प्रदर्शनी हुँदै
महिलामैत्री सहर शीर्षकमा सामूहिक फोटो प्रदर्शनी हुँदै सोमबार, मंसिर २२, २०८२
टानका पूर्वअध्यक्ष सिंहको निधन
टानका पूर्वअध्यक्ष सिंहको निधन सोमबार, मंसिर २२, २०८२
हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी
हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी सोमबार, मंसिर २२, २०८२
भालुको आक्रमणबाट दुई जना घाइते
भालुको आक्रमणबाट दुई जना घाइते सोमबार, मंसिर २२, २०८२
गोवास्थित आगलागीमा मृत्यु हुने २५ मध्ये चार नेपाली
गोवास्थित आगलागीमा मृत्यु हुने २५ मध्ये चार नेपाली सोमबार, मंसिर २२, २०८२
चालक हत्या प्रकरणमा सात जना पक्राउ
चालक हत्या प्रकरणमा सात जना पक्राउ सोमबार, मंसिर २२, २०८२
संघियतापछि पनि मधेसमा रोकिएन वन अतिक्रमण, फिर्ता ल्याउन अझै सकस
संघियतापछि पनि मधेसमा रोकिएन वन अतिक्रमण, फिर्ता ल्याउन अझै सकस सोमबार, मंसिर २२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP