Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #पूर्वपश्चिम राजमार्ग
  • #रास्वपा
  • #खाँचीकोट
  • #‘क्रिसमस डे’
Search Here
समाचार
  • Home
  • समाचार
  • मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १७, २०८२
File Photo

मुस्ताङ - यहाँ हिउँ चितुवाको आक्रमणबाट दुई गोठका आठ च्याङ्ग्रा मरेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ धार्काजुङ गाउँमा गएको मध्यरातमा हिउँ चितुवाले स्थानीय च्याङ्ग्रा पालक किसानको खोरभित्र पसेर आठ च्याङ्ग्रा मारेको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।

च्याङ्ग्रा पालक किसान ङातर गुरुङका ५० मध्ये चार खसी र एक माउ गरी पाँच च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणबाट मरेका छन् । हिउँ चितुवा मध्यरातमा गाउँभित्रको ढुङ्गा र माटोले बनेको गोठको क्षेत्रभित्र पसेर च्याङ्ग्रा मारेर क्षति तुल्याएको च्याङ्ग्रा पालक गुरुङको भनाइ छ । हिउँ चितुवाको आक्रमणबाट च्याङ्ग्रा मर्दा रु दुई लाख २० हजार बराबरको नोक्सान भएको च्याङ्ग्रा उनले बताए  । 

यसैगरी सोही स्थानकै अर्को च्याङ्ग्रा पालक पेम्मा गुरुङ पनि च्याङ्ग्राको माउ र पाठासहित गरी तीन च्याङ्ग्रा हिउँ चितुवाको आक्रमण परी मरेका छन् । मध्यरातमा गोठको छतमाथि उक्लिएर गोठमा पसी ५२ च्याङ्ग्रामध्ये तीन हिउँ चितुवाले मारेको पशुपालक पेम्बाले बताए । उनका अनुसार अर्को एक पाठोसमेत हिउँ चितुवाको आक्रमणबाट घाइते भएको छ । हिउँ चितुवाको आक्रमणबाट च्याङ्ग्रा क्षति हुँदा रु ६५ हजार बढीको घाटा भएको पशुपालक पेम्बाले सुनाए  ।

Hardik health

हिउँ चितुवाले मुस्ताङको धार्काजुङमा च्याङ्ग्रा मारेको सूचनापछि गाउँपालिकाका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङ, वडाध्यक्ष गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रतिनिधिसहित प्रहरी चौकी कागबेनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । स्थानीय जनप्रतिनिधि, च्याङ्ग्रा पालक, स्थानीय, एक्याप र सुरक्षा निकायको रोहबरमा हिउँ चितुवाले मारेको क्षति मूल्याङकन तथा घटनास्थलको विवरणसहितको मुचुल्का उठाउनेकार्य भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यक्रम व्यवस्थापक एवं हिउँ चितुवा विज्ञ डा मधु क्षेत्रीसमेतले घटनास्थलको अवलोकन गरेका थिए  । हिउँ चितुवा विज्ञ डा क्षेत्रीले हिउँ चितुवा र मानवबीचको द्वन्द्व न्यूनिकरणका लागि आवश्यक अनुकुलनका उपाय अवलम्बन गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने सुझाए । 

उनले आहाराको कमीले गर्दा पनि हिउँ चितुवा बस्ती नजिकको गोठमा पसेर च्याङ्ग्रा क्षति गर्ने गरेकाले च्याङ्ग्रा गोठ सुधार पहिलो आवश्यकता रहेको औँल्याए  । उनले वन्यजन्तुको तथा हिउँ चितुवाको जोखिम न्यूनिकरण गराउन उच्चलेक र जङ्गलमा आहारा बढाउने गरी अनुसन्धान गर्नुपर्ने उल्लेख गरे । 

गाउँपालिका अध्यक्ष गुरुङले मुस्ताङमा मानव र हिउँ चितुवाबिचको द्वन्द्व बढ्दै जान थालेकोप्रति चिन्ता व्यक्त गरे । पालिका अध्यक्ष गुरुङले जलवायु परिवर्तनका कारण हिउँ चितुवाको आहारा नावर उच्चलेकबाट बेसी झर्न थालेको र त्यसलाई पछ्याउँदै गर्दा हिउँ चितुवाले पशु गोठमा क्षति पुर्याउने गरेको दाबी गरे । 

उच्चलेकमा खानेपानीको स्रोत घट्ने र चरनक्षेत्रमा घाँस पलाउने कम हुँदा हिउँ चितुवाको आहारा नाउर बस्ती नजिक आउने गरेको अध्यक्ष गुरुङले जनाए  । स्थानीय किसानको पशुधनको रक्षा गर्न सरोकारवाला कार्यालयले भरपर्दो पूर्वाधार निर्माणमा अनुदानका कार्यक्रम ल्याउन आवश्यक रहेको अध्यक्ष गुरुङले सुझाए । 


प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १७:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’:डा कोइराला
‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’:डा कोइराला बुधबार, पुस १६, २०८२
६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची बुधबार, पुस १६, २०८२
शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या
शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या बुधबार, पुस १६, २०८२
राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै बुधबार, पुस १६, २०८२
तीन दिन सार्वजनिक बिदा
तीन दिन सार्वजनिक बिदा बुधबार, पुस १६, २०८२
अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन
अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन बुधबार, पुस १६, २०८२
समानुपातिकको बन्द सूची
समानुपातिकको बन्द सूची मंगलबार, पुस १५, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक 
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक 
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP