Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #पूर्वपश्चिम राजमार्ग
  • #रास्वपा
  • #खाँचीकोट
  • #‘क्रिसमस डे’
Search Here
समाचार
  • Home
  • समाचार
  • युटुबले पायाे अनलाइन सञ्चार माध्यमको मान्यता
युटुबले पायाे अनलाइन सञ्चार माध्यमको मान्यता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १७, २०८२

काठमाडौं -  युटुबलाई अनलाइन सञ्चार माध्यमको मान्यता दिइने भएको छ । अनलाइन सञ्चार माध्यमको परिभाषामा युटुबसमेत पर्ने गरी सरकारले छापाखाना तथा प्रकाशन ऐन संशोधन गर्न लागेको छ ।

सरकारले संसद्मा ल्याएको यससम्बन्धी प्रस्ताव सहितको केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेको छ । मंगलबार प्रतिनिधि सभाबाट पारित केही नेपाल ऐन संशोधन विधेयकले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ मा संशोधन गरेर अनलाइन सञ्चार माध्यमको परिभाषालाई समेटेको छ ।

प्रचलित ऐनको दफा २ को (च) मा पत्रपत्रिकाको परिभाषा छ । जहाँ पत्रपत्रिका भन्नाले समाचारपत्र, समाचारपत्रिका र अन्य पत्रपत्रिकालाई सम्झनुपर्ने भनेर परिभाषित गरिएको छ । यो परिभाषाले अनलाइन सञ्चार माध्यमलाई समेट्दैन । यसकारण सरकारले प्रचलित ऐनमा नयाँ प्रावधान थपेको छ ।

Hardik health

प्रचलित ऐनको दफा २ को (च) पछि (च१) थपेर अनलाइन सञ्चारमाध्यमको परिभाषा गरिएको छ । जहाँ भनिएको छ, “अनलाइन सञ्चारमाध्यम’’ भन्नाले प्रचलित कानून बमोजिम स्थापना वा दर्ता भई इन्टरनेटको माध्यमबाट संकेत, चिह्न, आवाज, ग्राफिक्स, भिडियो, एनिमेशन तथा मल्टिमिडियाको प्रयोगमार्फत सन्देशमूलक वा विषयगत विचार, सूचना तथा समाचार, तस्विर, श्रव्य, श्रव्यदृश्यको रूपमा उत्पादन, प्रकाशन, प्रसारण वा वितरण गर्ने संस्था वा माध्यम सम्झनु पर्छ ।’

यो विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ल्याएका थिए । २६ वैशाख २०८० मा यो विधेयक प्रतिनिधि सभामा दर्ता भएको थियो । दफावार छलफलका लागि प्रतिनिधि सभाले विषयगत समितिमा २९ भदौ २०८० मा पठाइ पास गरेर सभामा १४ वैशाख २०८१ मा पुर्याइएकाे थियो । मंगलबार प्रतिनिधि सभाले पारित गरेको छ ।

अब यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा आउँछ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुनेछ ।


 


प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १२:१३
#युटुब
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’:डा कोइराला
‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’:डा कोइराला बुधबार, पुस १६, २०८२
६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची बुधबार, पुस १६, २०८२
शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या
शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या बुधबार, पुस १६, २०८२
राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै बुधबार, पुस १६, २०८२
तीन दिन सार्वजनिक बिदा
तीन दिन सार्वजनिक बिदा बुधबार, पुस १६, २०८२
अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन
अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन बुधबार, पुस १६, २०८२
समानुपातिकको बन्द सूची
समानुपातिकको बन्द सूची मंगलबार, पुस १५, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP