Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #रास्वपा
  • #खाँचीकोट
Search Here
समाचार
  • Home
  • समाचार
  • शिक्षकको मागमा लचक बन्दै सरकार
सरकार–शिक्षक वार्ता निरन्तर शिक्षकको मागमा लचक बन्दै सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १७, २०८२
  •  गलाउने नीतिका साथ प्रस्तुत भए पनि शिक्षकहरु महिना दिन पुग्दासमेत टसमस नभएपछि सरकार लचक बन्ने बाटोमा
  •  शिक्षकहरुका सात बुँदे माग पूरा गर्न तत्काल आठ अर्ब १२ करोड रुपैयाँ रकम आवश्यक पर्ने 
  •  विद्या भट्टराई शिक्षामन्त्री छँदा प्रधानमन्त्रीसँग मात्र वार्तामा बस्ने अडानमा रहेका शिक्षक महासंघ रघुजी पन्तको नेतृत्वमा सहमतिनजिक

काठमाडौं– सरकारले आन्दोलनरत शिक्षकहरुसँगको वार्तालाई मंगलबार पनि निरन्तरता दिएको छ । २८औं दिनसम्म आन्दोलनलाई जारी राखेका शिक्षकहरु पनि वार्तामार्फत निकास निकाल्ने प्रयासमा छन् । जसअनुसार मंगलबार साँझ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता भयो । तर, वार्ता निष्कर्ष निकाल्न भने असफल रह्यो । यद्यपि, वार्ता सकारात्मक बनेको बताइएको छ ।

सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको शिक्षक महासंघसँगको वार्तामा सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तसँगै, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक सहभागी थिए ।सरकारको दिनभरको प्रयासपछि भएको वार्ता सहमतिविनै टुंगिएको नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । ‘हामीले हाम्रो प्रस्ताव राखेका छौं । यसबारे कुनै निर्णय हुन सकेन,’ पराजुलीले भनिन् । यद्यपि आज (बुधबार) साँझसम्ममा सहमतिको विषय टुंगो लाग्नसक्ने उनको भनाइ थियो ।

शिक्षक महासंघबाट वार्तामा अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष पराजुलीलगायत शिक्षक नेताहरू सहभागी थिए । महासंघले सोमबार पनि राति १२ बजेसम्म शिक्षामन्त्रीसँग छलफल गरेको थियो ।शिक्षकहरु गत २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । संस्थागत विद्यालयमा शैक्षिकसत्र सुरू भइसक्दा पनि सामुदायिक विद्यालयका शिक्षकहरुले माइतीघर–बानेश्वरको मूल सडक कब्जा जारी राखेका छन् । आज पनि शिक्षकहरु कार्यतालिकाअनुसार नै सडक आन्दोलनमा उत्रने तयारीमा छन् । यो बीचमा विभिन्न स्थानीय तहले चाँडो विद्यालयमा फर्कन उर्दी जारी गरेका छन् । शिक्षक महासंघले पनि फिर्ता गएका शिक्षकलाई पनि आन्दोलनमा आउन निर्देशन गरेको छ ।

यथाशीघ्र विद्यालय शिक्षा ऐनको माग राखेर सडकमा उत्रेका उनीहरुलाई विद्यालय कर्मचारीको पनि साथ छ । गलाउने नीतिका साथ प्रस्तुत भए पनि शिक्षकहरु महिना दिन पुग्दासमेत टसमस नभएपछि सरकार लचक बन्ने बाटोमा लागेका बताइन्छ । शिक्षामन्त्री पन्त र शिक्षक महासंघका पदाधिकारीबीच मंगलबार वार्ता तय भएको थियो । यद्यपि शिक्षक महासंघका पदाधिकारीले ‘रेस्पोन्स’ नगरेपछि वार्ता साँझका लागि धकेलिएको थियो । सोमबारयता सरकारले लगातार वार्ता जारी राखेकोमा सहमतिमा भने पुगिसकेको छैन ।

Hardik health

शिक्षकहरुले सात बुँदे माग राखी तत्काल आठ अर्ब १२ करोड रकम आवश्यक भएको बताउँदै आएका छन् । जसमध्ये राहत दरबन्दीमा कार्यरत उच्च माविमा कार्यरतसहित शिक्षकको बिरामी बिदाका लागि    २७ करोड ८७ लाख ८९ हजार,  शिक्षक र कर्मचारीलाई निजामती अस्पतालमा उपचारमा उपचार खर्चका लागि ८६ करोड ७८ लाख रुपैयाँ रकम चाहिने उल्लेख छ । यता प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीलाई न्यूनतम मासिक १७ हजार ५०० तलब दिँदा सबैभन्दा धेरै छ अर्ब ३७ करोड ३८ लाख ११ हजार ६०० रुपैयाँ खर्च लाग्ने देखिन्छ । यसैगरी राहत शिक्षकको लागि अन्य शिक्षकसरह स्थानीय भत्ताको दुर्गमभत्ता ४० करोड ६७ लाख ७९ हजार रुपैयाँ आवश्यक पर्ने महासंघले जनाएको छ ।

निवर्तमान शिक्षामन्त्री भट्टराईलाई बहिष्कार, पन्तलाई पत्याए 
यसअघि शिक्षकको माग पूरा गर्न आवश्यक आठ अर्ब रुपैयाँ रकमबारे तत्कालीन शिक्षामन्त्री विद्या भट्टराई र अर्थमन्त्री पौडेलबीच एक प्रकारले सहमति भइसकेको थियो । वैशाख ७ गतेको मन्त्रिपरिषद्बाट उक्त निर्णय आउने आशासमेत गरिएको थियो । तर उक्त मन्त्रिपरिषद्बाट कुनै निर्णय नआएपछि भोलिपल्टै भट्टराईले मन्त्रीबाट राजीनामा दिइन् ।

अर्थमन्त्री पौडेलले नसघाएकै कारण भट्टराईले राजीनामा दिएको बताइन्छ । यद्यपि यसमा प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका रहेको एमाले नेताहरु बताउँछन् । शिक्षकहरुले आन्दोलनमा आएसँगै प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने बताउँदै आएका थिए । भट्टराईको राजीनामापछि भने शिक्षक महासंघ शिक्षामन्त्री पन्तसँग वार्तामा जुटेका छन् ।

यी हुन् शिक्षकका सात बुँदे प्रस्ताव
क्रस     विषय    तत्काल लागत    
१  
 शिक्षकलाई मर्यादा क्रममा समावेश गर्न 
       आवश्यक नपर्ने
२   राहत दरबन्दीमा उच्च माविमा कार्यरतसहित शिक्षकको बिरामी बिदा     २७,८७,८९,३७२/–    
३  शिक्षक र कर्मचारीलाई निजामती अस्पतालमा उपचारमा खर्च     ८६,७८,००,०००/–    
४   प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीलाई न्यूनतम मासिक १७ हजार ५०० तलब

    ६,३७,३८,११,६००/–      

५   सामुदायिक विद्यालयमा कार्यरत गैरस्थायी शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा लैजान         आवश्यक नपर्ने
६   खरिदार, नासु र शाखा अधिकृतले पाउने अधिकृतले पाउनेसरहको ग्रेड संख्या र रकम समायोजन गर्न          १३,१९,८६,५३८/–    
७  
 राहत शिक्षकका लागि अन्य शिक्षकसरह स्थानीय भत्ताको दुर्गम भत्ता
    ४०,६७,७९,१७०/–    


 
 

 


 


प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो बुधबार, पुस १६, २०८२
विद्यार्थीलाई ३० रुपैयाँमा खाना
विद्यार्थीलाई ३० रुपैयाँमा खाना बुधबार, पुस १६, २०८२
निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल
निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल बुधबार, पुस १६, २०८२
मुआब्जा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी
मुआब्जा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी बुधबार, पुस १६, २०८२
वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण
वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण बुधबार, पुस १६, २०८२
गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम गर्न काम थालियो
गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम गर्न काम थालियो बुधबार, पुस १६, २०८२
‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’:डा कोइराला
‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’:डा कोइराला बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक 
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक 
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP