Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #गाईपालन
  • #सराय
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • थालियो यार्सागुम्बा मनाङमा संकलन
थालियो यार्सागुम्बा मनाङमा संकलन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १६, २०८२
File Photo

मनाङ-  मनाङमा यार्सागुम्बा संकलन थालिएको छ । मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका जिल्लाबाट सर्वसाधारण यार्सागुम्बा संकलन गर्न यहाँ आएका छन् ।

संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३, संरक्षण व्यवस्थापन निर्देशिका २०५६, हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्षण संरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका २०८० र अन्य प्रचलित कानुनबमोजिम अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालयबाट यार्सागुम्बा तथा अन्य जडीबुटी  संकलन गर्न अनुमति लिन थालेका छन् ।

अनुमति प्राप्त भएपछि मात्र संरक्षण व्यवस्थापन समितिले संकलनकर्तालाई आफ्नो क्षेत्रभित्र संकलन पुर्जी दिने गरिएको छ । जिल्लाका सबै स्थानीय तहभित्रका संरक्षण क्षेत्रका वन क्षेत्रमा यार्सागुम्बा संकलनको अनुमति दिने तथा जिल्लाबाहिरका नागरिकलाई यार्सागुम्बा संकलनको अनुमति सम्बन्धित संरक्षण व्यवस्थापन समितिले दिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । 

यार्सागुम्बा संकलनका लागि स्वीकृति पाएपछि मात्रै संकलक हिमाली भेगतर्फ लाग्छन् । नार्पाभूमिका लेकमा जिल्लाभित्रका नागरिकलाई यार्सागुम्बा संकलन गर्न अनुमति दिइएको छ भने बाहिरी जिल्लाका नागरिकलाई भने अनुमति दिइएको छैन । उनले भने, “विकट भएकाले सुरक्षाको चुनौतीलाई ध्यानमा राखेर नार्पाभूमिमा यार्सागुम्बा संकलन गर्न अनुमति दिइएको छैन । अन्य स्थानीय तहमा यार्सागुम्बा संकलनको अनुमति दिइएको छ ।”  

Hardik health

एकयाप इलाका कार्यालय मनाङको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा संकलनका लागि अनुमति दिएपछि मात्रै लेक जान पाउने प्रावधान छ । यार्सागुम्बा संकलनका निम्ति नाम्ग्या लेकमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई संकलन अनुमति दिइन्छ । 

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जिल्लाभित्र यार्सागुम्बा संकलनको समय सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताए । उनले सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै अप्रिय घटना हुनबाट सजगता अपनाइएको बताए । नासों गाउँपालिका–८ ताचैस्थित नाम्ग्या लेकबाट यार्सागुम्बा संकलन थालिएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों–८ का वडाध्यक्ष याद घलेले जानकारी दिए ।  वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा संकलन गर्ने उपयुक्त समय हो ।  

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले अहिले यार्सागुम्बा संकलन गरिने भए पनि बाह्य जिल्लाका संकलकलाई अनुमति नदिइएको बताए । उनले भने, “सुरक्षाको चुनौतीकै कारण बाह्य जिल्लाबाट आउने यार्सागुम्बा संकलकलाई रोक लगाएका छौँ । स्थानीयलाई मात्र संकलनको अनुमति दिँदै आएका छौँ ।” 

नार र फुमा अन्य जिल्लाबाट आउने संकलकलाई यार्सागुम्बा संकलनमा रोक लगाइएको बताउनुभयो । नार्पाभूमिको नार र फू संरक्षित र निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी यस्तो निर्णय गरिएको हो । जिल्लाका अन्य हिमाली भेगमा वैशाखदेखि र नार्पाभूमिमा जेठदेखि मात्रै यार्सागुम्बा संकलन गरिन्छ ।

यार्सागुम्बा संकलनकर्ताबाट संकलन गरेको यार्सागुम्बा खरिद गर्न आउने व्यक्तिलाई जिल्लाका भएमा प्रतिव्यक्ति रु २० हजार र जिल्लाबाहिरका खरिदकर्तालाई प्रतिव्यक्ति रु ४० हजारका दरले संरक्षण क्षेत्र व्यवस्थापन समितिले दस्तुर लिने गरेको छ ।

पुर्जी काटेर संकलन गर्न अनुमति दिइन्छ । रु ३५ हजारमा पुर्जी काटिसकेपछि मात्रै स्थानीय तथा बाह्य जिल्लाबाट आउने संकलकलाई समितिले सहज रूपमा लेकतर्फ जान अनुमति दिइन्छ । चारवटा स्थानीय तह रहेको मनाङमा धारापानी र थोँचेबाहेक सबैमा यार्सागुम्बा पाइन्छ ।  मनाङको नाम्ग्य लेक, किन्चो लेक, याक लेक, पिसाङ लेक, फू लेक, मनाङ लेक, आइस लेक, स्याक्यु लेक, थोराङ्ला लेकलगायतका क्षेत्रमा यार्सागुम्बा बढी मात्रामा पाइन्छ । 


प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १२:०५
#यार्सागुम्बा #मनाङ
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा युवा विद्यार्थीको ४० प्रतिशत सहभागिता सुनिश्चित गर्न नेविसंघको माग
पार्टीमा युवा विद्यार्थीको ४० प्रतिशत सहभागिता सुनिश्चित गर्न नेविसंघको माग सोमबार, असोज २७, २०८२
सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन
सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन सोमबार, असोज २७, २०८२
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ सोमबार, असोज २७, २०८२
समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन स् गृहमन्त्री अर्याल
समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन स् गृहमन्त्री अर्याल सोमबार, असोज २७, २०८२
हमासद्वारा इजरायली बन्धकहरूको हस्तान्तरण सुरु, युद्धविराम कार्यान्वयनतर्फ ठूलो कदम
हमासद्वारा इजरायली बन्धकहरूको हस्तान्तरण सुरु, युद्धविराम कार्यान्वयनतर्फ ठूलो कदम सोमबार, असोज २७, २०८२
वर्षातका कारण बन्द रहेको मेलम्चीको पानी काठमाडौंमा
वर्षातका कारण बन्द रहेको मेलम्चीको पानी काठमाडौंमा सोमबार, असोज २७, २०८२
मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने
मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने सोमबार, असोज २७, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP