Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #इन्दिरा मानन्धर
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • काठमाडौँ विश्वविद्यालय र एनपीआइबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ विश्वविद्यालय र एनपीआइबीच समझदारीपत्रमा हस्ताक्षर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १६, २०८२

पाटन-  काठमाडौँ विश्वविद्यालय (केयु) र नेपाल पोलिसी इन्स्टिच्युट (एनपिआइ) बीच शिक्षा र अनुसन्धानका क्षेत्रमा पारस्परिक हित र चासोका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय र हेगस्थित एनपिआइले सोमबार ललितपुरको बालकुमारीमा अवस्थित विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टमा आयोजित एक कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

दुवै संस्थाबीच संयुक्त अनुसन्धान, प्रकाशन तथा अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीहरूको आदानप्रदानमा सहकार्य गर्ने विषयमा सहमति भएको ग्लोबल इन्गेजमेन्ट विभागका प्रमुख डा दिनेश काफ्लेले जानकारी दिए  । दुई संस्थाबीच सार्वजनिक नीतिका क्षेत्रमा संयुक्त अनुसन्धानका लागि अनुदान परिचालन गर्ने विषयमा सहमतिका साथै एकअर्काका अनुसन्धान तथा पहललाई समर्थन गर्ने प्रतिबद्धतासमेत जनाइएको उनले बताए ।  

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युत वाग्लेले उक्त समझदारीले विश्वविद्यालय र विश्वव्यापी शैक्षिक समुदायबीच अनुभव र कार्यसम्पादन आदानप्रदानको अवसर सृजना गर्ने विश्वास व्यक्त गरे । 

 “विश्वविद्यालयको दीर्घकालीन अध्यापन र अनुसन्धानका लागि अन्तरराष्ट्रिय प्राध्यापकलाई निमन्त्रणा गर्ने नीति रहेको छ, एनपिआइको विश्वव्यापी प्रवासी विज्ञ सञ्जालले केयुका शैक्षिक कार्यक्रममा छोटो वा लामो अवधिमा योगदान पुर्‍याउन सक्छ, विश्वविद्यालय र संस्थाबीचको सहकार्यले विचारहरूको आदानप्रदान हुने अपेक्षा छ”, उपकुलपति वाग्लेले भने ।

Hardik health

कार्यक्रममा एनपिआइको सञ्चालक समितिका अध्यक्ष डा खगेन्द्र ढकालले संस्थाले नेपाल र विदेशमा नीति अनुसन्धान तथा ‘थिङ्क ट्र्याङ्क’ प्रणाली सुदृढीकरणमा खेलेको भूमिकाबारे चर्चा गरे । उनले शैक्षिक तथा अनुसन्धान गतिविधिमा सहकार्यले विश्वविद्यालय र संस्थाले अलगअलग रूपमा गर्दै आएका कार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे । 

“यस सहकार्यले विदेशमा रहेका नेपाली प्रतिभालाई नेपालमा केन्द्रित भएर आफ्नो विशेषज्ञता प्रदर्शन र प्रयोग गर्न मद्दत पुर्‍याउनेछ, जसले अन्ततः देशलाई फाइदा पु¥याउनेछ”, ढकालले भने । उनले वर्तमान नेपालका सन्दर्भमा सार्वजनिक क्षेत्र, विश्वविद्यालय र ‘थिङ्क ट्याङ्क’बीच त्रिपक्षीय सहकार्यको सान्दर्भिकतासमेत औँल्याए ।

काठमाडौँ विश्वविद्यालय सन् १९९१ मा स्थापना भएको मुलुकको अग्रणी विश्वविद्यालय भएको डा काफ्लेले बताए । उनका अनुसार विश्वविद्यालयका केन्द्रीय तथा आङ्गीक क्याम्पसमा करिब २२ हजार विद्यार्थी अध्ययनरत छन् ।

एनपिआइ सन् २०१७ द नेदरल्यान्डस्मा स्थापित नीति अनुसन्धान संस्था हो । यसले विश्वव्यापी सञ्जालमा एक हजार २६० भन्दाबढी प्रवासी विज्ञहरू आबद्ध छन् । पछिल्लो सम्झौताअघि एनपीआइ र केयु स्कूल अफ म्यानेजमेन्टले सङ्घीय सरकारका अधिकारीहरूका लागि नेपाल नीति नेतृत्व कार्यक्रम (एनपिएलपी) लगायत विभिन्न पहलमा सहकार्य गरेका छन् ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयकातर्फबाट स्कूल अफ म्यानेजमेन्टका डीन प्रा डा विजय केसी र स्कूल अफ इञ्जिनियरिङका डीन प्रा डा मनिष पोखरेललगायत विभिन्न सङ्काय तथा निर्देशकालयका प्रमुख अधिकारीहरूको उपस्थिति थियो । एनपिआइका तर्फबाट कार्यकारी बोर्ड सदस्यहरू गोपी मैनाली, सरु जोशी श्रेष्ठ र सम्झना श्रेष्ठ तथा विज्ञहरू डा विकल श्रेष्ठ, डा प्रह्लाद कार्की, अधिवक्ता भुपाल ढकाल र सुधीर श्रेष्ठ सहभागी हुन् ।


प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  ०९:१६
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण शुक्रबार, फागुन १५, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह मंगलबार, फागुन १२, २०८२
आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त
आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त मंगलबार, फागुन १२, २०८२
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान सोमबार, फागुन ११, २०८२
शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री कार्की
शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री कार्की शुक्रबार, फागुन ८, २०८२
पोखरा विश्वविद्यालयमा प्रधानमन्त्री कार्की
पोखरा विश्वविद्यालयमा प्रधानमन्त्री कार्की शुक्रबार, फागुन ८, २०८२
पोखरा विश्वविद्यालयका छ हजार छ सय बाइस जना आज दीक्षित हुँदै
पोखरा विश्वविद्यालयका छ हजार छ सय बाइस जना आज दीक्षित हुँदै शुक्रबार, फागुन ८, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP