Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #रास्वपा
  • #खाँचीकोट
Search Here
समाचार
  • Home
  • समाचार
  • एनआरएनए अभियन्ताहरू  काठमाडौँ आउने क्रम सुरु
एनआरएनए अभियन्ताहरू  काठमाडौँ आउने क्रम सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १५, २०८२

काठमाडौं  -  गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट) हरू काठमाडौँ आउने क्रम सुरु भएको छ । सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले यही  वैशाख २० देखि २२ गतेसम्म (मे ३-५, २०२५) महाधिवेशन आयोजना गर्न लागेको हो ।

समितिकी सदस्य सचिव जानकी गुरुङले विश्वभरबाट अभियन्ताहरू नेपाल आउने क्रम बढेको बताइन् ।  महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट) बन्न झन्डै ३२०० जनाले आवेदन दिइसकेको समितिले जनाएको छ।

राजधानीमा भौतिक रूपमा हुने तय भएको महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको समितिको भनाइ छ। महाधिवेशन रोक्न प्रयास हुँदा नेपाल आएका प्रतिनिधिहरू मारमा पर्ने भन्दै समितिले सबैलाई महाधिवेशन सफल बनाउन आह्वान गरेको छ।

समितिको भनाइमा, महाधिवेशन रोक्ने प्रयासले गैर आवासीय नेपाली अभियन्ताहरूलाई आर्थिक तथा भावनात्मक रूपमा ठूलो क्षति पुर्‍याउनेछ। "हामीले बिदा मिलाएर, महँगो टिकट काटेर महाधिवेशनमा भाग लिन आएका हौँ। अब कुनै पनि बहानामा महाधिवेशन रोकिनु हामी सबैका लागि ठूलो घाटा हुनेछ," एनआरएनए अमेरिकाका डा सूर्य लम्सालले भने ।

Hardik health

त्यस्तै बेलायत निवासी एनआरएन अभियन्ता आर के त्रिपाठीले सबै पक्षलाई एकता महाधिवेशनमा सहभागी हुन आग्रह गरे। "अब जुँगाको लडाइँ तर्फ न जाऊँ।  उच्च स्तरीय समितिका सबै १३ जना बन्द कोठामा बसेर समस्याको निकास खोज्नु होस्," उनले भने।  

काठमाडौँको ठमेल, दरबारमार्ग लगायत क्षेत्रहरूमा एनआरएनएको चहलपहल बढेको छ, जसले स्थानीय आर्थिक गतिविधि समेत चलायमान बनाएको छ। संयोजक घलेका अनुसार महाधिवेशनबाट करिब ३० करोड रुपैयाँ नेपाली अर्थतन्त्रमा योगदान हुने अनुमान गरिएको छ।

अभियन्ता आरके शर्माले एकीकृत एनआरएनए निर्माणका लागि महाधिवेशन अपरिहार्य भएको बताउँदै सबै पक्षलाई सहयोग गर्न आग्रह गरे। उनले केही समूह संस्थालाई कब्जा गर्न खोजिरहेको आरोप समेत लगाए।

उच्चस्तरीय समितिका संयोजक शेष घलेले गत शुक्रवार  संस्थाभित्र बृहत्  एकताको लागि अपिल गर्दै बद्री केसी पक्षले सरकार प्रयोग गरेर महाधिवेशन पर सार्ने वा स्थगित गर्ने गर्नु उपयुक्त नहुने बताए । घलेले भने, "वैशाख २० देखि २२ गतेसम्म काठमाडौँमा एकता महाधिवेशनका लागि ३२०० प्रतिनिधिहरूले आवेदन दिएका छन्। छुट्टी मिलाएर र महँगो टिकट काटेर धेरै साथीहरू नेपाल आइपुगेका छन्। निर्वाचन कार्य तालिका पनि प्रकाशित भइसकेको छ।"

उनले सर्वोच्च अदालतको परमादेश, एनआरएनएको विधानको मर्म  र उच्चस्तरीय समितिद्वारा पारित  कार्यविधिको आधारमा महाधिवेशन आयोजना गरिँदै गरेको स्पष्ट पारे। "नेपाल सरकारका प्रतिनिधिहरू बैठकमा सहभागी भइरहेकाले वैधानिकताबारे कुनै शङ्का छैन," उनले जोड दिए।

गैर आवासीय नेपाली नागरिकता र लगानी प्रवर्द्धनका मुद्दामा सरकारसँग दह्रो वार्ता गर्न फुटेर होइन, जुटेर अघि बढ्नुपर्ने उनले बताए।तर केसी पक्षले भने समय अभाव देखाउँदै महाधिवेशन  पछि सार्नु पर्ने जनाउँदै आएको छ । 
 


प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो बुधबार, पुस १६, २०८२
विद्यार्थीलाई ३० रुपैयाँमा खाना
विद्यार्थीलाई ३० रुपैयाँमा खाना बुधबार, पुस १६, २०८२
निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल
निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल बुधबार, पुस १६, २०८२
मुआब्जा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी
मुआब्जा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी बुधबार, पुस १६, २०८२
वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण
वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण बुधबार, पुस १६, २०८२
गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम गर्न काम थालियो
गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम गर्न काम थालियो बुधबार, पुस १६, २०८२
‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’:डा कोइराला
‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’:डा कोइराला बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक 
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक 
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP