Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #रास्वपा
  • #खाँचीकोट
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ को  मिति सारियो
‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ को  मिति सारियो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १०, २०८२

खोटाङ-  नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गर्न लागेको ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ शिक्षक आन्दोलनका कारण प्रभावित भएको छ । यही वैशाख १५ गतेदेखि २० गतेसम्म दिक्तेल बजारमा सञ्चालन गर्न लागिएको खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव शिक्षक आन्दोलनका कारण प्रभावित भएको हो । 

वैशाख–१५ गतेदेखि गर्ने तयारी गरिएको महोत्सव शिक्षक आन्दोलनका कारण प्रभावित हुने भएपछि १२ दिनपछि वैशाख–२७ गते सुरू गर्नेगरी सारिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । 

“महोत्सवको प्रमुख उद्देश्य व्यावसायिक खेलाडी उत्पादन गर्दै खेलकुदको माध्यमबाट जिल्लाको प्रर्यटन प्रवर्द्धन गर्नु हो । हामीले आयोजना गर्ने महोत्सवमा सहभागी हुने अधिकांश खेलाडी विद्यालयमा छन् । शिक्षक आन्दोलनका कारण अहिले सबै विद्यालयहरू बन्द छन्”, उनले भने, “शिक्षकहरूको आन्दोलनलाई मध्यनजर गर्दै वैशाख–१५ गतेदेखि गर्न लागिएको महोत्सवको मिति १२ दिनपछि सारिएको छ । यसबाट पर्न गएको असुविधाप्रति आयोजक समिति क्षमा प्रार्थी छौँ । सारिएको मितिअनुसार वैशाख २७ गतेदेखि जेठ–४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।”

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा छ दिनसम्म सञ्चालन हुने महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला प्रतियोगितासहित खुला महिला/पुरूष हाफ म्याराथन, खुला महिला/पुरूष टेबलटेनिस, खुला पुरूष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको छ । 

Hardik health

खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्नेलगायत उद्देश्यसहित महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । 

महोत्सवमा दश वर्षमुनिका छात्रछात्राका लागि एक माईल, १२ वर्षमुनिका छात्रछात्राका लागि दुई किलोमिटर, ६० वर्षमाथि पुरूषका लागि दुई किलोमिटर, आमाहरूको लागि पाँच किलोमिटर, १२ वर्षदेखि १५ वर्षमुनिका छात्रछात्राका लागि सात किलोमिटर र ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगिता हुनेछ । महोत्सवमा पन्ध्र वर्षमाथिका महिला/पुरूषका लागि दश किलोमिटर र खुला महिला/पुरूष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगिता सञ्चालन हुने आयाजकले जनाएको छ ।

दश वर्षमुनिका छात्रछात्रा एक माईल दौड प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले रू तीन हजार, रू दुई हजार, रू एक हजार, बाह्र वर्षमुनिका छात्रछात्रा दुई किलोमिटरमा प्रथम, द्धितीय र तृतीय हुनेले रू चार हजार, रू तीन हजार र रू एक हजार ५००, ६० वर्षमाथिका पुरूषको दुई किलोमिटर र आमाहरूको पाँच किलोमिटरमा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः नगद रू पाँच हजार ५००, रू तीन हजार ५०० र रू दुई हजार ५०० का दरले पुरस्कार प्राप्त गर्ने जनाइएको छ । बाह्र वर्षदेखि १५ वर्षमुनिका छात्रछात्रा सात किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रू सात हजार ५००, रू छ हजार ५०० र रू पाँच हजार ५०० को साथमा ट्रर्फी, मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पैतीस वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रू १५ हजार, रू दश हजार र रू सात हजार पुरस्कार पाउनेछन् । पन्ध्र वर्षमाथिका महिला÷पुरूष दश किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रू १५ हजार, रू दश हजार, रू सात हजारको साथमा ट्रर्फी, मेडर र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

खुला महिला/पुरूष २१ किलोमिटर हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौ, छैटौँ र सातौँ हुनेले क्रमशः रू ७७ हजार ७७७, रू ५५ हजार ५५५, रू २५ हजार ५५५, रू १५ हजार ५५५, रू ११ हजार १११, रू सात हजार ७७७ र रू पाँच हजार ५५५ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महिला÷पुरूष हाफ म्याराथन छ दिने महोत्सवको प्रमुख आकर्षण हुने आयोजकको दाबी छ । 

खुला सिनियर पुरूष टेबलटेनिस अन्तरगत प्रथम, द्धितीय र सेमिफाइनलिष्टले क्रमशः नगद रू २५ हजार, रू १२ हजार ५०० र सेमिफाइनलिष्ट दुई जनाले रू छ हजार २५० का दरले पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, खुला जुनियर पुरूष टेबलटेनिसमा प्रथम, द्वितीय र सेमिफाइनष्टिले क्रमशः रू १५ हजार, रू सात हजार ५०० र सेमिफाइनलिष्ट दुईजनाले रू तीन हजार ७५० का दरले नगद प्राप्त गर्नेछन् । 

खुला जुनियर महिला टेबलटेनिसमा प्रथम, द्वितीय र तृतीय हुनेले रू दश हजार, रू पाँच हजार र सेमिफाइनष्टिले दुईजनाले क्रमशः रू दुई हजार ५०० का दरले नगद पुरस्कार पाउनेछन् । उनीहरूका लागि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । 

खुला राष्ट्रिय बुद्धिचालमा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ र छैटौँ हुनेले क्रमशः नगद रू २५ हजार, रू १५ हजार, रू दश हजार, रू आठ हजार, रू सात हजार र रू चार हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महोत्सवको अन्तिम दिन साहित्यिक (गीत, गजल र कविता गायन तथा वाचन) कार्यक्रम राखिएको आयोजकले जनाएको छ । 

जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल तथा दिक्तेलस्थित माटिकोरे खेलमैदानको खोटाङ बहुउद्देश्यीय कभर्डहलमा टेबलटेनिस र साहित्य महोत्सव हुने जनाइएको छ । महोत्सव समापनको अवसरमा साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका जिल्ला बाहिरका एकजना महिला साहित्यकारलाई नगदसहित सम्मान गर्ने तयारी गरिएको जनाइएको छ ।  

महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समितिसमेत गठन गरिएको छ । महोत्सवका लागि रू ३९ लाख ५५ हजार ८७ बजेट लाग्ने अनुमान गरिएको सहआयोजक नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिए ।


प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल बुधबार, पुस १६, २०८२
निजी क्षेत्रलाई सरकारको दरिलो साथ
निजी क्षेत्रलाई सरकारको दरिलो साथ बुधबार, पुस १६, २०८२
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम बुधबार, पुस १६, २०८२
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना बुधबार, पुस १६, २०८२
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड बुधबार, पुस १६, २०८२
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन बुधबार, पुस १६, २०८२
अख्तियारकाे नयाँ प्रवक्तामा  न्यौपाने
अख्तियारकाे नयाँ प्रवक्तामा न्यौपाने बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP