BYD sealion7 BYD sealion7
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिम्बु भाषा
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #गाथामग_चह्रे
  • #इयु_चीन
  • #आईपीओ
  • #सिद्धार्थ बैंक
  • #सिटिजन्स बैंक
  • #कृषि
Search Here
समाचार
  • Home
  • समाचार
  • वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू
वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ९, २०८२

धरान - व्यापार, शिक्षा र पूर्वाधारको गतिशील विकास भइरहेका सहरहरू तर त्यही सहरभित्र त्यस्ता केही अनुहारहरू छन् जसको जीवनमा न चहलपहल छ न भविष्यका योजनाहरू नै । खासगरी बुढ्यौली उमेरमा आश्रयविहीन भएकाहरूको ठूलो सङ्ख्या अहिले परिवार छाडेर वृद्धाश्रमको चारकिल्लाभित्र निर्जिव जीवन बाँच्न विवश छन् ।

सत्तरी वर्षीया इन्दिरा सुवेदी इटहरीस्थित रामजानकी शान्ति वृद्धाश्रममा विगत १४ वर्षदेखि आश्रय लिइरहेकी  छन् । उनकाे अनुहारमा जीवनमा केही गर्न नसकेकामा पश्चाताप, निराशा, आक्रोश र कुण्ठा झल्किरहेको पाइन्छ ।

उनकाे नजर भने हरबखत बाहिर सडकमा हिँडिरहेका मान्छेहरूमा केन्द्रित हुन्छ । ती मान्छेहरूलाई हेर्दै उनले भने, “सानै उमेरमा विवाह गरेँ, २० वर्षको उमेरमा छोरालाई जन्म दिएँ । घरमा खुसीको माहोल बेग्लै थियो । घरनजिकै सानो चियापसल र सागसब्जीको पसल पनि थियो । छोरालाई साथमा लिएर बिहान पसल जान्थे अनि साँझपख घर फर्किँदा घरको रौनक बेग्लै हुन्थ्यो ।”

“तर समय निष्ठुरी र क्रुर पनि हुँदोरहेछ । एघार महिनाको कलिलै उमेरमा मेरो छोरा बित्यो । छोराको मृत्यु भएको केही समयमै अर्को बज्रपात आइलाग्यो, पतिको पनि निधन भयो । श्रीमान् बितेपछि म सहाराविहीन भएँ, र अन्तिममा म वृद्धाश्रम पुगेँ”, आफ्नो विगत सुनाउँदै उनले भने।

सुरुमा वृद्धाश्रम भनेको कस्तो हुन्छ भन्ने थाहा नै थिएन मलाई । सानैमा बाबाआमा पनि गुमाएकी थिएँ, श्रीमान् बितेपछि छ मेरा कोही भएनन्, एक्ली भएँ । चिनजानका केही आफन्तले सधैँ भन्ने गर्थे, आश्रम गएर बस्नू । उहाँहरूकै कुरा मानेर वृद्धाश्रम आएर बसिरहेकी छु, सुवेदीले बताए ।

उनले अगाडि सुनाउनुभयो, “मेरो परिवार कस्तो थियो भन्ने पनि बिर्सिसकेँ मैले । केही आफन्त भने मलाई कहिलेकाहीँ भेट्न आउनुहुन्छ । वृद्धाश्रम बस्न थालेपछि अहिले यही मेरो परिवारजस्तो लाग्छ । बस्नका लागि राम्रो सुविधा छ, दैनिक जीवन सहज तरिकाले बित्ने गरेको छ, अहिले मेरो लागि आश्रम नै प्यारो छ ।”

अहिले १७ जना वृद्धवृद्धा बसिरहेको रामजानकी शान्ति वृद्धाश्रम २०५६ सालमा इटहरीमा खुल्यो । आधुनिक जीवनशैली अपनाउने नाममा परिवारबाट छुट्टिएर बस्ने चलन बढेसँगै पछिल्लो समय वृद्धवृद्धाहरू घरविहीन हुनुपर्ने स्थिति बन्दै गएको पनि पाइन्छ । सामाजिक मनोविज्ञानले वृद्धाश्रमलाई अनावश्यक ठाने पनि अहिलेको सामाजिक यथार्थले भने वृद्धाश्रमको आवश्यकतालाई औँल्याइरहेको छ र वृद्धवृद्धाहरूको आश्रयस्थल बनिरहेको छ ।

यस्तै इन्दिरा सुवेदीको जस्तै कथा विराटेश्वर वृद्धाश्रम विराटनगरमा बसिरहेकी ८१ वर्षीया सरिता गौतमको पनि छ । उनी विगत २८ वर्षदेखि वृद्धाश्रममा बस्दै आएकी छिन् । “सकुन्जेल काम गरेँ, छोराछोरी हुर्काएँ । शिक्षा दिएँ । अहिले तिनै सन्तानले नचिनेझैँ गरे । आफ्ना छोराछोरी सन्तानका लागि जिन्दगी बिताएँ । तर अहिले तिनै सन्तानले थाँती राखेजस्तै गरे, न माया छ न सम्मान छ”, उनले भनिन् ।

गौतमको आँखामा पीडामात्र होइन, वेदना पनि प्रष्ट देखिरहेको थियो । आश्रममा आएपछि शान्ति र सुख त छ । तर मनको कुँडाइ भने अझै छ । धक खोलेर बोलिरहेकी गौतम भन्छिन्, “यो घर त हो नि तर आफ्नोपन खै कहाँ छ र ? छोराछोरीले आफ्नो संसार बनाए । मलाई सबैले बिर्से अन्त्यमा, आफ्नै सन्तानले आश्रम पुर्याइदिए । माया त बाल्यकालमा मात्र रहेछ । अहिले त सबै व्यस्त छन् अनि हामीजस्ता बुढाबुढी भने बेकार जस्तै भएछौँ”, उनले पीडा पोखिन्  ।

“पतिको मृत्युपछि छोराछोरीका लागि बाँचे । उनीहरूको पढाइ, विवाह सबै व्यवस्थापन गरेँ । अहिले न फोन गर्छन् न भेट्न आउँछन् । अहिले छोराछोरी कता छन् केही थाहा छैन । मलाई यही आश्रम अहिले सुन्दर घरजस्तो छ”, खुसी साट्ने प्रयास गर्दै गौतमले भनिन् ।

त्यस्तै ८६ वर्षीया पवित्रा सुवेदी विगत २१ वर्षदेखि वृद्धाश्रममा बस्दै आएकी छन्  । जीवनभर कहिले नथाकी आफ्ना सन्तानका लागि खटिनुभएकी उहाँ अहिले पराइझैँ ठानिएका ठाउँमा दिनहरू बिताइरहेकी छन्  । प्रष्ट बोल्न र राम्रोसँग देख्न पनि नसक्ने उनका आँखाहरूले अहिले सन्तानविहीन भएर वृद्धाश्रमको ओछ्यानमा टोलाएर बाहिरको आकाश हेरिरहेका छन् ।

“आफ्नै सन्तानले मलाई हेरचाह गर्न नसकेपछि आश्रम ल्याएर छाडे । कहिलेकाहीँ मलाई भेट्न छोरा आउँछ । तर अनुहार कस्तो छ प्रष्ट देख्न सक्दिनँ । पहिले घरमा छोराछोरीसँगै बसेर बिहान–बेलुकाको खानासँगै बसेर खाएको याद आउँछ”, उनले मनको पीडा पोखिन् “हुन त यहाँ पनि मजस्तै धेरै वृद्धहरू हुनुहुन्छ, उहाँहरूसँग गफ गरेर मन भुलाउन कोसिस गर्छु । तर घरजस्तो न्यानोपन भने हुँदैन रहेछ”, उनले सुनाए ।

पछिल्लो समय विशेषगरी सहरी क्षेत्रमा व्यस्त परिवारका वृद्धवृद्धा र विभिन्न कारणले परिवारबाट वञ्चित हुन पुगेका वृद्धवृद्धाहरूको सुरक्षाका लागि वृद्धाश्रमको आवश्यकतासमेत बढ्दै गएको छ । घरमा बसेर असुरक्षित र अमर्यादित जीवन जिउनुभन्दा वृद्धाश्रममा बस्न राम्रो भन्ने विषय आजभोलि समाजमा स्थापित हुँदै गएको रामजानकी वृद्धाश्रमका अध्यक्ष ठगेन्द्रप्रसाद आचार्यले बताए । “यो राम्रो कुरा त होइन तर सामाजिक घटना, परिवेशले आवश्यकता बढाएको छ, ” उनले भने।

स्थानीय र प्रदेश सरकारले यस्ता आश्रमका लागि बेलाबेला दिवा खाजादेखि अनुदान रकम प्रदान गरिरहेको छ । केही समयअघि प्रदेश सरकारले उपलब्ध गराएको रु नौ लाखले ट्रस निर्माण गरेपछि रामजानकी वृद्धाश्रममा वर्षामा पानी चुहिने समस्या समाधान भएको छ । आचार्यले भने,“ आश्रम सञ्चालन गर्नका लागि केन्द्र सरकारले समेत राम्रो सहयोग गरिरहेको छ ।”

शिक्षक पेसाबाट अवकाश भएपछि २०६० सालमा विराटेश्वर वृद्धाश्रम सेवा समिति खोलेर सञ्चालन गर्दै आएका जगत अर्याल पछिल्लो समय वृद्धवृद्धाहरू घरबासविहीन हुँदै गएकामा चिन्ता व्यक्त गरे । “ वृद्धवृद्धाका दिनहरू सम्मानपूर्वक र शान्तिका साथ बिताउन सक्नेगरी सेवा गर्न पाऊँ भनी यो आश्रम स्थापना गरी सञ्चालन गर्दै आइरहेको छु,” उनले भने। यो आश्रममा अहिले ६० जनाभन्दा बढी वृद्धवृद्धाले आश्रय लिइरहेका छन् । 

इटहरी रामजानकी शान्ति वृद्धाश्रमका सञ्चालक समिति सदस्य सन्तोष ओझाले भने, “वृद्धवृद्धाले जुन आत्मीयता खोजिरहनुभएको हुन्छ, त्यो परिवारको मायामा मात्र भेटिन्छ । यहाँ आमाहरूलाई निकै मायाको खाँचो हुन्छ । त्यो वृद्धाश्रममा नपाउन सकिन्छ ।” अहिले रामजानकी आश्रममा रहेका आमाहरूको मनोबल बढाउन आश्रममा मन्दिर र ध्यान केन्द्र बनाइएको छ । 

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको विवरणअनुसार कोशी प्रदेशमा ज्येष्ठ नागरिकको सङ्ख्या पाँच लाख ५६ हजार ४६४ अर्थात् प्रदेशको ११.२२ प्रतिशत रहेको छ । प्रदेश सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालय र स्थानीय तहबाट आर्थिक वर्ष २०८१/८२ मा ज्येष्ठ नागरिकका लागि रु एक करोड आठ लाख बजेट विनियोजन गरी खर्च गरिरहेको छ । 


प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे
मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे शुक्रबार, साउन ९, २०८२
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै शुक्रबार, साउन ९, २०८२
प्रतिनिधिसभा बैठक : ‘केन्द्रमा बन्ने बजेट गाउँमा पुगेन’
प्रतिनिधिसभा बैठक : ‘केन्द्रमा बन्ने बजेट गाउँमा पुगेन’ बिहीबार, साउन ८, २०८२
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण हुने
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण हुने बिहीबार, साउन ८, २०८२
‘भिजिट भिसा’ प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार
‘भिजिट भिसा’ प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार बिहीबार, साउन ८, २०८२
ज्येष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
ज्येष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता बिहीबार, साउन ८, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक बिहीबार, साउन ८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP