Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #रास्वपा
  • #खाँचीकोट
Search Here
समाचार
  • Home
  • समाचार
  • चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला
चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख ८, २०८२

पोखरा- “अब त यस्तो लाग्न थालिसक्यो, एक दिन जङ्गल नपस्दा र जङ्गली जनावर नदेख्दा केही कुरा बिर्सिएजस्तो, केही कुरा छुटेजस्तो अनि जनावरले आफूलाई पर्खेजस्तो ।” तीन वर्षदेखि चितवन राष्ट्रिय निकुञ्जमा ‘नेचर गाइड’का रूपमा कार्यरत एलिना चौधरीका लागि जङ्गल केवल कार्यक्षेत्र मात्र होइन, आत्मशान्ति र सन्तुष्टिको स्रोतसमेत बनेको छ । उनको दिनचर्या अब स्वदेशी–विदेशी पर्यटकलाई प्रकृति र वन्यजन्तुको अवलोकन गराउँदै बित्छ । 

“असहजता, चुनौती, कठिनाइ यी सबैसँग जुध्दै पर्यटकलाई हाम्रो प्रकृति र वन्यजन्तुको जानकारी दिनु अनि तिनीहरूको अनुहारमा खुसी देख्नुजस्तो आनन्द अरू केमा मिल्ला र ?” एलिना भने, “प्रकृतिसँग बिताएको प्रत्येक क्षण अमूल्य हुन्छ, त्यसलाई महसुस गर्न जान्नु नै आनन्द रहेछ ।”

बाल्यकाल जङ्गल छेउमै बितेकाले एलिनाका लागि जङ्गली जनावरसँगको जम्काभेट सामान्य थियो । बिहान चराचुरुङ्गीको गुञ्जन, शीतल हावाको स्पर्श, हरियालीको आनन्द यिनै कुराले उनलाई प्रकृतिप्रति झन् नजिक बनायो । यही लगावले व्यावसायिक रूपमा नेचर गाइड बन्न प्रेरित गर्यो । नेचर गाइडको औपचारिक तालिमपछि उनले चितवनको मेघौलीस्थित बाराही जङ्गल लजबाट आफ्नो यात्रा सुरु गरेकी थिइन् । अचेल उनको दैनिकी पर्यटकको तालिकाअनुसार कहिले बोट सफारी गाइड, कहिले जिप सफारी गाइड त कहिले ‘जङ्गल वाक’मा गाइडका रुपमा हुनेगर्छ । 

अलि बढी चुनौतीचाहिँ जङ्गल वाकमा हुन्छ । एलिना भन्नुहुन्छ, “कतिबेला कुन जङ्गली जनावरसँग जम्काभेट हुने हो, थाहा हुँदैन, डर हुन्छ, तर त्यही डरभित्रको रोमाञ्चकता नै जङ्गल सफारीको सौन्दर्य हो,” उनले प्रकृतिका विविधताको ज्ञानसँगै जङ्गली जनावरसँग जोगिने विशेष कला नेचर गाइडमा हुनुपर्ने बताए । 

Hardik health

सन् २०१९ मा नेचर गाइडको प्रमाणपत्र प्राप्त गरेकी एलिनाले आत्मविश्वास, साहस, निडरता र ज्ञानलाई आफ्नो सबल पक्ष बनाउँदै आउनुभएको छ । वन्यजन्तु संरक्षण, दिगो पर्यटन र महिलाको सशक्तिकरणमा योगदान पुर् याएबापत एलिना अन्तरराष्ट्रिय ‘टफ–टाइगर्स लज न्याचुरलिस्ट अफ दी इयर २०२४’ अवार्ड समेत जित्न सफल भएकी थिइन्  । यो उपाधि जित्ने उनी पहिलो नेपाली महिला पनि हुन् ।  

एलिनासँग पर्यटकहरूसँग बिताएका कैयौँ सम्झनाहरू छन् । तीमध्ये एक घटना उहाँको स्मरणमा ताजै छ । “एक महिनाअघि एक नेपाली पर्यटक जङ्गल सफारी गर्न आउनुभएको थियो । यसअघि १२–१५ पटक जङ्गल सफारीमा उनले कहिल्यै बाघ देख्ने अवसर मिलेनछ । त्यो दिन संयोगवश, मैले गाइड गरिरहेको बेला उनले बाघ देख्नुभयो । उहाँ खुसीसँग एकदम भावुक भएर रुन पो थाल्नुभयो ।” एलिनाले भनिन्, “खै किन हो कुन्नि, मैले सोध्न पनि सकिनँ । सायद, बाघ देख्ने उहाँको वर्षौंको सपना पूरा भएर पो हो कि ।” थुप्रै अनुभवसँग एलिनाको दिनचर्या जङ्गल र नदी किनारमा प्रकृतिसँग साक्षात्कार गर्दै बितेको छ । 

त्यसो त चितवन राष्ट्रिय निकुञ्ज छेउमा घर भएकी २३ वर्षीया सुदीक्षा कुमालको दैनिकी पनि उस्तै छ । स्नातक तेस्रो वर्षमा अध्ययनरत कुमाल बाल्यकालदेखि नै प्रकृति र वन्यजन्तुप्रति रुचि राख्ने उनी आफ्नै दिदीबाट प्रेरणा लिएर नेचर गाइड बन्ने निर्णय गरेको सुनाउछिन् । “मेरो दिदी पनि यो क्षेत्रमा हुनुहुन्छ । उहाँकै प्रेरणाले मैले पनि नेचर गाइडको तालिम लिएँ । वन्यजन्तु संरक्षण र प्रकृतिसँग नजिक रहेर काम गर्ने अवसर पाएँ ।” 

दुई वर्षदेखि  पर्यटन क्षेत्रमा सक्रिय उनी नेपाली तथा विदेशी पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधता, वन्यजन्तु संरक्षण र वातावरणीय सन्तुलनका बारेमा जानकारी दिँदै आएकी छन्  । नेचर गाइडिङ सजिलो यात्रा थिएन । परम्परागत रूपमा पुरुषहरूको वर्चस्व रहेको क्षेत्रमा आफूलाई स्थापित गर्न सामाजिक सोच भत्काएर पर्यटकलाई विश्वस्त बनाउनु थियो । 

“सुरुमा कतिपयले महिलाले यो पेसा गर्न सक्छ भन्ने नै विश्वास गर्दैनथे । चितवन राष्ट्रिय निकुञ्जमा गैँडासहित बाघ, भालुजस्ता वन्यजन्तु पाइन्छन् । पर्यटकलाई जङ्गल सफारीमा लैजानु जोखिमपूर्ण पनि हुन सक्छ,” सुदीक्षाले बताइन् ।  मौसमको प्रतिकूलता, गर्मी वा वर्षामा बाटो हिलाम्य हुनु, कीराहरूको प्रकोपलगायत प्राकृतिक चुनौती पनि उस्तै हुन्छन् ।

वातावरण विज्ञान अध्ययन गरेकी पूर्वचितवनकी सकिना महतो आफू पढाइ अनुसारको पेसामा रमाइरहेको बताइन् । “प्रकृतिप्रेमी र जनावर संरक्षणमा बढी चासो भएकै कारण मैले वातावरण विज्ञान पढेँ र यो क्षेत्रलाई पेसा बनाएर अघि बढेकी छु ।” उनले कठिनाइ भए पनि आत्मसन्तुष्टि मिलेको र नौ महिनादेखि यही पेसामा तल्लीन रहेको बताइन्  ।   “सहज त पक्कै छैन यो अलि जोखिम साहसिकताभित्र पर्छ, कुनै समय यो क्षेत्रमा महिला कल्पना गरिँदैनथ्यो तर अहिले महिलाका निडरताका साथ आउन थालेका छन्,” पर्यटकको जङ्गल अनुभवलाई अविस्मरणीय बनाउन आफ्नो ज्ञान, सीप, कौशलतालाई प्रदर्शन गरिरहेको उनको भनाइ छ ।

चितवन योगी टोलकी बिबिएस अध्ययनरत २० वर्षीय प्रभा कुमाल एक वर्षदेखि यो क्षेत्रमा क्रियाशील छिन्  । बाल्यकालदेखि नै वन्यजन्तुप्रति रुचिले उनलाई वन्यजन्तुमा आकर्षित गर्यो । सानैबाट जङ्गल वरिपरि नै जन्मे–हुर्केका कारण वन्यजन्तुसँगको आत्मीयले नै यस क्षेत्रप्रति आकर्षित गरेको बताइन्। “जङ्गल र जङ्गली जनावरसँगको अनुभव त पहिले नै थियो तर व्यावसायिक कलाका लागि नेचर गाइडको विशेष कोर्ष पूरा गरी यो क्षेत्रमा प्रवेश गरेँ, यसले थप ज्ञान र आत्मविश्वास बढायो ।”

पुरुषहरूको वर्चस्व रहेको क्षेत्रमा वन्यजन्तु संरक्षण, साहसिक पर्यटन र महिला सशक्तिकरणको नमूनाका रुपमा महिला नेचर गाइडलाई लिन सकिने बताउछन्, बाराहीजङ्गल लजका सञ्चालक बिप्लव पौडेल । “सुरुमा यो क्षेत्रमा महिलाहरूको सङ्ख्या निकै कम थियो । अहिले भने महिला नेचर गाइडहरूको सङ्ख्या बढ्दै गएको देख्दा खुसी लाग्छ, उनीहरूको आत्मविश्वास, दक्षता र मेहनत प्रशंसनीय छ ।” 

नेचर गाइड महिलाहरुको उपस्थितिले स्थानीय समुदायमा महिला सशक्तीकरणको सन्देश प्रवाह गर्न सहयोगी बनेको पौडेलले भने, “हामीले बाराही जङ्गल लजबाट महिला गाइडहरूलाई प्रवद्र्धन गर्दै आएका छौँ, महिला ज्ञान, सीप र क्षमताका आधारमा अवसर पनि दिँदै आएका छौँ ।” उनीहरूको सीप विकास, तालिम र अवसरको सुनिश्चिततामा सरोकारवालाले अझ ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । 

फोटो, भिडियोमार्फत पर्यटन प्रवद्र्धनमा सक्रिय फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष राम गुरुङले ‘फोटो वाक एट मेघौली यात्रा’ मा नेचर गाइड महिलाले पर्यटकलाई गाइडिङ गरिरहेका दृश्य निकै गर्विलो लागेको बताए । उक्त यात्राको अनुभव बाँड्दै गुरुङले भने, “केही वर्षअघि मात्रै जङ्गल सफारी, बोट सफारी जस्ता साहसिक गतिविधिमा पुरुष गाइड नै प्रमुख रुपमा देखिन्थे तर अहिले त्यो ठाउँमा महिला नेचर गाइड देखिनु निकै राम्रो र सकारात्मक पक्ष हो ।”

गुरुङले भने, “वन्यजन्तु, जैविक विविधता, स्थानीय संस्कृतिलगायतका ज्ञानसँगै यस क्षेत्रमा महिला सहभागिताले पर्यटन व्यवसायमा मात्र होइन, समाजमा पनि सकारात्मक सन्देश प्रवाह भएको छ । महिलालाई हेर्ने दृष्टिकोण पनि बदलिँदै गएको छ ।” वन, वन्यजन्तु र वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको जैविक विविधता संरक्षण केन्द्रले नेचर गाइड तालिम सञ्चालन गर्दै आएको छ । जैविक विविधता संरक्षण केन्द्र, सौराहाका वरिष्ठ रेन्जर ऋषि सुवेदीले पर्याप्त ज्ञान, आत्मविश्वास र लगावका साथ नेचर गाइड महिला यस क्षेत्र प्रवेश गरेको बताए ।  

“कुनै समय शून्य सहभागिता हुने नेचर गाइड तालिममा अहिले महिलाको गर्विलो सहभागिता हुँदै व्यावसायिकतमा दक्ष जनशक्तिका रुपमा देख्न पाएका छौँ । यो खुसीको कुरा हो, उनीहरुलाई अब आवश्यक तालिम दिएर थप चुनौतीको सामाना गर्न सक्ने बताउनुपर्छ ।”   उनका अनुसार, विक्रम संवत् २०४६÷४७ देखि औपचारिक रूपमा सञ्चालनमा आएको नेचर गाइड तालिम सुरुमा विदेशी स्वयंसेवीहरूद्वारा प्रदान गरिन्थ्यो । जब निकुञ्ज नियमावलीमा ‘तालिम प्राप्त नेचर गाइडले मात्र पर्यटक घुमाउन पाउने’ व्यवस्था गरियो, त्यसपछि कोषले १५ दिने पाठ्यक्रम तयार गरी वातावरण मन्त्रालयबाट स्वीकृति लिएर तालिम दिन थाल्यो । 

तालिम प्राप्त नेचर गाइडबाट जङ्गल क्षेत्रभित्र हुने वन्यजन्तु चोरी–निकासीलगायतका अन्य कुराको पनि सूचना आउने भएकाले वन तथा वन्यजन्तु संरक्षणमा पनि नेचर गाइड भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ । तालिममा सहभागी हुन कम्तीमा एसइई उत्तीर्ण गर्नुपर्ने हुन्छ । स्थानीय तथा मध्यवर्ती क्षेत्रका व्यक्तिहरूलाई प्राथमिकता दिइन्छ । तालिमपछि लिखित तथा अन्तर्वार्ता परीक्षामा कम्तीमा ६० प्रतिशत अङ्क ल्याउनुपर्ने हुन्छ । उक्त मापदण्ड पूरा गरेपछि मात्र नेचर गाइडका लागि योग्य मानिन्छ । तालिम कोषले आफ्नै स्रोत र साधन प्रयोग गरेर सञ्चालन गर्दै आएको हो । विभिन्न सरोकारवाला संस्थाहरूले पनि समय–समयमा तालिमको माग गर्ने गरेका छन् ।    

हालसम्म एक हजार ६०० देखि एक हजार ७०० जनाले तालिम लिइसकेका छन् ।  महिलाको सङ्ख्या १० देखि १५ प्रतिशतको हाराहारीमा छ । नेचर गाइडले मासिक रु ३० हजारदेखि ५० हजारसम्म आम्दानी गरिरहेका छन् । पर्यटकलाई पूर्ण दिनको गाइडिङ गरेबापत रु एक हजार ५०० देखि दुई हजारसम्म पारिश्रमिक प्राप्त हुन्छ भने आधा दिनको ८०० देखि एक हजारसम्म हुने गर्दछ । भारतलगायत अन्य देशमा समेत यहाँबाट तालिम लिएका गाइडले रोजगारी पाएका उदाहरणहरू रहेको सुवेदीले बताए । 

थ्री सिस्टर एड्भेन्चर ट्रेकिङ एन्ड महिला सशक्तिकरण नेपालकी संस्थापक लक्की कार्की परम्परागत रूपमा पुरुषहरूको वर्चस्वमा सीमित पेसामा महिलाले त्यो सीमालाई तोड्दै अगाडि बढ्नु महिला सशक्तिकरणको नमूना भएको बताए । “महिला नेचर गाइडहरू आफ्नो पेसा मात्र निर्वाह गरिरहेका छैनन्, उनीहरूले स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणादायी शक्ति बनेका छन् । फरक क्षेत्रमा पनि महिला अब्बल छन् भन्ने उदाहरण बनेका छन्,” कार्कीले भने, “पहिले महिलालाई संरक्षणको विषय बनाइन्थ्यो, आज उनीहरू संरक्षणका संवाहक बनेका छन्, हिजो सीमित भूमिका दिइन्थ्यो, आज नेतृत्वदायी र चुनौतीपूर्ण भूमिकामा देखापरिरहेका छन् ।” कार्कीले महिला गाइडहरूको आत्मविश्वास, अनुभव, ज्ञान सीप, लगाव समझदारीले नेपालको पर्यटनलाई अझ सुरक्षित, समावेशी र आत्मीय बनाउन भूमिका खेलेको बताए । 


प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल बुधबार, पुस १६, २०८२
निजी क्षेत्रलाई सरकारको दरिलो साथ
निजी क्षेत्रलाई सरकारको दरिलो साथ बुधबार, पुस १६, २०८२
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम बुधबार, पुस १६, २०८२
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना बुधबार, पुस १६, २०८२
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड बुधबार, पुस १६, २०८२
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन बुधबार, पुस १६, २०८२
अख्तियारकाे नयाँ प्रवक्तामा  न्यौपाने
अख्तियारकाे नयाँ प्रवक्तामा न्यौपाने बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP