Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
कृषि
  • Home
  • कृषि
  • किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी
किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ५, २०८२
File Photo

अर्घाखाँची-  जिल्लाको मालारानीमा किसानहरूले व्यावसायिक रूपमा आधुनिक प्रविधिबाट कृषि र पशुपालन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । आफ्नै गाउँमा पसिना बगाएर स्वरोजगारसँगै आर्थिक आम्दानी गर्न सकिन्छ भन्ने सोचका साथ यहाँका किसान व्यावसायिक कृषि र पशुपालनमा लागेका हुन् । 

परम्परागत बाख्रापालन गर्दै आएका किसानलाई मालारानी गाउँपालिकाले मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सञ्चालन गरेर आधुनिक र प्रविधिमैत्री बनाएको छ । मालारानी–६ गौराडाँडाका किसान प्रेमबहादुर घर्ती मगरले विदेशमा रोजगारीबाट फर्किएर आधुनिक प्रविधिबाट बाख्रापालन सुरु गरेको बताए । 

स्वदेशमा केही गर्नुपर्छ र गाउँमा पनि कृषि र पशुपालनबाट जीविकोपार्जन गर्न सकिन्छ भन्ने मान्यताका साथ आधुनिक खोर निर्माण गरेर बाख्रापालन सुरु गरेको उनले उल्लेख गरे । गाउँपालिकाले हेफरको साझेदारीमा बाख्रापालनमा विभिन्न किसिमको सहयोग गरेपछि सजिलो भएको उनकाे भनाइ छ ।

मालारानी  गाउँपालिका र हेफर परियोजना नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण तथा सामुदायिक स्वास्थ्य विकास केन्द्र, नेपालको सहजीकरणमा मालारानी गाउँपालिकामा सञ्चालन भएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना यहाँका नौ वटै वडामा सञ्चालन भएका गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले जानकारी दिए । 

Hardik health

एक हजार ३५० महिला र एक सय ५० युवा गरी एक हजार ५०० परिवारलाई ६० वटा उद्यमी समूहमा आवद्ध गरी सहकारीमा सङ्गठित गर्दै सामाजिक पुँजीको अभिवृद्धी गर्ने उद्देश्य राखिएको गाउँपालिकाले जनाएको छ । सुधारिएको बाख्रा व्यवस्थापन र उन्नत प्रविधिको अनुशरणबाट बाख्राको उत्पादन, उत्पादकत्व र उद्यमशीलता अभिवृद्धि गर्ने, उन्नत नश्लका बीउ बाख्राको प्रवर्द्धन तथा घाँसखेतीको प्रवर्द्धन गर्ने, किसान परिवारलाई प्राविधिक तथा क्षमता विकासका तालिमलगायत काम सुरु गरेपछि किसान लाभान्वित हुन थालेका पालिकाका अध्यक्ष भट्टराईले बताए । 

महिला समूह तथा युवा समूह गठन तथा परिचालन, सहकारी संस्थाको सुशासन तथा संस्थागत विकास र सुदृढिकरण, उत्पादित कृषि तथा पशु उपजको संकलन, बजारीकरण तथा व्यवस्थित संकलन केन्द्र विकास गर्दै बाख्रा, दूध, तरकारी तथा फलफूल व्यवसायका अतिरिक्त खोर, गोठ सुधार र जिउँदो पशुपंक्षी तौलने उपकरणको व्यवस्थासमेत यस परियोजनामार्फत गरिँदै आइएको हेफर इन्टरनेशनलका वरिष्ठ कार्यक्रम अधिकृत राधाकृष्ण शर्माले जानकारी दिए । 

कृषि र पशुपालनको माध्यमबाट स्थानीयलाई स्वरोजगार र आर्थिक रूपमा सक्षम बनाउन सकिन्छ भन्ने मान्यताका साथ पालिकामा रहेका नौ वटै वडामा खाद्यान्न तथा नगदेबाली, तरकारी, बाख्रा विकास, गाईभैँसी प्रवर्द्धन, महिला सशक्तिकरण तथा क्षमता विकास, कृषि तथा पशुवस्तुको बजारीकरण, चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन र सहकारी संस्थाको संस्थागत विकास तथा सुशासनका क्षेत्रमा कार्यक्रम सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताए । उनका अनुसार यसको मुख्य उद्देश्य लक्षित परिवारको वार्षिक आम्दानीमा वृद्धि तथा रोजगार सिर्जना गरी जीविकोपार्जनमा सुधार गर्नु रहेको छ । 

किसानलाई स्वावलम्बी समूह तथा सहकारीमा आवद्ध गर्दै सामाजिक पुँजीको अभिवृद्धि गर्नु, व्यावसायिक कृषि तथा पशुवस्तुको उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्नु, सहकारीलाई व्यवसाय केन्द्रका रूपमा विकास गरी सामूहिक बजारीकरणका लागि सक्षम बनाउने काम पनि उक्त परियोजनाले गर्दै आएको छ । निजी क्षेत्रको सहकार्यमा बजारसम्बन्ध विस्तार गर्ने कार्यसमेत गरिँदै आइएको परियोजना संयोजक दिनेश बेल्वासेले जानकारी दिए । उनका अनुसार परियोजनाको कूल बजेट रु तीन करोड ३३ लाख ३३ हजार ३३३ रहेको छ । 

मालारानी गाउँपालिकाको रु दुई करोड ३३ लाख ३३ हजार ३३३ र बाँकी हेफर परियोजनाले बजेट विनियोजन गरेका परियोजनाका लेखा अधिकृत अर्जुन खनालले जानकारी दिए । कार्यक्रम सञ्चालनको अवस्था र कार्यान्वयन तथा बाख्रापालनको मालारानी गाउँपालिकाका अध्यक्ष भट्टराईको संयोजकत्वमा भएको अनुगमन टोलीले स्थलगत अनुगमन गरेको हो । अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत भट्टराई, योजना अधिकृत नेत्रप्रसाद खनाल, हेफर इन्टरनेश्नलका वरिष्ठ कार्यक्रम अधिकृत शर्मा, सल्लाहकार शम्भुप्रसाद पोख्रेल, परियोजना संयोजक बेल्वासे, स्रोत व्यक्ति प्रभा पोख्रेल, लेखा अधिकृत खनाललगायत कर्मचारीको सहभागिता थियो ।


प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १४:०८
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP