Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
समाचार
  • Home
  • समाचार
  • सर्वोच्चको आदेश : पाँचखालका इँटाभट्टा बन्द गर्नू
सर्वोच्चको आदेश : पाँचखालका इँटाभट्टा बन्द गर्नू
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २, २०८२

काठमाडौं - सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालित इँटाभट्टाहरू बन्द गर्न परमादेश दिएको छ । पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको भन्दै स्थानीयले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले परमादेश जारी गरेको हो ।

पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभाग लगायतलाई विपक्षी बनाइ स्थानीय र स्थानीय अभियन्ता श्रीकृष्ण धिमाल लगायतले १४ पुस २०७६ मा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । इँटाभट्टा बन्द गर्न माग गरिएको रिट निवेदनमा पाँच वर्षपछि १२ चैत २०८१ मा सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शारङगा सुवेदीको इजलासले  मागबमोजिम हुने फैसला गरेको हो ।

रिटमा इँटाभट्टा मापदण्ड पूरा नगरी सञ्चालन हुँदा प्रदूषण बढेको, इँटाभट्टाले प्रयोग गर्ने माटो उत्खननले प्राचीन स्मारक तथा पुरातात्विक वस्तुहरूको अस्तित्व समाप्त हुन जाने जोखिम रहेको तथा कृषिजन्य उत्पादन तथा स्थानीयको स्वास्थ्यमा गम्भीर असर परेको जिकिर थियो । पाँचखाल किराँतकाल र लिच्छवीकालदेखि नै धार्मिक र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण रहेकोमा यस्ता उद्योगले पुरातात्विक वस्तुको नष्ट हुने समेत रिट निवेदकको भनाइ थियो ।

Hardik health

पाँचखालमा आठ वटा इँटाभट्टा सञ्चालनमा छन् । हिमालयन मल्टिपर्पोज कम्पनी प्रालि, नवदुर्गा भवानी इँटा उद्योग, उपकार चिम्नी इँटा उद्योग, जय भीमसेन इँटा उद्योग, वीर हनुमान ब्रिक फ्याक्ट्री, पलाञ्चोक भवानी फिक्स चिम्नी उद्योग, सुवर्णेश्वरी इँटा उद्योग, पलाञ्चोक भगवती ब्रिक फ्याक्ट्री लगायत सञ्चालनमा छन् ।

कतिपय इँटाभट्टा विद्यालयकै छेउमा सञ्चालित छन् । यस्ता उद्योगलाई नगरपालिकाले नै संरक्षण गरेपछि स्थानीयहरू सर्वोच्च पुगेका थिए । पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले अवैध इँटाभट्टा चलाउन सघाएको स्थानीयको आरोप थियो ।


प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १४:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुनसान सिंहदरबार
सुनसान सिंहदरबार बुधबार, चैत ११, २०८२
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत ११, २०८२
अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई
अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई बुधबार, चैत ११, २०८२
नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ
नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ बुधबार, चैत ११, २०८२
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए शपथ
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए शपथ बुधबार, चैत ११, २०८२
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते बुधबार, चैत ११, २०८२
मुख्यमन्त्री कार्यालयद्वारा स्थानीय तहलाई ताकेता
मुख्यमन्त्री कार्यालयद्वारा स्थानीय तहलाई ताकेता बुधबार, चैत ११, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP