Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
समाचार
  • Home
  • समाचार
  • झापाको चार पालिकामा ‘माछा जोन’
झापाको चार पालिकामा ‘माछा जोन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २०, २०८१

झापा-  धान, सुपारी, रबर, मकैपछि झापामा माछा र तरकारी जोन कार्यक्रम सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाको चार पालिकामा ‘माछा जोन कार्यक्रम’ थपिएको हो ।

चालु आर्थिक बर्ष २०८१÷८२ बाट शिवसताक्षी, गौरादह, कमल र गौरीगञ्ज पालिकाको सबै वडामा ‘माछा जोन कार्यक्रम’ सञ्चालन भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी रविन निरौलाले बताए ।

समान किसिमको बालीको उत्पादन हुने ५०० हेक्टर क्षेत्रफललाई समेटेर सरकारले जोन घोषणा गर्दै विभिन्न सहुलियत र सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ ।चार पालिकाका ४९  कृषि फार्म र चार कृषक समूहका ११६ महिलासहित २२० कृषक माछा जोन कार्यक्रममा सूचीकृत रहेको निरौलाले जानकारी दिए। गौरीगञ्ज–३ स्थित गोदावरी कृषक समूह र शिवसताक्षी–२ को नमूना कृषक समूहमा सबैभन्दा बढी २५/२५ जना कृषक माछा जोन कार्यक्रममा आबद्ध रहेका छन् ।

Hardik health

माछा जोनतर्फ मत्स्य प्रवद्र्धन, माछाको उन्नत प्रविधि प्रवद्र्धन, एकीकृत माछापालन, ह्याचरी निर्माण, पोखरी निर्माण तथा सिँचाइ, पोखरी मर्मतलगायतका क्षेत्रमा परियोजनाले काम गरिरहेको छ । चालु आवमा सरकारले माछा जोनका लागि झापामा रु एक करोड ७८ लाख बजेट विनियोजन गरेको छ । 

यसैगरी, मेचीनगर नगरपालिकाको वडा नं १, २, ३, ८ र ९, बुद्धशान्ति गाउँपालिकाको वडा नं ५, ६ र ७ र अर्जुनधारा नगरपालिकाको वडा नं ८ र ९ को पाँच सय हेक्टरमा ‘तरकारी जोन कार्यक्रम’ लागू गरिएको छ । माछा र तरकारी उत्पादनको क्षेत्र विस्तार गरी उत्पादनलाई उद्योगसँग जोड्ने र किसानलाई व्यावसायिकरण गर्ने उद्देश्यले यी दुई जोन कार्यक्रम थप गरिएको उनले बताए । 

‘तरकारी जोन कार्यक्रम’का लागि रु एक करोड चार लाख बजेट विनियोजन भएको छ । व्यावसायिक तरकारी खेती विस्तार, बेमौसमी तरकारीखेती, तरकारी प्रशोधन केन्द्र, साना मेसिनरी औजार उपकरण, कम्पोस्ट मल उत्पादन, थोपा सिँचाइलगायतमा कृषकलाई ५० प्रतिशत अनुदान प्रदान गरिँदै आएको उनले बताए । 

उनले कृषि फार्म, सहकारी र समूहमार्फत जोन क्षेत्रमा काम भइरहेको बताए । कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने उद्देश्यका साथ झापामा आर्थिक वर्ष २०७३÷७४ मा धान सुपरजोन परियोजना सुरु गरिएको थियो ।
 


प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP