Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • आधारभूत अस्पतालको घोषणा भएन कार्यान्वयन
आधारभूत अस्पतालको घोषणा भएन कार्यान्वयन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १९, २०८१

काठमाडौं - प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापाले स्थानीय तहमा आधारभूत अस्पतालको घोषणा भएपनि संरचना नबन्दा समस्या भएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश, कैलाली जिल्लाको गोदावारी नगरपालिकामा सञ्चालित ‘अधिकारमा आधारित यौन तथा प्रजनन स्वास्थ्य अधिकार र सेवामा पहुँच सुदृढीकरण परियोजना समीक्षा’ कार्यक्रमलाई सोमबार यहाँ सम्बोधन गर्दै उनले भौतिक संरचना बनेका अस्पतालमा स्वास्थ्य जनशक्ति नपुगेर जनताले आधारभूत स्वास्थ्य सेवासमेत पाउन नसकेको बताए । आधारभूत स्वास्थ्य सेवालाई संविधानमा मौलिक हक बनाए पनि कार्यान्वयन हुन नसकेको सभापति थापाको भनाइ छ । 

“सरकारी स्वास्थ्य संस्थामा ९८ प्रकारका औषधि निःशुल्क पाइन्छ भन्ने तर नदिने गर्दा नागरिक असन्तुष्ट भएका छन् । माथिल्लो वर्गसँग लिएर तल्लो वर्गलाई दिने समन्वयकारी भूमिकामा राज्यले काम गर्नुपर्नेमा त्यस्तो हुन सकेको छैन”, उनले भने ।  नगरपालिकासँग समन्वय गरेर परियोजना सञ्चालन भएको नगर उपप्रमुख शारदादेवी रोकायाले जानकारी गराउनुभयो । परियोजना पूर्ण रूपमा सफल रहेको र यस्ता कार्यक्रम पालिकामा निरन्तर सञ्चालन गरिराख्न उनले आग्रह गरे । परियोजना सञ्चालनपछि गोदावरी नगरपालिकामा प्रजनन स्वास्थ्य अधिकार ऐन निर्माण भएको, स्वास्थ्य सचेतनामा उल्लेख्य वृद्धि भएको उपप्रमुख रोकायाको भनाइ छ ।

Hardik health

यो परियोजना सम्पन्न भएपछि नगरपालिकाले सुरक्षित मातृत्वमा ठूलो उपलब्धि हुने स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए । पालिकामा १८ वटा स्वास्थ्य संस्था रहेको बताउँदै सेवाका बारेमा सुसूचीत नभएको उनले सुनाए । “पालिकामा १०७ जना स्वास्थ्यकर्मी छन् । सबैलाई समेट्न सकिएको छैन । स्वास्थ्य स्वयंसेवकले छ महिनादेखि तलब नपाएको, प्रदेश र केन्द्रले निःशुल्क उपलब्ध गराउने औषधि समयमा उपलब्ध नगराउनेलगायत विषय स्वास्थ्य क्षेत्रमा समस्याका रूपमा छन्”, उनले भने ।  
 
अन्यको तुलनामा गोदावरी नगरपालिका अगाडि रहेको मञ्चका अधिवक्ता दिपेश श्रेष्ठले बताए । प्रगतिशील स्थानीय कानुन निर्माण गरेर पालिकाले आफूलाई अगाडि राखेको उनको भनाइ छ । केयर नेपालका कालिदास जोशीले १२ वटा वडामा २१ वटा समुदाय गठन गरी सहजकर्ता तोकेर काम भइरहेको जानकारी दिए ।   
   
समुदायस्तरीय जवाफदेहीताबारे निड्स नेपालकी कार्यक्रम अधिकृत रुचि रानामगरले स्पष्ट पार्नुभएको थियो । रिप्रडक्टिभ राइटका प्रभावर श्रेष्ठले गोदावारी नगरपालिकामा सञ्चालन भएको पाइलट परियोजनाका बारेमा विस्तृत जानकारी दिएका थिए । कार्यक्रममा परियोजना सञ्चालनको उद्देश्य, तयारी र चुनौतीका बारेमा श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो ।
  
सेन्टर फर रिप्रोडक्टिभ राइटकी प्रविना बज्राचार्यले दुई वटा समूहलाई एक ठाउँमा राखेर काम गर्नुपरेको बताए । परियोजना सम्पन्न भएपछि प्राकृतिक जोखिममा प्रजनन स्वास्थ्यजस्तो महत्त्वपूर्ण विषयमा पालिकाले उपलब्धि हालिस गरेको उनले विश्वास व्यक्त गरे ।  कैलालीको गोदावरी नगरपालिकामा पाइलट प्रोजेक्टका रूपमा सेन्टर फर रिप्रोडक्टिभ राइट, केयर, महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) निड्स नेपाल र ह्युमननिट्रेन पार्टनरसिप प्लेटफर्मले परियोजना सञ्चालन गरिरहेका छन् । विपद् व्यवस्थापन नीति तथा योजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार समावेश गर्दै आपतकालीन अवस्थामा पनि सुरक्षित, गुणस्तरीय र निरन्तर स्वास्थ्य सेवा सुनिश्चित गर्न परियोजना सञ्चालन गरिएको कन्सोर्टियम प्रोजेक्टका प्राविधिक संयोजक शङ्कर धामीले जानकारी दिए । 


प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो शुक्रबार, जेठ १, २०८३
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य बिहीबार, वैशाख ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP