Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • नेपाल नाइट : स्टविट्जरल्याण्डका पर्यटकहरुलाई नेपाल भ्रमणको निम्तो 
नेपाल नाइट : स्टविट्जरल्याण्डका पर्यटकहरुलाई नेपाल भ्रमणको निम्तो 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १२, २०८१

काठमाडौं -  नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघका लागि नेपाल स्थायी मिशन, जेनेभाको सहकार्यमा जेनेभामा आयोजित "नेपाल नाइट" मा स्विट्जरल्याण्डका पर्यटकहरुलाई नेपाल भ्रमणका लागि आग्रह गरिएको  छ । 

जेनेभमा सोमबार सम्पन्‍न 'नेपाल नाइट' को अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं नेपाल पर्यटन बोर्डका अध्यक्ष बिनोद प्रकाश सिंहले नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक पर्यटनका अवसरहरू तथा नेपाली आतिथ्य संस्कृतिको विशेषता प्रस्तुत गर्दै स्वीट्जरल्याण्डका पर्यटकहरूलाई नेपाल भ्रमण गर्न आह्वान गरेका हुन् । 

सचिव सिंहले नेपाल र स्वीट्जरल्याण्डबीच सन् १९५६ देखि कायम कूटनीतिक सम्बन्धको चर्चा गर्दै यी दुई देशका भौगोलिक समानताहरू र स्वीट्जरल्याण्डले नेपालको पूर्वाधार, प्रविधि तथा पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदानलाई पनि स्मरण गरेका छन् । उनले प्रसिद्ध स्विस भूगर्भविद् तथा अन्वेषक डा. टोनी ह्यागेनले नेपाललाई विश्वसामु चिनाउन गरेको योगदानको उच्च प्रशंसासमेत गरेका छन् । उनले थपे, 'स्वीट्जरल्याण्डका यात्रा व्यवसायी तथा सञ्चारकर्मीलाई नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न आग्रहसमेत गर्दछु ।'

Hardik health

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक खड्गविक्रम शाहले नेपालको पर्यटकीय विविधता, रमणीय भू-दृश्य, पर्यटनका नयाँ पहल तथा नीति सम्बन्धी विस्तृत प्रस्तुति दिए । पर्यटन विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीले नेपालमा थप स्विस पर्यटक तथा लगानीकर्ताहरूलाई स्वागत गर्न नेपाल पूर्ण रूपमा तयार रहेको जानकारी गराए । कार्यक्रमको संयोजन नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुण्दन शर्मा मिश्राले गरेका हुन् । 

कार्यक्रममा सहभागीमध्येबाट एक जनालाई ७-दिनको नेपाल भ्रमणका लागि लक्की ड्र गराइएको थियो ।  जसमा संयुक्त राष्ट्रसंघ कार्यालय तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका लागि रुसी स्थायी प्रतिनिधि  गेन्‍नादी गाटिलोभले उक्त लक्की ड्र जितेका छन् । स्वीट्जरल्यान्ड र आसपासका क्षेत्रहरूमा नेपालको पर्यटन उपस्थिति बढाउने उद्देश्यका साथ आयोजित यस कार्यक्रमले नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर भएको बोर्डले जनाएको छ । 

कार्यक्रममा विभिन्‍न मुलुकका कूटनीतिज्ञ, सरकारी अधिकारी, यात्रा व्यवसायी, संचारकर्मी तथा पर्यटन क्षेत्रका सरोकारवालाहरूसहित करिब ६० विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । नेपालका लागि संयुक्त राष्ट्रसंघ स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीले स्वागत मन्तव्य दिँदै नेपालको पर्यटन क्षमताका बारेमा जानकारी गराएका हुन् ।
 


प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP