Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #मकर
  • #फोक्सिङटार
  • #फोनिज संवाद
  • #क्यालिस्थेनिक्स
  • #जिता_मर्ना
  • #गगनकुमार थापा
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • स्वास्थ्य मन्त्रालयले १४ वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप्ने
स्वास्थ्य मन्त्रालयले १४ वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत ५, २०८१

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही चैतमा सङ्घीय अस्पताल तथा प्रतिष्ठान सुधारका १८ कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ । मन्त्रालयले चैत महिनाभरमा १४ वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।

सोहीअनुरुप ती अस्पतालमा चैतभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने स्वास्थ्य सचिव डा विकास देवकोटाले बताएका छन्र  ।मन्त्रालयको तालिकाअनुसार अस्पतालमा ‘एक्सरे फिल्म’ हटाउनेदेखि ‘आइभीआर’ सेवा थाल्ने, शय्या विस्तार आदि छन् ।

मन्त्रालयले बनाएको तालिकाअनुसार वीर अस्पतालमा चैत दोस्रो साता काठमाडौँ महानगरसँगको सहकार्यमा पाठेघरको मुखको  क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ । वीरसँगै ट्रमा सेन्टरले चैतभित्र ‘एमआरआई’, ‘सीटीस्क्यान’ तथा एक्सरेमा फिल्म प्रयोग हटाएर ‘डिजिटल’ नतिजा दिने जनाइएको छ ।

Hardik health

त्यसैगरी भरतपुर अस्पतालमा क्याथ ल्याब चैत महिनाभित्र सञ्चालन गर्ने तयारी छ । तालिकाअनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्यूरोलोजी सेवामा ‘इलेक्ट्रोमाइलोग्राफी’ तथा ‘एनसीभी’ परीक्षण थप गर्नेछ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले फरेन्सिक विभागबाट ७२ शव राख्न सक्ने गरी क्षमता विस्तार गर्ने योजना छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमसीएच भवन उद्घाटन गरेर ओपीडी चैत दोस्रो साताभित्र आरम्भ गर्ने र कान्ति बाल अस्पतालले बालबालिकाका लागि ‘हेमोडायलाइसिस’ सेवा चैत तेस्रो साताभित्र आरम्भ गर्ने तालिकामा उल्लेख छ ।

यसैगरी, भक्तपुर क्यान्सर अस्पतालले चैत अन्तिम साताभित्र चार शय्याको ‘पिआइसीयु’ स्थापना तथा बाल क्यान्सर उपचार वार्ड विस्तार गर्नेछ । परोपकार प्रसूति अस्पतालले भने कुपण्डोलको नयाँ भवनमा ‘सिमुलेसन’ प्रयोगशाला आरम्भ गर्ने जनाइएको छ ।

त्यसैगरी तनहुँको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रले चैत्र दोस्रो साताभित्र ‘हेमोडायलासिस’ सेवा थाल्नेछ । भेरी अस्पतालले भने १० आइसीयु शैय्या थपसँगै जलन वार्डमा ६ शय्या थप गर्ने तयारी गरेको छ । चैतभित्र सबै सेवा नागरिकले प्राप्त गर्ने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए  । 


प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड बिहीबार, माघ १, २०८२
स्वास्थ्य बीमा कार्यक्रम चरम आर्थिक संकटमा,शहीद गंगालालले  पनि गर्‍याे बन्द
स्वास्थ्य बीमा कार्यक्रम चरम आर्थिक संकटमा,शहीद गंगालालले पनि गर्‍याे बन्द बिहीबार, माघ १, २०८२
पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै
पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै बुधबार, पुस ३०, २०८२
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का मंगलबार, पुस २९, २०८२
भरतपुर अस्पतालमा बिरामीको चाप
भरतपुर अस्पतालमा बिरामीको चाप मंगलबार, पुस २९, २०८२
त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द
त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द सोमबार, पुस २८, २०८२
टिचिङ अस्पतालले स्वास्थ्य बीमाको सेवा बन्द गर्ने
टिचिङ अस्पतालले स्वास्थ्य बीमाको सेवा बन्द गर्ने सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP