Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #दुर्गा प्रसाईं
  • #केपी शर्मा ओली
  • #ज्योति_विकास_बैंक
  • #विश्व_टेलिभिजन_दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रम मन्त्रालय भन्छ– जानकारी छैन, संघले भन्यो– सिण्डिकेटको प्रमाण होइन
मलेसियामा सिण्डिकेट लागू गराउने ‘शंकास्पद पत्र’ श्रम मन्त्रालय भन्छ– जानकारी छैन, संघले भन्यो– सिण्डिकेटको प्रमाण होइन
ममता थापा
ममता थापा सोमबार, चैत ४, २०८१

काठमाडौं– मलेसियामा कामदार पठाउन सिण्डिकेट लगाउने चलखेलको हल्ला चलिरहेका बेला ‘शंकास्पद पत्र’ भेटिएको विषयमा सरोकारवाला मन्त्रालयले जानकारी नभएको बताएको छ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनले शुक्रबार मलेसियाको परराष्ट्र मन्त्रालयले नेपाली राजदूतावासलाई गत महिना लेखेको एक पत्रलाई लिएर आपत्ति जनाएको थियो । उक्त पत्रले सिण्डिकेटलाई पक्षपोषण गरेको एसोसिएसनको दाबी थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने यसबारे कुनै जानकारी नपाएको बताएको छ ।

एसोसिएसनले विज्ञप्तिमार्फत श्रम मन्त्रालयसँगै परराष्ट्र मन्त्रालयकोसमेत ध्यानाकर्षण गराएको छ । श्रम मन्त्रालयका अधिकारीहरु यस विषयमा बोल्न मानेनन् । मन्त्रालयले गत फागुन १९ गते जारी गरेको प्रेस विज्ञप्तिमा जे छ त्यही नै मन्त्रालयको आधिकारिक धारणा भएको मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख जीवलाल भुसालले बताए । ‘व्यवसायीहरु के भन्छन्, के–के प्रोपागान्डा रच्छन् त्यस विषयमा मन्त्रालयलाईं थाहा भएन, मलेसियाको विषयमा मन्त्रालयले जे विज्ञप्ति निकालेको छ त्यही नै आधिकारिक धारणा हो,’ उनले प्रभावसँग भने ।

मन्त्रालयले गत फागुन १९ गतेको विज्ञप्तिमार्फत सिण्डिकेटको विषयमा अफवाह फैलाइएको जनाएको थियो । कुनै निश्चित् व्यवसायीलाई लाभ हुनेगरी कुनै नीतिगत निर्णय नभएको र भविष्यमा पनि नहुने मन्त्रालयको भनाइ थियो ।एसोसिएसनका महासचिव महेश बस्नेतले मलेसियास्थित नेपाली दूतावासले उक्त पत्रबारे व्यवसायीलाई नदिएका कारण शंका उत्पन्न भएको बताए । साथै, दूतावासले मागपत्र प्रमाणीकरण रोकेका कारण पनि थप शंका उब्जिएको उनको भनाइ छ । दूतावासले आजभोलि नै मागपत्र प्रमाणीकरण गरे सिण्डिकेटको हल्ला र दूतावासले सूचना लुकाएको आशंका घटेर जाने उनले बताए । 

मलेसियाको परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको फरेन वर्कर्स सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)ले सिण्डिकेटलाई पक्षपोषण गर्छ भन्ने कुरा मलेसियाको मेडिकलबाट पुष्टि हुने उनको भनाइ छ । ‘अहिले ३६ वटा व्यवसायीले मात्र मलेसियाको मेडिकल गर्छन् । त्यो एफडब्लुसिएमएस हो,’ उनले भने, ‘यसलाई हेर्दै गर्दा म्यानपावरको पनि उस्तै सिस्टम भएको छ । हाम्रो माग इजाजत प्राप्त सबै व्यवसायीले स्वस्थ प्रतिस्पर्धामार्फत काम गर्न पाउनुपर्छ ।’

Hardik health

एफडब्लुसिएमएस मलेसियाको सरकारले नेपाललाई गरेको प्रस्ताव भएकाले यसलाई नेपालले स्वीकार्न नहुने उनको भनाइ छ । यो सिस्टम ल्याउन आर्थिक चलखेल भएको हुनसक्ने उनको आशंका छ । ‘नत्र फेब्रुअरी प्राप्त भएको पत्रका विषयमा किन कसैलाई जानकारी गराइएन ?,’ उनले प्रश्न गरे । दूतावासले मागपत्र रोक्नुको कारणबारे कि त चित्तबुझ्दो जवाफ दिनुपर्ने कि त प्रमाणीकरण गर्नुपर्ने उनले बताए ।

एसोसिएसनका मलेसिया व्यवसायविज्ञ भुवनसिं गुरुङ नेपालका व्यवसायीलाई नेपाल सरकारले इजाजतपत्र दिएपछि नेपालको ऐन कानुनको परिधिभित्र रहेर आफूहरुले काम गर्ने बताउँछन् । ‘मलेसियाको परराष्ट्र मन्त्रालयले दिएको लाइसेन्स होइन, नेपाल सरकारले काम गर भनेर अनुमति दिएपछि सरकारले भनेको मान्छौं नि हामी,’ उनले भने । पत्रले सिण्डिकेट नै हो भनेर प्रस्टसँग नभने पनि अमुक व्यक्तिले नियोजित हिसाबले एकाधिकारको प्रयास गरेको विषयको प्रमाण हुनसक्ने उनको भनाइ छ ।

वैदेशिक रोजगार व्यवसायीहरुको साझा संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भने उक्त पत्रले सिण्डिकेटको अर्थ नराख्ने बताएको छ । संघका महासचिव मेघनाथ भुर्तेल उक्त पत्र सिण्डिकेटको प्रमाण नभएर एफडब्लुसिएमएसमार्फत कामदार भर्ती गरौं भनेर मलेसियाको नेपाली दूतावासलाई लेखेको पत्र भएको बताउँछन् । लोकप्रियताका लागि जे पनि बोल्न नहुने उनको भनाइ छ । 

संघले यसअघि नै दुई पटक कुनै पनि हालतमा सिण्डिकेट मान्य नहुने भनेर विज्ञप्ति निकालिसकेको महासचिव भुर्तेलले स्मरण गराए । नेपालको कानुन र मलेसियासँगको दुई पक्षीय सम्झौताले सिण्डिकेट लगाउन सम्भवै नभएको उनको भनाइ छ । संघले तृतीय अध्यक्ष र संयोजकलाई सिण्डिकेटको विषयमा बुझ्न मलेसिया पठाएको र उनीहरुले दिएको जानकारीअनुसार सिण्डिकेट लगाउने विषयमा कुनै प्रमाण नजुटेको भुर्तेलले बताए । ‘हामीले १०० संख्याको सानो विषयलाई परिवर्तन गर्न सबै व्यवसायी एकजुट भएर लाग्दा त गर्न सकेको छैन अब केही व्यवसायीले चाहँदैमा सिण्डिकेट आइहाल्छ त ? यदि यो सत्य भए संघ त्यसको विरुद्धमा लड्छ,’ उनी भन्छन् । 


पत्रमा के छ ?
मलेसियाको परराष्ट्र मन्त्रालयले नेपाली राजदूतावासलाई गएको फेब्रुअरी २६ (फागुन १४) मा एक पत्र लेख्दै फरेन वर्कर्स सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) १ जुन २०२४ (जेठ १९, २०८१) बाट कार्यान्वयनमा ल्याइएको जानकारी गराएको छ । उक्त प्रणालीअन्तर्गत तीनवटा मोड्युल लागू हुने पत्रमा उल्लेख गरिएको छ । 

जसमा इएम्बेसी, इरिक्र्युटमेन्ट र बायोमेडिकल मोड्युल रहेका छन् । इएम्बेसी मोड्युल दूतावासलाई एटेस्टेसन (प्रमाणीकरण) प्रक्रियाका लागि, इरिक्र्युटमेन्ट मोड्युल श्रमिक आपूर्तिकर्ता मुलुक र बायोमेडिकल मोड्युल कामदारको स्वास्थ्य परीक्षणका लागि उपयोग गर्नुपर्ने पत्रमा उल्लेख छ । 

मलेसिया सरकारले कामदार आपूर्ति प्रक्रियालाई पारदर्शी बनाउन एफडब्लुसिएमएसमा यी मोड्युल लागू गरिएको बताएको छ । यही पत्रलाई लिएर नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनले आपत्ति जनाएको हो ।
 


प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, मंसिर ५, २०८२
दक्षिण कोरियामा श्रम कानुन उल्लंघन बढ्दो 
दक्षिण कोरियामा श्रम कानुन उल्लंघन बढ्दो  शुक्रबार, मंसिर ५, २०८२
सरकारी र अर्धसरकारी संस्थाबाट आउन थाल्यो भिसा
सरकारी र अर्धसरकारी संस्थाबाट आउन थाल्यो भिसा बिहीबार, मंसिर ४, २०८२
चार महिनामा रोजगारीका लागि साढे दुई लाखभन्दा बढी विदेसिए
चार महिनामा रोजगारीका लागि साढे दुई लाखभन्दा बढी विदेसिए बुधबार, मंसिर ३, २०८२
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ मंगलबार, मंसिर २, २०८२
युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ मंगलबार, मंसिर २, २०८२
बयालिस लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बयालिस लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ मंगलबार, मंसिर २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP