Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • गभर्नर नियुक्तीमा राजनीति नगर
गभर्नर नियुक्तीमा राजनीति नगर
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १६, २०८१

देशको मौद्रिक नीति तयार गर्ने र अर्थतन्त्र सुधार्न सरकारलाई सघाउने प्रमुख सल्लाहकार हो गभर्नर । यही गभर्नर नियुक्तीमा दलहरुले भने आफू निकटका मान्छे भर्ती गर्नतिर नजर लगाएका छन् ।गभर्नर नयाँ नोटमा सही गर्ने व्यक्तिमात्र हैन सरकारको ढुकुटी रहने, बैंकहरुलाई नियमन गने भएकाले आकर्षक पद पनि हो ।

मुलुकको अर्थतन्त्रलाई कुन दिशामा डोर्याउने भनेर निर्णायक भूमिका निर्वाह गर्ने भएकाले देशको अर्थतन्त्र ओरालो लागेको बेला सक्षम र सही दिशानिर्देश गर्न सक्ने नेतृत्वको पर्खाइमा छ, राष्ट्र बैंक । तर विडम्बना दलको भागबण्डाले गर्दा अहिले आकांक्षीहरु शीर्ष नेताको घरदैलोमा पुग्न थालेका छन् ।

अघिल्लो गभर्नरहरु नियुक्तीमा चरम राजनीति हुँदाको परिणाम अहिले देशले भोगिरहेको छ । महाप्रसाद अधिकारी गभर्नर भएयता देशको आर्थिक अवस्था ओरालो लागेको लाग्यै छ । आर्थिक तरलता चर्किंदो छ, अन्तर्राष्ट्रिय व्यापार घाटा बढेर उकालो लागेको छ । आयात बढ्दा निर्यात बढाउन सकेको छैन । पछिल्लो समय अमेरिकाले दातृ निकाय युएसएआइडीमार्फत दिने अनुदानहरु रोक्का गरेसँगै अर्थतन्त्र थप समस्यामा पर्ने आँकलन गरिएको छ ।

Hardik health

यहीबेला नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को ‘ग्रे लिस्ट’मा परिसकेको छ । ग्रे लिस्टमा नपार्न भन्दै गभर्नर अधिकारीको नेतृत्वमा ३० जनाको जम्बो टोली क्यानडाको भ्यान्कयुभरमा गएको थियो । नेपालबारे एफएटिएफलाई रिपोर्ट बुझाउने संस्था एसिया प्यासफिक ग्रुप–एपिजी सम्मेलन २०८० असारको २४ देखि २९ गतेसम्म चलेको थियो । अधिकारी आफूलाई तलबभत्ता ह्वात्तै बढाएर लिने राष्ट्र बैंकको गभर्नरका रुपमासमेत चिनिन्छन् । 

देशको आर्थिक अवस्थाबारे सही सूचना गभर्नर अधिकारीले नदिँदा अहिलेको अवस्था आएको घाम झैं छर्लङ्ग छ । यस्तो देखिँदादेखिँदै राष्ट्र बैंकको नेतृत्वमा राजनीति छिराउनु घातक हुनेछ । देशलाई समृद्ध बनाउने भन्दै नेताहरु भाषणैपिच्छे भन्ने गर्छन् । समृद्ध देश बनाउने हो भने सही अर्थ नीति निर्माण गर्नुपर्छ ।
अर्थतन्त्र ओरालोतिर कुदाउने र संकट परेपछि सब ठिकठाक छ भन्दै समस्यालाई अन्डरकार्पेट गर्ने चलन सरकार प्रमुख र गभर्नरको सेटिङमा भइरहेको छ । हरेक सरकारले आफू नेतृत्वमा रहेको बेला अर्थतन्त्र राम्रो रहेको भन्दै समस्यालाई अन्डरकार्पेट गर्ने काम भइरहेको छ । यस्तो नियति रोक्न गभर्नर नियुक्ती पूर्णता दलको छायाबाट टाढा राख्नुपर्छ ।  
 


प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती सोमबार, साउन २५, २०८३
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं आइतबार, साउन २४, २०८३
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP