Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कृषि
  • Home
  • कृषि
  • किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन
किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १३, २०८१

बनियानी -  झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।

युएनडिपी र कचनकवल गाउँपालिकाको लागत साझेदारी २५ बिघा खोला उकास जग्गामा बगरखेती कार्यक्रम सञ्चालन भइरहेको उनले बताए। कार्यक्रमको व्यवस्थापन न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) ले गरिरहेको उनले बताए।

“विपन्न नागरिकका लागि आयआर्जनको माध्यम सिर्जना गर्नुका साथै भूमिमा उनीहरुको अधिकार सुनिश्चित गर्ने लक्ष्य रहेको छ”, उनले भने, “जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने उद्देश्यले पनि हो ।”

यो कार्यक्रमका लागि युएनडिपीको रु ८१ लख २५ हजार आठ सय, कचनकवल गाउँपालिका र भूमिगत सिँचाइ आयोजनाको रु एक करोड नौ लाख ३८ हजार गरी कूल रु एक करोड ९० लाख ६३ हजार आठ सय लगानी रहेको छ ।

Hardik health

जग्गामा घेराबार गरी करिब १५ बिघामा नौ हजार वटा सुपारीका बिरुवा रोपिएको एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले जानकारी दिए । गाउँपालिकाले छनोट गरेको लक्षित वर्ग विपन्न, आदिवासी, दलितलगायतका एक सय पाँच परिवारमध्ये ९६ परिवारलाई जग्गा प्रदान गरिएको उनले बताए। उनीहरुले २० वर्षसम्म सो जग्गा प्रयोग गर्न पाउने छन् । त्यसपछि गाउँपालिकाले सो जग्गाको कसरी प्रयोग गर्ने निर्धारण गर्ने उनले बताए।

“हामीले सुपारीखेतीलाई प्राथमिकता दिएका छौँ, यसले आयआर्जनसँगै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न मद्दत मिल्ने अपेक्षा छ”, उनले भने, “लाभग्राहीले आफ्नो चाहनाअनुसार तरकारी र खरबुजाखेती पनि गरेका छन् ।” खेतीबाट प्राप्त लाभ शतप्रतिशत उनीहरुले नै पाउने उनले बताए।

क्षतिग्रस्त भूमिको व्यवस्थापन गरेर भूमिहीनहरुमा भूमिको पहुँच पुर्याउन योजना पनि रहेको उनले बताए। प्रतिपरिवार एक सयदेखि एकसय ५० सुपारीको बोट जिम्मा लगाइएको बताउँदै उनले भने, “त्यसको रेखदेख लाभग्राहीले नै गर्नुपर्छ, प्राप्त प्रतिफल पनि उनीहरुले पाउँछन् ।”

करिब ५० बिघामा सिँचाइ क्षमताको भएको डिप बोरिङ समेत निर्माण गरिएको छ भने बिरुवा उत्पादनका लागि हाइटेक प्रविधिको टनेल समेत बनाइएको युएनडिपीका कार्यक्रम अधिकृत सुरज दङ्गालले बताए। “टनेलमा एक पटकमा करिब २७ हजार बिरुवा उत्पादन सकिन्छ”, उनले भने, “लेयर बनाएर गर्ने हो भने पाँच लेयरमा एक लाख ३५ हजारभन्दा बढी बिरुवा उत्पादन गर्न सकिन्छ ।”

बगरखेती कार्यक्रमअन्तर्गत कचनकवल–५ का कुर्वान मियाले चार कट्ठा जग्गा प्राप्त गरेको बताए। तरकारी र खरबुजाखेती गरिरहेको बताउँदै उनले भने, “जग्गा पाएर खुसी छु, पहिला सिँचाइको व्यवस्था थिएन, अहिले सिँचाइ पनि पुगेको छ ।”

विपन्न परिवारलाई जग्गा दिए पनि अपनत्व ग्रहण गराउन र उनीहरुलाई बुझाउन समस्या भइरहेको छ । कपितयले दैनिकजसो सुपारी र आफूले लगाएको बालीको नियमित रेखदेख र स्याहारसुसार गरिरहे पनि कतिपयले अझै अपनत्व ग्रहण नगरेको एसएनजेडीका हेमकुमार खड्काले बताए।“कार्यक्रमलाई सफल बनाउन सरोकारवालाले अझै केही वर्ष नियमित सानो–ठूलो सहयोग गर्नुपर्ने आवश्यकता छ”, उनले भने, “लाभग्राहीले प्रतिफल पाउन नथालेसम्म सहयोग गर्नुपर्ने देखिन्छ ।”

गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले युएनडिपी र एसएनजेडीको कार्यक्रम अवधि समाप्त भए पनि गाउँपालिकाले सोको अपनत्व ग्रहण गरेर विपन्न नागरिकका लागि सुरुआत गरेको कार्यक्रममा निरन्तरता दिने बताए।
 


प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्
थप कृषि
 खेतमै सड्न थाल्यो धान
 खेतमै सड्न थाल्यो धान शुक्रबार, कात्तिक १४, २०८२
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन शुक्रबार, कात्तिक १४, २०८२
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य शुक्रबार, कात्तिक १४, २०८२
बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति
बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति बिहीबार, कात्तिक १३, २०८२
‘दाता’ को सहयोगले छाडा गाई संरक्षण
‘दाता’ को सहयोगले छाडा गाई संरक्षण बिहीबार, कात्तिक १३, २०८२
चितवनमा मौरी चरन क्षेत्र अभाव
चितवनमा मौरी चरन क्षेत्र अभाव बुधबार, कात्तिक १२, २०८२
अलैँचीको मूल्य निरन्तर उकालो: प्रतिमन एक लाख रुपैयाँ पुग्यो
अलैँचीको मूल्य निरन्तर उकालो: प्रतिमन एक लाख रुपैयाँ पुग्यो बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP